भिसीद्वारा पदभार ग्रहण

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको रुपमा नियुक्त हुनु भएका प्रा.डा.
राजकुमार रौनियारले आइतबारदेखि पदभार ग्रहण गर्नुभएको छ ।
पौष २० गतेबाट प्रतिष्ठानमा उपकुलपतिको पद रिक्त भएको थियो । ५५ दिन पश्चात प्रतिष्ठानले नया उपकुलपति पाएको छ । वि.सं. २०५३ सालदेखि नव नियुक्त उपकुलपति
रौनियार प्रतिष्ठानको रेडियोलोजी विभागको प्रमुखको रुपमा काम गर्दै आउनु भएको थियो ।
नव नियुक्त उपकुलपति प्रा.डा. रौनियारले पदभार ग्रहणसँगै उहाँलाई प्रतिष्ठानका सम्पूर्ण कर्मचारी, चिकित्सक, नर्स, विद्यार्थीहरुले स्वागत गरेका थिए । सो अवसरमा आफ्नो संक्षिप्त प्रतिक्रिया दिँदै नव उपकुलपति प्रा.डा. रौनियारले भन्नुभयो, प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने आफ्नो लक्ष्य रहेको छ । म एक्लैबाट यो सम्भव हुँदैन । यहाँका सम्पूर्ण फ्याकल्टी, चिकित्सक, कर्मचारीको साथ सहयोग आवश्यक पर्छ र यस्तो सहयोग आफूले पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो चाँडै प्रतिष्ठानलाई मानव अंग प्रत्यारोपणको केन्द्र बनाउँछु । यसका लागि केही समय लाग्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया