एस.गोपालकृष्ण । भारतीय राजदुतावास काठमाण्डौका पोलिटिकल विंस हेर्ने प्रथम सचिव हुनुहुन्छ । हाल भारतले आफ्नो ६८ औं गण्तन्त्र दिवसका
आवसरमा भारतीय दुतावासमार्फत दुई देशबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन चित्रकला प्रदर्शनी, फुड फेस्टिबल र साँस्कृतिक कार्यक्रमको आयोजना
गरिरहेको छ ।
जन स्तरमा घनिभूत दुई देश बीचको अतुलनीय मित्रतालाई अझ प्रगाढ बनाउने उद्देश्यले नेपालका विभिन्न ९ स्थानमा म्बथक या ल्यचm(भ्बकत क्ष्लमष्बल ऋबतिगचभ ँभकतष्खब(िल्बmबकतभ ल्भउब िशीर्षकमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिरहेको छ । धरानमा माघ ९ गते अर्थात २२ जनवरीका दिन भएको साँस्कृतिक कार्यक्रमको टोलीसँगै धरान आउनु भएका प्रथम सचिव एस. गोपालकृष्णसँग धरान साप्ताहिकले संक्षिप्त वार्ता गरेको थियो । प्रस्तुत छन् वार्ताका सारसंक्षेप ः
खतपाई भारतीय राजदुतावास काठमाण्डौको प्रथम राजनैतिक सचिव पनि हुनुहुन्छ । यहाँ आयोजित साँस्कृतिक कर्यक्रमको कसरी मुल्यांकन गर्नुभएको छ ?
–यहाँ आयोजित कार्यक्रम अत्यन्तै राम्रो
रहयो । नमस्ते नेपाल भारतको नर्थ इस्ट इन्डियाको चार स्टेटबाट ल्याइएको साँस्कृतिक कार्यक्रम हो । त्यहाँको अलग अलग कल्चर ट्रप्स लिएर हामी यहाँ आएका हौं । यो भारतको ६८ औ गणतन्त्र दिवसको अवसरमा नेपालका मुख्य मुख्य ठाउँमा साँस्कृतिक कार्यक्रमको आयोजना
भइरहेको छ । तराई, पहाड र हिमालमा समेत हामीले यो कार्यक्रम सञ्चालन गरेका छौं । हामीले सोच्यौं पूर्वमा धरानमा गर्नु उपयुक्त हुन्छ । किनकि हामी र धरानका बीचमा विशेष सम्बन्ध छ । त्यसैले
धरानमा एउटा कार्यक्रम गर्नुपर्छ भनेर निधो ग¥यौं । यो अत्यन्तै राम्रो साँस्कृतिक कार्यक्रम हो । कार्यक्रम हेर्नेले मुल्यांकन गरी सक्नु भएको छ । भारत र नेपालको सँस्कृतिमा कति समानता छ ।
खकार्यक्रम गर्नुको मुख्य उद्देश्यचाहिँ के हो ?
–नेपाल र भारतबीचमा ऐतिहासिक सम्बन्ध छ । भाइचाराको सम्बन्ध छ । हाम्रो सँस्कृति र परम्पराहरु एक अर्कोसँग मिल्दाजुल्दा छन् । यो सम्बन्धलाई अझ प्रगाढ बनाउने हेतुले कार्यक्रमको आयोजना गरिएको हो । हाम्रो देशको डाइभर्सिटी र नेपालको पनि त्यत्तिकै डाइभर्सिटी छ । त्यसैले हामीले एउटा भागको कल्चर सो गर्न लागेका हौं ।
खपहिला कुनैपनि कल्चर कार्यक्रम काठमाण्डौमै हुन्थ्यो । अहिले बाहिर पनि कार्यक्रम लिएर आउनु भयो । पहिला किन त्यसरी कार्यक्रम लिएर आउनु भएन ?
–हाम्रो कार्यक्रम प्रायः सबै ठाउँमा हुन्थ्यो । विराटनगरमा भइरहेकै हो । केही दिन ग्याप भयो होला । अहिले फेरि यसलाई हामीले निरन्तता दिएका छौं ।
खतपाईकै मुखबाट सुनौ न, नेपाल र
भारतबीचको सम्बन्ध कस्तो छ ?
–हामी बीचमा जस्तो सम्बन्ध छ, संसारका अन्य कुनै पनि देश बीचमा छैन । हाम्रो सम्बन्ध इतिहासदेखिकै हो । हामीमा जनस्तरको सम्बन्ध अझ प्रगाढ छ । यो सम्बन्ध मजबुत छ, यसलाई कसैले कहिल्यै तोड्न सक्दैन । यो सम्बन्ध सदैव रहन्छ ।
