नेपाल भारत मैत्री संघ सुनसरी धरानका अध्यक्ष मुकुल कायस्थ । सामाजिक अभियन्ताको रुपमा धरानमा आफ्नो छुट्टै परिचय बनाउन सफल कायस्थ नेपाल रेडक्रस सोसाइटीको मन्त्री, परिवार नियोजन संघ लगायतका आधा दर्जन सघ संस्थामा आवद्ध हुनुहुन्छ ।
हालै भारतीय राजदुतावास काठमाण्डौं भारतीय साँस्कृतिक केन्द्रद्वारा देशका विभिन्न ९ स्थानमा साँकृतिक कार्यक्रमको आयोजना गरिएको छ । म्बथक या ल्यचतज(भ्बकत क्ष्लमष्बल ऋबतिगचभ ँभकतष्खब(िल्बmबकतभ ल्भउब िशीर्षकमा
धरानमा भएको कार्यक्रमको संयोजन तथा व्यवस्थापनको जिम्मा नेपाल–भारत मैत्री संघ सुनसरी धरानले गरेको थियो । प्रस्तुत छन् संघको अध्यक्षको नाताले कार्यक्रमप्रति कायस्थसँग गरिएको कुराकानी ।
कार्यक्रमप्रति तपाई के भन्नुहुन्छ ?
–म सर्वप्रथम भारतीय राजदुतावास,
भारतीय साँस्कृतिक केन्द्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यस्तो कार्यक्रम सदैव आउँदैन । यो हामो लागि गौरवको कुरा हो । उहाँहरुले यो कार्यक्रम गर्ने सौभाग्य दिनुभयो । त्यसमा पनि यसपटक भारतको उत्तर पूर्वी भाग सेभेन सिस्टर्स त्यहाँको मिजोरम, असाम, लगायतको स्थानको रहनसहन, अनुहार एक अर्कासँग मिल्छ । यसले हामीबीचको साँस्कृतिक भाइचारा बढाउँछ भन्ने विश्वास मलाई लागेको छ । हामीले धरानको गरिमा डान्स सेन्टर जसले पूर्वमा ख्याति पनि आर्जन गरेको छ, हामो अनुरोधलाई स्वीकारेर उहाँहरुले चरावटा प्रस्तुति दिनुभयो । जसमा च्याब्रुङ नाच, सन्थाल नृत्य, चेपाङ नाच र झ्याउरे नाच देखादिनुभयो । यसले हामीबीचको सम्बन्धमा अभिवृद्धि भएको छ । भारतीय राजदुतावासले अहिले जुन सहयोगहरु गरिरहेको छ त्यो सह्रानीय छ । यसको लागि म पुनः आभार व्यक्त गर्न चाहन्छु । भविष्यमा हामीले अरु पनि कार्यक्रम गर्ने मौका पायौं भने हामी ठूलो हृदयले आयोजना गर्न सक्षम छौं । यसका लागि अनुरोध पनि गर्दछौं ।
हाल दुई देशबीचमा राजनैतिक कटुता देखिएको छ । त्यो कटुताको बीचमा कार्यक्रम गर्नुभयो । तपाई एउटा एमालेको कार्यकर्ता भएको नाताले यसमा के भन्न चाहनुहुन्छ ?
–निश्चित पनि केही कटुता देखियो ।
भारतले नाकाबन्दी ग¥यो भनेर केही स्वर पनि सुनियो । हामीलाई त्यसले कुनै असहज महसुस भएन । तर काठमाण्डौ र नेताहरुलाई केही अप्ठेरो प¥यो होला । त्यो रुपमा राजनीतिक क्राइस हुनु दुवैलाई
राम्रो हैन । दुवै पक्ष आगामी दिनमा सजग हुनुपर्छ ।
यसले कार्यक्रमलाई केही अप्ठेरो प¥यो कि ?
–कार्यक्रमलाई केही अप्ठेरो पारेन । अब दुवै तर्फले हामीबीचको सम्बन्धलाई सुमधुर बनाउने काम गर्नुपर्छ । भारतसँग नेपालको सदियौदेखिको सामाजिक, आर्थिक , धार्मिक, राजनीतिक सम्बन्ध छ । एक अर्काबीच द्वेष लिएर हुँदैन । त्यसैले दुवै देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन यो सांस्कृतिक कार्यक्रमले कोेशेढुंगाको काम गरेको छ ।
