राजधानी÷नेपालको भौतिक पूर्वाधार, जलविद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल लगायतका क्षेत्रमा सबैभन्दा बढी सहयोग गर्दै आएको अत्यन्तै निकटको छिमेकी मुलुक भारतले नेपालका लागि राजदूतमा मन्जिवसिंह पुरीको नाम सिफारिस गरेको छ ।
भारत सरकारले पुरीको नाम नेपालका लागि मनोनयन गरे लगत्तै मनोनियन पत्र नेपाल सरकारलाई पठाइ सकेको परराष्ट्र स्रोतले जनाएको छ । नेपालमा आÏनो तीन बर्षे कार्यकाल सफतापूर्वक सम्पन्न गरी गत हप्ता भारतीय राजदुत
रणजीत राय फर्के लगत्तै भारत सरकारले उहाँको नाम सहित एग्रिमोका लागि बुधबार नेपालको परराष्ट्र मन्त्रालयमा कुटनीतिक माध्यमबाट पठाएको हो ।
पारिवारिक पृष्ठभूमि नै कुटनीतिक सेवामा समर्पित पुरी कुटनीतिक मामलामा विशेष दख्खल राख्नु हुने बताइएको छ । यस भन्दा अगाडि पुरीले युरोपियन युनियन, बेल्जियम र लक्जेम्वर्गका लागि
भारतीय राजदूतको रुपमा काम गरिसक्नु भएको छ । सन् १८८२ को व्याचका भारतीय पराष्ट्र सेवाका अधिकृत पुरीले सन् २००९ देखि २०१३ सम्म अमेरिकाको न्युयोर्कस्थित भारतीय नियोगको उपप्रमुख र त्यसपछि युरोपियन युनियनको लागि राजदूतका रुपमा काम गरिसक्नु भएको छ । उहाँ सन् २०११ र २०१२ को सुरक्षा परिषद्मा बरिष्ठ सदस्य समेत रहनु भएको थियो । नेपाल सरकारबाट पुरीको नाम एग्रिमो गएपछि उहाँ नेपालका लागि विधिवत रुपमा भारतीय
राजदूतमा नियुक्ति हुनुहुने छ ।

