माघ ८ गते संविधान जारी गर्ने दलहरुको पूर्व उद्घोष
पूरा हुने छनक त देखिदैन यदि कथंकदाचित जारी भैहालेमा सत्तारुढ र सत्तारुढ बाहिरबाटै जलाउने, च्यातिने धम्की आउन थालेको छ ।
विदेशीको प्रलोभनमा परी सनकको भरमा तत्कालीन प्रधानमन्त्री
गिरिजाप्रसाद कोइरालाको जन भावना विपरीत धर्म निरपेक्ष घोषणा गरिएको थियो । आज त्यहीा घोषणा सबैका लागि आक्रोस बन्दै गएको छ । कााग्रेस, एमाले, माओवादी र मधेशी दलहरु समेत राजनैतिक रुपमा नांगिने डरलेमात्र धर्म निरपेक्षताको कुरा गरिरहेका छन् । आन्तरिक रुपमा यी सबैको चाहना हिन्दु धर्म नै भैदिए हुन्थ्यो भन्ने पक्षमा रहेका छन् ।
एमालेका बरिष्ठ नेताहरुले यस सम्बन्धमा आफ्नो मुख खोल्न थालिसकेका छन् । एमाले सचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यहरु युवराज ज्ञवाली, विजय पौड््याल, सूर्यबहादुर थापा, पूर्व मन्त्री मोदनाथ प्रश्रित लगायतका झण्डै तीन दर्जन नेताहरुले हिन्दु धर्मका पक्ष अभियान थाल्ने घोषणा गरेका छन् । मोदनाथ प्रश्रित आफै कम्युनिस्ट भए पनि उनले नेपालका कम्युनिस्टहरुले धर्मलाई दोहोरो चरित्रको रुपमा लिएको बताउादै आएका छन् । उनले उदाहरण समेत दिने गरेका छन्, गाई काटेर मन्दिरमा फालिदिने, पूजारीको टुप्पी काटिदिने कम्युनिस्टहरु शनिको पूजा गर्ने, भौसीको पूजा गर्ने गर्छन् ।
धर्मको सम्बन्धमा नेपाली कम्युनिष्टको मूल धारमा रहेका एमाले नेताहरुले अभियान चलाउनुलाई सकारात्मक रुपमा लिनुपर्छ । विहान उठेर कोठाभित्र हिन्दु देवी देवताको घण्टौ पूजा गर्ने, बौद्धिक शास्त्रीय मन्त्र उच्चाहरण गर्ने, घण्ट हल्लाउने तर बाहिर धर्म निरपक्षेताको वकालत गर्ने दोहोरो चरित्र देखाउनुको प्रमुख कारण विदेशी प्रभूलाई रिझाउन मात्र भएको प्रष्ट हुन्छ । उता नेपाली कााग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले धर्म निरपेक्षता सहितको संविधान जारी गरे जारी गरेकै भोलिपल्ट
राजधानीको शान्ति बाटिकामा जलाउने धम्की दिइसकेका छन् । उनको यस अभियानमा नेपाली कााग्रेसका प्रभावशाली नेताहरु हरिबोल गजुरेल, पूर्व प्रधान सेनापति रुक्मांगत कटुवाल लगायतका चर्चित हस्तीहरु सहभागी छन् । ९० प्रतिशत हिन्दु धर्म मान्नेहरु हुादाहुादै धर्म निरपेक्षताको घोषणाले मुलुक विस्तारै कहालीलाग्दो अवस्थातर्फ जाादै छ ।
गणतन्त्रको नाममा भएका संरचनाहरु नविगारी त्यसमा विस्तारै सुधार ल्याउादै जानुपर्नेमा विदेशीको आडमा लथालिंग र भताभुंग बनाउने काम मात्र यहाा राजनैतिक दलले गर्दै आएका छन् । मुलुकको अरबौ बजेट सिध्याएर पनि जाबो एक थान संविधान दिन नसक्ने नालायक नेताहरुबाट नेपाली जनताले कुनै आशा गर्नु बेकार भइसकेको छ । नेताहरुकै कारण दण्डहीनता यति बढेर गएको छ त्यसको कुनै लेखाजोखा नै छैन । गुण्डाहरुको संरक्षक नेताहरु नै बनिदिने भएपछि समाजमा आतंक फैलिएको छ, भ्रष्टाचार मौलाएको छ । त्यसैले आम जनताको भावना विपरीत यदि संविधान जारी भएमा त्यसलाई जल्नबाट कसैले रोक्न सक्दैन ।
