प्रिन्सिपल थापा अदालतबाट साधारण तारेखमा रिहा

इनरुवा÷माउन्ट मनास्लु बोर्डिङ्ग स्कुल दुहवीका प्रिन्सिपल तथा समाजसेवी शंकर थापालाई घरेलु कामदार हत्या प्रकरणमा दोषी सावित गर्न र कमाउ धन्दालाई कायम
राख्न दुहवी प्रहरीले अनेकौ कोणबाट प्रयास गरे पनि अन्ततः जिल्ला अदालत सुनसरीले प्रमाण अभावमा साधारण तारेखमा छोडिदिएको छ ।
पौष १४ गते विगत दुई बर्षदेखि प्याव्सनका केन्द्रीय सदय समेत रहनु भएका थापाको घरमा काम गर्दै आएकी कान नसुन्ने र बोल्न समेत नसक्ने ३५ बर्षीया अपांग पवित्रा विष्टको हत्या भएको थियो । प्रिन्सिपल थापा मर्निङ्ग वाक गएको अवस्थामा विहान पाँच बजेपछि विष्टको हत्या भएको र घरका सामानहरु समेत चोरी भएको अवस्थामा प्रहरीले अनुुसन्धानको दायरलाई साघुरो बनाई २४ दिनसम्म मानसिक यातना दिएर
राख्यो ।
चोरी गर्ने नियतबाट आएकाहरुले विष्टको हत्या गर्न सक्नेतर्फ प्रहरीले अनुसन्धानलाई अगाडि नै बढाएन । आफ्नै जहेरीमा अनुसन्धानको नाममा पटक पटक म्याद थप्ने, मृतक विष्टका आफन्तलाई किटानी जाहेरी दिन धम्क्याउने, स्कुल बसका खलासी सन्तोष साह (हलुवाई) लाई प्रक्राउ गरी तेरो मालिकले अपराध कवुल गरिसकेको छ तँ किटानी जाहेरी दे भनेर धम्क्याउने, स्थानीयले तेरो घर र स्कुल तोडफोड गरिसके अपराध कवुल गर भन्ने, आज नभए भोलि भोलि नभए पर्सी थापाले अपराध कवुल गर्नैपर्छ भनेर परिवारका सदस्यलाई सुनाउने, स्थानीय तथा अधिकारकर्मीहरुलाई थापाका विरुद्धमा उचाल्ने, दुई दुई पटक पोलिग्राफ टेष्ट गरी मानसिक याताना दिने जस्ता हर्कत गर्दा पनि निेर्दोष थापालाई फँसाउने धन्दामा अन्ततः इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरिक्षक शिव पोख्रेल असफल भएका छन् ।
थापामाथि प्रहरीले गरेको ज्यादतिका विरुद्धमा दुहवीका स्थानीय बासिन्दा, स्थानीय सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, महिला सञ्जाल, आमा समूहले आक्रोस व्यक्त गर्दै नाराबाजी गदै दुहवी बजार समेत बन्द गराए । गत शुक्रबार अर्थात माघ ७ गते प्रहरीले अदालतबाट अनुसन्धानको नाममा थप तीन दिन म्याद थप गराएको थियो । थापालाई हरेक कोणबाट फँसाउने धन्दामा लागेको प्रहरीले आवश्यक प्रमाण जुटाउन नसकेपछि आइतबार जिल्ला अदालत
सुनसरीमा भएको थुनछेक बहस पश्चात न्यायाधीश भिष्मराज प्रसाईको एकल इजलासले थापालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । थुन छेक बहस पश्चात जारी आदेश पत्रमा भनिएको छ –
यसमा अभियोग पत्रसाथ उपस्थित
गराइएका प्रतिवादी शंकर थापाको बयान
गराउने कार्य सम्पन्न भई थुनछेक प्रयोजनका लागि पेश हुन आएको मुद्दाको मिसिल अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान जिल्ला न्यायाधिवक्ता
भरतमणि रिजालले र प्रतिवादीको तर्फबाट उपस्थित विद्वान बरिष्ठ अधिवक्ता शम्भु थापा, विद्वान अधिवक्ताहरु क्रमशः
रामबहादुर निरौला, देवीबहादुर घिमिरे,
रमेश कोइराला, हेमराज पन्त, भरतबहादुर थापा, केदार भण्डारी, जगतबहादुर थापा, शिवराज चौहान, कृष्णप्रसाद दाहाल, ज्ञानेन्द्र थापा, रेखा थापा पाण्डे समेतले गर्नुभएको बहस समेत सुनियो ।
