सुनसरीका दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाको निर्वाचनको तयारी पूरा विद्रोहीका गतिविधि चुनौतिपूर्ण ः स्थानीय तहको निर्वाचनमा प्रमुख दलका आकांक्षी उमे्वार लाइनमा

धरान÷पूर्वाञ्चलका सुरक्षा अधिकारीहरुले स्वतन्त्र मधेश गठबन्धनका सयंोजक सि.के. राउत, नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्दको निर्वाचन विथोल्ने
रणनीति, जनतान्त्रिक तराई मुक्ति मोर्चाको गतिविधि, विभिन्न हतियारधारी समूहको गतिविधि चुनौतिपूर्ण रहेको मुल्यांकन गरिरहे पनि स्थानीय तहको निर्वाचनमा दलका आकांक्षी उमेद्वार प्रतिष्पर्धामा देखिएका छन् ।
विराटनगरमा सोमबार पूर्वाञ्चलका सुरक्षाकर्मी, प्रशासनले गृहमन्त्री विमलेन्द्र निधिलाई पूर्वाञ्चलको वस्तुस्थिति अवगत गराएका थिए । पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, जनपथ प्रहरीका डिआइजी रमेश भट्टराई, सशस्त्र
प्रहरीका डिआइजी जानकीराज भट्टराई, राष्ट्रिय अनुसन्धानका निर्देशक लक्ष्मण गुरुङ्ग, कोशी अञ्चल प्रहरी प्रमुख उत्तम
कुमार कार्की, मोरका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, मेची अञ्चलका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारी, सगरमाथाका प्रहरी प्रमुख एसएसपी बलराम शर्मा पैड्यालको उपस्थिति रहेको थियो ।
सुरक्षा चुनौतिकै बीचमा आगामी वैसाख ३१ गते गर्ने भनिएको स्थानीय निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग सुनसरीले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । सुनसरीका दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकामा निर्वाचन आयोगले १ सय ६५ मतदान स्थल तोकेको छ । धरान उपमहानरपालिकाको १ र ४ समायोजन गरी बनेको वडा नं. १ मा २ हजार ८ सय ४६ मतदाताका लागि उद्योग वाणिज्य संघ र सेकेन्डरी बोर्डिङ्ग स्कुल, वडा नं. २ र ६ समायोजन भई बनेको वडा नं. २ को १ हजार ९ सय ९६ मतदातामा लागि शारदा बालिकाको पुरानो भवन र शिक्षा निकेतन मावि, वडा नं. ३ को २ हजार ७ सय ९ मतादातका लागि भानु स्मृति मा.वि., वडा नं. २० र २१ समायोजन भई बनेको वडा नं. ४ को १ हजार ८० मतदाताका लागि कालिका प्रावि र पञ्चकन्या प्रावि, वडा नं. २२ समायोजन भई बनेको वडा नं. ५ का ४ हजार ६ सय ९८ मतादाका लागि जनता प्रा.वि. ठिंगाबारीलाई मतदान केन्द तोकिएको छ ।
यसैगरी वडा नं. ६ साविकको वडा नं. २३ का ३ हजार ९ सय ९२ मतदाताका लागि सरस्वती उच्च मावि, वडा नं. ७ का १ हजार ७ सय ९७ मतदाताका लागि सिद्धि नेवाः परिषद्, वडा नं. ८ का ६ हजार ३ सय ८४ मतदाताका लागि ल्याबोटरी उच्च मावि र शहीद स्मृति मावि, वडा नं. ९ का २ हजार १ सय ८६ मतादताका लागि सुनसरी खेलकुद भवन, वडा नं. १० का ३ हजार ७२ मतदाताका लागि पञ्चायत मावि, वडा नं. ११ का ७ हजार ५ सय ६२ मतदाताका लागि ज्ञानोदय माध्यामिक विद्यालय, साविकको ५ र १२ हालको वडा नं. १२ का २ हजार ३ सय ७९ मतदाताका लागि गीता मन्दिर र पब्लिक उच्च मावि, वडा नं. १३ का ४ हजार ७ सय ८५ मतदाताका लागि अमरसेवा समाज, वडा नं. १४ का २ हजार ३ सय ८१ मतदाताका लागि दन्तकाली मावि, वडा नं. १५ का १० हजार ६ सय ३० मतदाताका लागि शिक्षा सदन उच्च मावि र पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय, वडा नं. १६ का ६ हजार ५ सय ४५ मतदाताका लागि चन्द्र सँस्कृत मावि, वडा नं. १७ र २७ समायोजन गरी बनेको वडा नं. १७ वडाका ६ हजार ९ सय ४७ मतदाताका लागि पञ्चकन्या मावि रेल्वे र ज्वालामुखी मावि, वडा नं. १८ का १ हजार ७ सय ७६ मतदाताका लागि कार्मेल इङ्गलिस बोर्डिङ्ग स्कुल, वडा नं. १९ का ३ हजार १ सय १४ मतदाताका लागि किराँतेश्वर मावि र वडा न. २४, २५ र २६ समायोजन गरी बनेको वडा नं. २० का १ हजार २ सय २५ मतदाताका लागि भालुढुंगा उच्च माविलाई मतदान केन्द्र तोकिएको छ ।

तपाईको प्रतिक्रिया