केही समय यता नेपाल–भारतबीचको सम्बन्धमा अनेकौ टिकाटिप्पणी हुने गरेको सुनिन थालेको छ । नेपाल एउटा सर्वाभौमसत्ता स्वतन्त्र मुलुक हो । इतिहासका अप्ठेरा कालखण्डमा समेत नेपाल कहिल्यै कसैको पराधीन भएन ।
विश्व इतिहासमा एउटा स्वतन्त्र र सार्वभौम मुलुक नेपाल विगत एक दशक यता गणतन्त्रका पहेरदारहरुकै कारण हल्लाको बजारमा परिणत भएको छ । व्यक्तिगत स्वार्थ र दलीय स्वार्थ भन्दा माथि यहाँका कुनै पनि राजनैतिक दल माथि उठ्न सकेको देखिएन । जसका कारण पछिल्ला केही बर्ष यता नेपाल भारत बीचको सम्बन्ध माथिल्लो स्तरमा केही विवाद, केही असमझदरी र केही कटुतादेखिन थालेको
छ ।
खासगरी वामपन्थी समूहबाट युगौदेखिको सम्बन्ध नकरात्मक प्रचार थालिएको छ । नेपालमा प्रजातन्त्रको पुनर्वहली र गणतन्त्रको मार्ग प्रसस्त गर्दा सम्म छिमेकी मुलुक भारतकै सबैभन्दा ठूलो सात र समर्थन भएको कुरालाई सत्तामा पुगेर केही शक्ति आर्जन गरेकै
भरमा युगौदेखिको सम्बन्धलाई धुमिल बनाउन खाज्नु कदापी बुद्धिमानी ठानिदैन । त्यस्ता गतिविधिले सम्बन्धमा कटुता थप्ने काम मात्र गर्छ । आज विश्वका हरेक देशहरु एक आपसको निकटता खोजिरहेका छन् । एकले अर्को देशबाट प्रविधि भिœयाइरहेके छ । झिनामसिना कुराहरुलाई वेस्ताव गरेर सम्बन्ध सुदृढका हातहरु अगडि बढाइरहेका छन् । त्यलाई नेतृतवमा हुने बुद्धिमता मानिन्छ ।
तर यहाँ ठीक उल्टो भइरहेको छ । पहिला गल्ति गर्ने पछि गएर पछुताउने र आत्मालोचना गर्ने नेपाली प्रवृत्तिभन्दा पनि नेपालमा वामपन्थीहरुको प्रवृत्ति हो । सानादेखि ठूला वामपन्थी दल सबैको स्कुलिङ्ग प्रायः एउटै देखिएको छ । जतिसुकै पढेलेखेका अध्यनशील तथा विद्वान कहलाइएकाहरुको समेत मथिंगलमा एउटै अमिट छाप बसेको देखिन्छ अस्तित्व हराउने त्रासमा होस् या कुनै कारणले होस् यहाँका बामपन्थीहरु उत्तरभन्दा दक्षिणको विरोधी रहँदै आएका छन् । कहिले विस्तारवादको मुद्दा अगाडि सारेर सर्वसाधारण नेपालीलाई दिग्भ्रमित गर्ने त कहिले अन्य कुै मुद्दा उछाल्ने गर्छन् । सिक्किमको मुद्दा उछालेर नथाक्ने यहाँका बामपन्थीहरुहरु तिब्बतको नाम समेत लिँदैनन् । चिनले नेपालके उत्तर कति सीमा मिचेको छ त्यसको उच्चारण समेत गर्दैैनन् ।
नेपालले सफल कुटनीतिको माध्यमबाट दुवै देशसँग समान व्यवहार गर्नुपर्छ, एउटाको आलोचना र अर्काको अन्धभक्त भएर समर्थन गर्नु राम्रो होइन । यसले मुलुकको हित गर्दैन । आफ्ना गल्ति र कमजोरी लुकाउने अरुमाथि आक्ष्ोप लगाउने प्रवृत्ति तत्काल नभएपनि कालान्तारमा गएर घात सिद्ध हुन सक्छ । स–साना कुरामा कुटनीतिक नियोग घेराउ गर्नु, अनावश्यक उग्र नारा लगाउनु कुटनीतिक मर्यादाका विरुद्धमा हुन्छ । आवेगमा बोलिएको बोलीले न नेपालको हित गर्छ न नेपालीको । आफ्ना असफलताहरुलाई ढाकछोप गर्न कहिले भारतले संविधान बनाउन दिएन, कहिले कार्यान्वयन गर्न दिएन, संसोधन गर्न दबाब दियो भन्नु आफैमा गलत हो । मुलुकको हितको लागि के गर्नुपर्छ त्यसको निर्णय गर्ने जिम्मा नेपाली जनताले दलहरुलाई दिएका छन् । कहिले धोती भनेर आफ्नै तराइबासी नागरिकलाई गाली ग¥यो, कहिले के भन्यो यस अभिव्यक्तिले सम्बन्धमा सहजता हैन कटुता पैदा गर्छ । छिमेकीसँगको कटुता राम्रो होइन । यसर्थ हरेक राजनीतिक दलले संयम भएर अभिव्यक्ति दिँदै मुलुक हितमा निर्णय गर्नुपर्छ ।