यसमा प्रतिवादी शंकर थापा उपर निजले आफ्नै घरमा काम गरी बस्ने पवित्रा विष्टको घाँटी थिची कर्तव्य गरी मारी मरिसकेपछि पछि निजको घाँटीमा हतियारले काटी मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १ र १३(३) नं. बमोजिमको कसूर गरेकोले सो कसूरमा सोही महलको १३(३) नं. बमोजिम सजाय गरी पाउँ भन्ने अभियोग दाबी रहेको
देखिन्छ ।
अब थुनछेक तर्फ विचार गर्दा, मिति २०७३÷०९÷१४ मा प्र.ना.नि. भूदेव बस्नेत समेतले दिएको प्रतिवेदनमा वारदात घटनास्थलमा अन्य मानिसहरुको उपस्थिति रहेको खुल्न नआएको हुँदा मृतक पवित्रा विष्टलाई शंकर थापाले नै कर्तव्य गरी
मारेको भन्ने व्यहोरा उल्लेख भएको देखियो । प्रतिवादी शंकर थापाको घरमा मृतक पवित्रा विष्टको मृत्यु भएको र मिसिल संलग्न घटनास्थल लास जाँच प्रकृति मुचुल्का, निजको शव परिक्षण प्रतिवेदन समेतबाट निजको मृत्यु कर्तव्यबाट नै भएको भन्ने देखिएको भए तापनि प्रतिवादी शंकर थापाले अभियोग दाबी बमोजिमको कसूर गरेकोमा इन्कार गर्दै वारदात भएको दिन विहान मर्निङ वाक जानु भन्दा अगाडि निज मृतक पवित्रा विष्टलाई मुल ढोका लगाउन भनी गएकोमा विहान ५.५५ तिर घर फर्की ढोका खोली भित्र पस्दा प्यासेजमा केही कुरामा ठोक्किएको र बत्ती बाली हेर्दा निज पवित्रा विष्टको लाश रहेको, तत्काल प्रहरी र अन्य छिमेकीलाई खबर गरेको, आफू मर्निङ वाकमा गएको अवस्थामा को कसले घर भित्र प्रवेश गरी निजको हत्या गरे, थाहा भएन, मैले अभियोग दाबी बमोजिमको कसूर गरेको होइन भन्ने समेतको व्यहोरा उल्लेख गरी अदालत तथा मुद्दा अनुसन्धानको क्रममा अधिकार प्राप्त अधिकारी समक्ष बयान गरेको देखियो ।
वारदात घटेको मिति ०७३÷०९÷१४ गते विहान निज शंकर थापा मर्निङ वाकको लागि गएको अवस्थामा अपरिचित व्यक्तिहरु चोरी गर्ने मनसायले घरमा पवेश गरी निज विष्टलाई कर्तव्य गरी मारेको, कर्तव्य गर्ने व्यक्तिहरु हाल नखुलेको भन्ने समेत व्यहोरा उल्लेख गरी जाहेरी दिएको देखिन्छ । मृतकको छोरा प्रवेश विष्टले अधिकार प्राप्त अधिकारी समक्ष कागज गर्दा आमा पवित्रा विष्टलाई को कसले कर्तव्य गरी मारे, पहिचान गरी कानुन बमोजिम कारबाही होस् भनी कागज गरेको देखियो ।
त्यसैगरी मौकामा कागज गर्ने तिलक राम तबदार, सन्तोष साह हलुवाई, चन्द्रराज भट्टराई, सुवासकुमार भट्टराई समेतका अन्य सम्पूर्ण व्यक्तिहरुले मृतकलाई को कसले
मारको थाहा भएन, पत्ता लगाई पाउँ भनी कागज गरेको देखिन्छ । वस्तुस्थिति मुचुल्कामा बस्ने सम्पूार्ण व्यक्तिहरुले मृतक पवित्रा विष्टलाई को कसले कर्तव्य गरी मारे थाहा भएन प्रतिवादी शंकर थापाले उक्त घट्ना घटाएको होइन भनी उल्लेख गरेको देखियो । साथै प्रतिवादी शंकर थापा घरमा प्रवेश गर्दाको भिडियो (म्झय) समेत तयार पारी मिसिल संलग्न पेश गरेको देखियो । साथै सोही
वारदातको दिन निज शंकर थापाको घरमा चोरी भएकोले अनुसन्धान गरी पाउँ भनी मिति ०७३÷९÷१५ मा सदिच्छा थापाले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएको भनी निवेदन यस अदालतमा दिएको साथै सावरा थापाले गरेको घटना विवरण कागजबाट
घरको कोठाबाट सामानहरु यत्रतत्र रुपमा छरिएको, दराजका सबै सामान फालिएको, गहना समेत चोरी भएको भनी उल्लेख भएको देखिन्छ ।
मािथ उल्लेख गरिए अनुसार सावित्रा मिश्रले दिएको जाहेरी दर्खास्त, मृतकका
छोराको कागज, मिसिल संलग्न घटना
विवरण कागज गर्ने सम्पूर्ण व्यक्तिहरुको भनाई, बस्तुस्थिति मुचुल्कामा बस्ने व्यक्तिहरुको समेत कागजहरु हेर्दा अपरिचित व्यक्तिले घरमा प्रवेश गरी मृतक पवित्रा विष्टलाई कर्तव्य गरी मारेको हो भन्दै प्रतिवादी शंकर थापा उपर कसैले शंका सम्म पनि व्यक्त गरेको अवस्था देखिएन । मिसिल संलग्न शव परिक्षण प्रतिवेदनबाट मृतकको मृत्युको कारण ऋबगकभ या म्भबतज ष्ल लभअप अयmउचभककष्यल बक चभकगति या तजचयततष्लन भनी उल्लेख भएको र धारिलो हतियारले काटेका चोटहरु समेत भएको भनी उल्लेख भएको देखिएकोमा उक्त कार्य प्रतिवादीबाटै भएको भन्ने ठोस आधार मिसिलबाट देखिएन । मिसिल संलग्न बरामदी खानतालासी मुचुल्का हेर्दा मृतक पवित्रा विष्ट सुत्ने कोठाको
सिरानीबाट काठको बिड भएको छुरा बरामद गरेको देखिए तापनि उक्त छुरामा रगत लागेको भन्ने समेतका कुनै कुरा रहेको देखिदैन । प्रतिवादी शंकर थापा मिति २०७३÷९÷१४ गते विहान ५ बजे मर्निङवाक जानु भन्दा अगाडि अर्थात २०७३÷९÷१४ गते विहानको राती १ः३० बजे पूर्व नै निज पवित्रा विष्टको मत्यु भएको भन्ने अभियोग दाबी रहेकोमा मृतकको शव परीक्षण २०७३÷९÷१५ गते १२ः४५ मा भएको देखिएको र मृतकको मृत्यु १२ देखि २४ घण्टा अगाडि भएको भन्ने उल्लेख भएको देखिएकोमा निज मृतकको मृत्यु ०७३÷९÷१४ गते विहान भएको प्रतिवादीको बयान व्यहोरालाई अन्यथा भन्नुपर्ने अवस्था देखिएन ।
सो बाहेक फौजदारी कसूर स्थापित हुनका लागि अत्यावश्यक मानिएको प्रतिवादी मृतकलाई मार्नुपर्न सम्मको मनसाय, रिइबी, पूर्व तयारी लगायतका कुनैपनि कुरा रहेको भनी वादी पक्षले बस्तुनिष्ठले अभियोग पत्रमा उल्लेख गर्न सकेको देखिदैन । त्यस्तै गरी फौजदारी अभियोग लागेका प्रत्येक व्यक्ति उपरको अभियोग शंकारहित तवरले स्थापित गर्नुपर्ने वादी पक्षको दायित्व रहेकोमा सो बमोजिम अभियोग दाबी बमोजिमको कसूर प्रतिवादीले गरेको भन्ने प्रत्यक्ष र ठोस प्रमाण वादी पक्षबाट प्रस्तुत हुन सकेको देखिदैन ।
यस प्रकार घटना विवरण कागज गर्ने लगायतक कुनैपनि व्यक्तिहरुले प्रतिवादी उपर किटान गरी नबोलेको, निज उपर किटानी जाहेरी नभएको, अदालत र अनुसन्धानको क्रममा अधिकार प्राप्त अधिकारी समक्षको प्रतिवादीको इन्कारी बयान रहेको जाहेरवाला समेतले प्रतिवादी उपर शंका समम पनि व्यक्त नगरेको देखिएको र प्रहरी प्रतिवेदनसम्मको अधारबाट मात्र प्रतिवादी दोषी रहेछन् भनी मान्न नसकिने समेतका तत्काल प्राप्त प्रमाणहरुबाट अभियोग दाबी बमोजिमको कसूर प्रतिवादीले गरेको विश्वास गर्न सकिने मनासिव र वस्तुनिष्ट आधार विद्यमान रहेको नदेखिएको हुँदा निज उपर तत्कलै मुलुकी ऐन अ.ब. ११८ को देहाय २ आकर्षित हुन सक्ने अवस्था नदेखिएकोले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी प्रतिवादी शंकर थापालाई मुद्दा पुर्पक्षका लागि अ.ब. ४७ नं बमोजिम तारेखम राख्नु भनी अ.ब. १२४ ग नं. बमोजिम आदेश गरिदिएको छ ।

तपाईको प्रतिक्रिया