धरान÷धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक विरामी कुरुवा र एक विरामीले आइतबार आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा झापाको तोपगाछि –२ बस्ने ३३ बर्षीय दुर्गा बराइली र मोरङको सिजुवा १ घरभई प्रतिष्ठानकै सामान्य प्रसासनका कर्मचारी रहेका ५३ बर्षीय गंगा भट्टराई रहेका छन् । प्रतिष्ठानस्थित प्रहरी पोष्टका इन्चार्ज तिलक गिरीका अनुसार भट्टराई घांटीको क्यान्सर रोगी थिए । बराईली आफ्नो आमा फुलमाया विकको स्तन क्यान्सरको उपचार गराई रहेका थिए । उनीहरु दुवैको आइतबार विहाननै पोष्टमार्टम भइसकेको छ ।
भट्टराई लामो समयदेखि क्यान्सरबाट पिडित भएका थिए । उनले भारतको विभिन्न अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा पनि उपचार गरिरहेका थिए । तीन दिन अघिमात्र प्रतिष्ठानको पेइङ वार्डमा भर्ना भएका भट्टराई आइतबार विहान साढे तीन बजे पेइङ् वार्डको विल्डिङको झ्यालबाट हाम्फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी इन्चार्ज गिरीले भट्टराई कुरुवा रहेका आफन्तलाई उद्यृत गर्दै भने, ‘राती १ बजेसम्म शैयामै थिए । विहान ३ बजे विउझेर हेर्दा शैयामा भट्टराईलाई नदेखेपछि खोजी गर्दा एक तला माथि चढेर झ्यालबाट हामफालेर भुइमा सलाइन पानीसंगै मृत अवस्थामा फेला परेका थिए ।’ प्रहरी र आफन्तले क्यान्सरको पिडा सहन नसकेर आत्महत्या गरेको अनुमान गरेका छन् ।
प्रतिष्ठान भित्रै भट्टराई भन्दा करिव ५ घण्टा अघि आत्महत्या गरेका बराईले भने स्तन क्यान्सर पिडित आमाको कुरुवा बसेका थिए । सर्जरी वार्डमा आमासंगै कुरुवा बसेका बराइलीले शनिबार राती साढे १० बजे आत्महत्या गरेका थिए । उनी प्रतिष्ठानको सर्जरी वार्ड २ नजिकै रहेको दन्त महाविद्यालयको पछाडिको भ¥याङ्मा डोरीको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको
छ ।
