वोनम्यारो पीडित शाक्यलाई सहयोग रकम जुटदै

धरान÷धरान उपमहानगरपालिका वडा नं. ३ निवासी नरेश शाक्यकी छोरी वोनम्यारो पीडित नइसा शाक्याको उपचारार्थ सहयोग जुट्ने क्रम जारी छ ।
स्थानीय शिक्षा सदन उच्च माविमा कक्षा १०मा अध्ययनरत १५ बर्षीया शाक्य विगत एक बर्ष भन्दा बढी समयदेखि बोनम्यारो पीडित रहँदै आएकी छन् । उनको उपचारका लागि धरान ३ निवासी किशोर उदासकी जापानमै बस्दै आएकी छोरी सल्या उदाश (सिराइसी) को पहलमा त्यहाँ कार्यरत र बसोबास गर्ने नेपालीहरुको तर्फबाट ९८ हजार रुपैया संकलन गरिएको थियो । संकलित रकम किशोर उदाले मंगलबार पीडितको अभिभावक
नरेश शाक्यलाई पत्रकारहरुबाीचमा हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै शाक्यले भन्नुभयो, सहयोगीहरुकै कारण छोरी नइसालाई हालसम्म बचाउन सकिएको हो । राजधानीस्थित सिविन हस्पिटलले बोनम्यारो प्रमाणित गरेको र हाल औषधिले नै ठीक हुने बताएका छन् । औषधिले ठीक नभए बोनम्यारो टूान्सप्लान्ट गर्नुपर्ने सुझाव समेत चिकित्सकले दिएको नइसाका बाबु नरेश शाक्यले बताउनुभयो । हालसम्म नइसाका लागि २१ लाख आर्थिक सहयोग जुटिसकेको पनि शाक्यले जनकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया