राजधानी÷नेपालका लागि नवनियुक्त भारातीय राजदूत मन्जिव सिंह पुरीले नेपाल भारतबीचको सम्बन्धलाई उचाईमा पु¥याउने बताउनुभएको छ ।
नेपालका लागि भारतीय राजदूतको कार्यभार सम्हाल्न शनिवार काठमाण्डौ आइपुग्नु भएका पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र बुझाएपछि द्विपक्षीय छलफलका क्रममा राजदूत पुरीले उक्त कुरा बताउनु भएको हो ।
पुरीले राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष
समारोहमा आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनु भएको थियो । नवनियुक्त राजदुत पुरी नेपालका लागि २४ औं राजदुत हुनुहुन्छ । नेपालमा सन १९४७ देखि नेपालस्थित भारतीय कुटनीतिक नियोगमा भारतले राजदूत राख्दै आएको थियो । भारतले पहिलो राजदुताको रुपमा सुरजित सिंहलाई पठाएको थियो । सिंह सन् १९४७ देखि १९४९ सम्म बस्नुभयो भने हालसम्म २३ जनाले आफ्नो कार्यकाल पूरा गरिसक्नु भएको छ । भारतको विदेश सेवामा सन् १९८२ मा प्रवेश गर्नुभएका मन्जिव सिंह यसभन्दा अगाडि बेल्जियमका लागि भारतीय राजदूत हुनुहुन्थ्यो । निवर्तमान भारतीय राजदुत रणजित रायले आफ्नो तीनबर्षे कार्यकाल पूरा गरी अघिल्लो महिना स्वदेश फर्कनु भएको थियो ।
