धरान÷आÏनै घरमा पालिएकी १३ बर्षीया अनुषा राई हत्या
प्रकरणमा प्रक्राउ परेका धरान १६ पुण्यमार्गका बलिमान राई र पदमकुमारी राई दम्पत्तिलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
बालिका अनुषा राईको फागुन १७ गते विष सेवनबाट मृत्यु भएको भन्दै स्थानीय, आफन्त कसैलाई थाहा नदिई दाहसंस्कार गर्न लागेको थाहा पाई स्थानीयले नै चर्को विरोध गर्दै आन्दोलनमा उत्रिएपछि प्रहरीले राई दम्पत्तिलाई प्रक्राउ गरेको थियो । दैनिक कुटपिट गर्ने गरेको थाहा पाएका स्थानीयले राईको घर तोडफोड समेत गरेका थिए ।
पोष्टमार्टमको रिपोर्ट, स्थानीय अधिकारकर्मी, बाल सञ्जालले गरेको अध्ययनबाट बालिका अनुषा राईको बलात्कारपति हत्या भएको भन्दै राई दम्पत्तिलाई कानुन बमोजिम करबाही गर्न आवाज उठाउँदै आएका थिए । झण्डै एक महिनापछि प्राप्त प्रमाणका आधारमा जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि बालिकाका बाबु धरान १३ का जितबहादुर राईले
राहत महसुस गरेका छन् । उनले भने न्याय मरेको रहेनछ । पैसा पेलेरै भएपनि आफूलाई कसैले केही गर्न नसक्ने भन्दै आएका राई दम्पत्तिलाई कारबाही हुने भएपछि उनले त्यस्तो खुशी व्यक्त गरेका हुन् ।
जिल्ला अदालत सुनसरीका ३ नं. बेन्चका न्यायाधीश युवराज गौतमले राई दम्पत्तिलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिनुभएको थियो । हत्या आरोपी बलिमान राईलाई हाल झुम्का कारागारमा पठाइएको छ भने पदमकुमार राईलाई महिला कारागार विराटनगर पठाइएको छ ।
