धरान÷सम्भवतः धरानका सभ्य र सुसंस्कृत दर्शकले एउटै मञ्चबाट दुई देशबीचको साँस्कृतिक कार्यक्रमको स्वाद एकै साथ यस अघि कहिल्यै लिएका थिएनन् । आइतबार अर्थात माघ ९ गते उनीहरुले पहिलो पटक एउटै मञ्चबाट नेपाल–भारतको मिल्दो जुल्दो सँस्कृतिको स्वाद लिए ।
कार्यक्रमको अवधिभरी दर्शकका आँखाले झिम्म समेत गर्न बिर्सिएका थिए । झण्डै पाँच सय क्षमता भएको धरान सभागृह भरिभराउ थियो । गडगडाहट ताली बाहेक दर्शक दिर्घाबाट अर्को कुनै स्वर सुनिएन । गीत, साँस्कृतिक कार्यक्रमप्रति हुरुक्क हुने धराने दर्शक ¥याप र अन्य झ्याउरे साँस्कृतिक कार्यक्रममा सहरै उचाल्ने गरी चिच्याउँथे । तर आइतबार उनीहरु अत्यन्तै शालीन देखिन्थे । धराने दर्शकलाई त्यति विघ्न सालिन बनाएको थियो म्बथक या ल्यचतज(भ्बकत क्ष्लमष्बल अगतिगचभ िाभकतष्खब(िूल्बmबकतभ ल्भउबूि र
धरानकै चचिर्त गरिमा डान्स सेन्टरको प्रस्तुतिले । भारतीय राजदुतावास भारतीय साँस्कृतिक केन्द्रको आयोजना र नेपाल भारत मैत्री संघ सुनसरी धरानको व्यवस्थापनमा कार्यक्रमको आयोजना गरिएको थियो । धरानमा आयोजना भएको उत्तर पूर्वी भरतीय साँस्कृतिक कार्यक्रममा मिजोराम र असामका गरी १५ जना कलाकारहरुको टोली सभागी रहेको थियो , जसको नेतृत्व लाल मचुवानले गरेका थिए भने गरिमा डान्स सेन्टरको प्रतिनिधिका रुपमा मणि लिम्बु रहनु भएको थियो ।
भारतको मिजोरामबाट आएका कलाकारहरुले त्यहाँका पवि र मारा समुदायले युद्धको समाप्तीपश्चात खुशियालीमा नाचिने सोलाकिया, आसाम विहु डान्स, मिजोराम समुदायकै चौलाजन डान्स, असामका नयाँ पुस्ताका (युवायुवती) बीच प्रेम प्रसंगसँग जोडिएको विहुजस्तै लेवतना डान्स पुरानो
परम्परा गत मेजोरामको चेरो नृत्य गरी पाँच वटा प्रस्तुती दिएका थिए । यसै गरी पूर्वमै चर्चित गरिमा डान्स सेन्टरले लिम्बु समुदायको चर्चित च्याब्रुङ नृत्य, सन्थाल नृत्य, चेपाङ नुत्य र एउा झ्याउरो प्रस्तुति दिएका थिए ।
साँस्कृतिक कार्यक्रमको समुदघाटन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था
राज्य मन्त्री सीताराम मेहताले गर्नुभएको थियो । सो अवसरमा बोल्दै राज्यमन्त्री मेहताले भन्नुभयो नेपाल भारत बीचको सम्बन्ध
पौराणिक कालदेखिकै हो । दुवै देशका नागरिक नागरिक अर्थात जनस्तरबाटै मजबुत भएको सम्बन्ध हो । हाम्रा रहन सहन, खानपिन, धार्मिक अचारण,, राजनैतिक निकटता, साँस्कृतिक सम्बन्ध सबैमा समानता भएकोले सम्बन्धलाई अझ सदुढ बनाउनुपर्छ । उहाँले भन्नुभयो नेपालको शिक्षा, स्वास्थ्य, सडक, जलविद्युत लगायतका क्षेत्रमा भारतले उच्च हिमाली भेगदेखि पहाड, तराई सबैतिर ठूलो लगानी गरेको छ । उहाँले विगतलाई स्मरण गर्दै भन्नुभयो भारतको स्वतन्त्रता आन्दोलनमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी लगायतका श्रद्धेय नेताहरुले गरेको योगदानकै कारण भारतले पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा सहयोग पु¥याएको थियो ।
भारत र नेपालबीचमा जनतामा धेरै कुरामा समानता रहेको भन्दै राज्यमन्त्री मेहताले सरकार भन्दा पनि जनस्तरको सम्बन्धलाई मजबुत बनाउन यस प्रकारको साँस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
यसैगरी सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले नेपाल भारत बीचको सम्बन्धलाई अझ उचाईमा पु¥याउन यस प्रकारको साँस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो भारत र नेपालका जनताबीचमा धेरै कुरामा समानता छ । चाहे त्यो धार्मिक होस्,चाहे
राजनैतिक होस्, चाहे सास्कृतिक होस् । उहाँले थप्नुभयो भारत र नेपालबीचमा खुल्ला बोर्डर छ । शान्ति सुरक्षालाई मजबुत बनाउन मिलेर काम गर्ने गरेको उहाँको कथन थियो । यसैगरी भारतीय राजदुताबास काठमाण्डौका राजनैतिक प्रथम सचिव एस गोपाल कृष्णले भन्नुभयो धरानसँग हाम्रो आफ्नै प्रकारको विशेष सम्बन्ध भएकोले पहिलो पटक आयोजना गरिएको नमस्ते नेपाल कार्यक्रमलाई धरानमा प्रस्तुत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो यो कर्यक्रम हिमाल, पहाड र
तराईमा समेत हुन्छ । नेपाल भारत मैत्री संघका अध्यक्ष मुकुल कायस्थको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघका उपाध्यक्ष कृष्णकुमार अग्रवालले नेपाल भारतबीचकोसम्बन्धमथि प्रकाश पर्नुभएको थियो भने सञ्चालन रविन्द्र थापाले गर्नुभएको थियो ।
