प्रा.डा श्रेष्ठ निमित्त उपकुलपति

धरान÷नेपाल र भारतको संयुक्त लगानीमा निर्मित यहाँस्थित बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेबारी शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठलाई दिइएको छ ।
विगत १५ बर्षदेखि प्रतिष्ठनमा कार्यरत प्रा.डा. श्रेष्ठले चार बर्षयता प्रतिष्ठानको शिक्षाध्यक्षको जिम्मेबारी सम्हाल्दै आउनु भएको छ । पौष २० गतेदेखि उपकुलपतिविहीन भएको प्रतिष्ठानमा उपकुलपतिविहीन हुँदा कर्मचारीको तलब, शिक्षक तथा प्राध्यापकको तलब, अस्पताललाई चािहने अत्यावश्यक सामाग्री खरिद, शैक्षिक क्षेत्रका अत्यावश्यक सामाग्री, विद्युत, खानेपानी लगायतको काममा बाधा पुगेको थियो ।
अत्यन्तै इमान्दार, जुझारुसँगै स्थानीय समेत रहनु भएका प्रा.डा. श्रेष्ठलाई निमित्त उपकुलपतिको जिम्मेबारी दिन प्रतिष्ठान प्रशासनले पौष २८ गते नै प्रधानमन्त्रीको कार्यालयमा पत्राचार गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेको कारण ढिलाई भएको थियो । उपकुलपतिको अभावमा प्रतिष्ठानमा सबै कुराको अभाव हुन थालेपछि शुक्रबार प्रतिष्ठानको कुलपति समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाले अर्को व्यवस्था नभएसम्मका लागि श्रेष्ठलाई निमित्त उपकुलपतिको जिम्मेबारी दिनुभएको हो ।
यसैबीच अस्पताल प्रमुख प्रा.डा. अरविन्दा सिन्हाको पदावधि समत माघ ९गतेदेखि समाप्त भएको छ । अस्पताल प्रमुख नहुँदा अस्पताललाई चाहिने अत्यावश्यक सामाग्री खदिमा कठिाई शुरु भएको प्रतिष्ठानले जनाएको छ । उपकुलपति विहीन भएको प्रतिष्ठान आज २२ दिन पुगिसकेको छ । उपकुलपतिको सिफारिसमा स्वास्थ्य मन्त्रालयले अस्पताल प्रमुख नियुक्ति गर्ने प्रावधान रहेको छ । हाल उपकलपति नियुक्तिको पक्रिया मन्त्री परिषद्ले शुरु गरे पनि स्थानीय निकायको निर्वाचनको घोषणा हुनु अगावै नियुक्ति गर्नुपर्ने हुन्छ । निर्वाचनको घोषणापश्चात नियुक्ति, सरुवा, बढुवाका सम्पूर्ण प्रक्रिया ठप्प हुने भएकोले पनि प्रतिष्ठानको उपकुलपति चाँडै नियुक्ति गर्नुपर्ने निमित्त उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया