घण्टाघरबाट हेर्दा

बाउरामलाई जुत्ता
भाग्यमानीको खप्पर ठूलो अभागीको खै त्यो के जाति ठूलो भन्थे हो रै’छ । खप्पराँ भएसी’ डोकोमा दूध दुहुँदा पनि अडिन्छ भनेर त्यसै भन्या होइन । खप्पराँ भएसी’ त्यसै लडीलडी आउँछ भनेके ठीकै हो । अब हेरौँ न नयाँ बोलम पुरानै रक्सी भरेर पिउँदै आएका बाउराम भट्टराईमाथि पोखरामा एकजना विद्यार्थीले दामी जुत्ता उपहार दिएछन् । जुत्ता उपहार पाएसी’
बाउरामको एउटै गुनासो थियो मोजा पनि दिनुपथ्र्यो । जुत्ता उपहार दिनेले पनि घोषणै गरे सबै दलका शिर्ष नेताहरुलाई जुत्ता उपहार दिन्छु । क्या दानी रै’छन् त्यो उपहार दिने भाई । साह«ै मनकारी । बरु एउटै मिशन चलाउँदा गजब हुन्थ्यो त्यो के भने नेपालका सबै युवाहरुले नेताहरुलाई देख्यो कि जुत्ता उपहार दिइहाल्ने । यसो गरे कसो होला ?
जुत्ता महिमा
बाउरामले जुत्ता उपहार पाएसी’ सबै भन्दा टेन्सिन यतिबेला नेपाली फिलिमकी एकताकी नखरमाउली
करिष्मा मानन्धरलाई भा’छ रे । पोखराको पृथ्वीनारायण क्याम्पसम बाउरामको पछि पछि पुगेकी करिष्मालाई बाउराम मात्र टिलिक्क टल्कने नयाँ जुत्ता पाएसी’ डाहा लाग्नु स्वभाविक हो । त्यसपछि उन्ले पत्रकार सम्मेलन नै गरेर भनिछन् ये त हदै भयो । बाउरामलाई मात्र जुत्ता दिएर भएन नि । त्यत्रा विद्यार्थी मध्ये एकजनाले मात्र बाउरामलाई जुत्ता दिए । अरु सबै कन्जुस रै’छन् ।
बाउरामले जुत्ता उपहार पाएसी’ अरु नेताहरु पनि यतिबेला राजधानी बाहिर गएर भाषण गर्न तँछाड मछाड गर्न थाल्या छन् रे । भाषन ठोक्नु भन्दा पहिला भाषन सुन्न आएकाहरुको खुट्टामा मज्जाले नियाल्छन् रे । कसैले जुत्ता खोल्या छ कि छैन पहिल्यै हेर्छन् रे । कसैका खुट्टामा जुत्ता देखिएन भने त्यति राम्रोसँग भासन नै फुर्दैन रे । जे होस् नेपालमा जुत्ताको महिमा पनि अपरम्पार नै हुने भयो ।
माल बजाउन हतार
यो देशलाई त्यसै सतिले सरापेको भन्या हैन रै’छ । डा. गोविन्द केसीको अनसनमा गरेको सम्झौताको मसी सुक्न नपाउदै पर्धानमन्तरी प्रचण्डाउले झापाली आफ्ना एक जना हनुमानको मेडिकल कलेजलाई सम्बन्धन दिन चलखेल गरेछन् । झापाको ती हनुमानले बाल्वाटारै पुगेर गतिलै मालको आश्वासन प्रचण्डाउलाई दे’छन् । एकातिर माल आउने अर्कातिर आÏनै दलका हनुमान । यहाँभन्दा सुनौलो अवसर अरु के हुन सक्छ ? गोप्य ढंगले सम्बन्धन दिन लागेको सुइँको चिकित्सक संघका अध्येक्षेले थाहा पाइ हालेछन् । सम्बन्धन दिन प्रचण्डाउले दबाब दिनु भएको सचिवहरुले नै फुत्काई हाले । अनि फुइøयाँ बन्छ देश ? माल बजाउने हतारमा प्रचण्डाउले आफै यस्तो हर्कत गर्न थालेपछि अरु सुकेनाशको के गफ गर्नु ? कि कसो हौ ?
लोप्रियो
सत्तामा पुगेसी’ हाम्रा देशका मन्त्रीहरु कतिसम्म झुट बोल्द रा’न भन्ने गतिलो उदाहरण भएका छन् पराराष्ट्र मन्त्री नुवाकोटे महत । अस्तिका दिन उन्ले सात समुन्द्रपारि पुगेर फुइँ लगाएछन् नेपालले शान्तिपूर्ण तरिकाले द्वन्द्व समाधान गरेको छ । नेपालको शान्ति प्रक्रियाबाट संसारले नै सिक्न सक्छ रे । नेपालको बारेमा नशा नशाा छामेर बसेका विदेशीहरु त्यसबेला उल्टी आउन्ज्याल हाँसेछन् । किन नहासुन त ? कैयौ दिन देखि संसद चल्न सक्या छैन, सत्तामा बसेकाहरु बाहेक सबै आन्दोलनमा होमिएका छन्, भ्रष्टलाई कारबाही गर्न थालेपछि अख्तियारलार्ई पंगु बनाइएको छ, राज्येको ढुकुटी नेताको उपचारमा खर्च गरिदैछ, भुकम्प पीडितहरुलाई घर बनाइदिने भन्दै विदेशीसँग लिएको रकम भोज भतेरमा नेताहरुले खर्च गर्दैछन् भनेर कुनचाहिँ विदेशीलाई थाहा छैन र ? देशभित्र त झुट बोले बोले देश बाहिर पनि त्यसरी झुठो बोल्नु हुन्छ ? फेरि नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न सक्छ भनेर के भन्या होलान् ? अरु देशलाई पनि नेपालजस्तै बन है भन्या हो कि ? लौ है महत वा तिमी नै जान के भन्न खोज्या हो ?
गाउ“ पस्नुपर्छ रे
आफू सहरमा बसेर मस्ती मार्ने अनि युवाहरुलाई गाउँ जाऊ भनेर अर्ति दिने नेप्लिज काँग्रेसका तेस्रो लिंगी नेता
रामचन्द्रै बाजेको बोली सुन्दा घण्टाघरलाई उदेक लाग्या छ । बीपीको समाजवादी चिन्तनलाई साकार पार्न बाजेले अस्तिका दिन तरुण युवाहरुलाई गाउँ पसेर आउँदो निर्वाचनमा पार्टीलाई बहुमतले जिताउनुपर्छ भनेर अर्ति दिएछन् । अर्ति भन्या घतीृको पनि मान्नुपर्छ तर बाजेले गाउँको हालखबर भुत्लोभाङ्ग बुझ्या जस्तो छैन । भए भरका युवाहरु सबै प्रायः विदेशतिर हुइँकिसके , वृद्धवृद्धाहरु घरमा आङ्ग कन्याएर बस्या छन् । अनि कुनचाहिँ युवाले गाउँमा गएर संगठन गर्दिने ? फेरि आजकलका सहरमा बसेका युवाहरु गाउँ छिरे भने अर्को उत्पात मच्चाउँछन् । सहरका पर्दावाल होटलमा चिपिक्क भएर बसेकाहरु गाउँमा पनि यस्तै खोज्छन् । अनि भएन बात खलास ?
झालेमाले भेला रोकियो
निर्वाचन भएमा सबैभन्दा बढी सिट ल्याउने हावादारी गफ गर्दै आएको झालेमालेले विरगञ्जमा भेला गर्न समेत सकेन । ताइ न तुइँको खोक्रो राष्ट्रवादी कुरा गदै आएको झलेमालेले विरगञ्जमा सम्पूर्ण तयारी भइसकेको भेला किन
रोकेको होला भनेर घण्टाघरले यसो वाइनाकुलर सोझ्याएर हे¥या त मेरी बाँस्सै वात त अर्कै रै’छ । सविधान संसोधन गर्न संसददेखि सडकसम्म झालेमालेले अवरोध गरेपछि मधेशी मोर्चाले विरगञ्जमा मात्र हैन तराईका कुनैपनि जिल्लामा कार्जेक्रम गर्न प्रतिबन्ध लगाएछ । मेर्चाले प्रतिबन्ध लगाएसी’ झालेमाले व्याक सरेको
रै’छ, अरुमाथि निषेधको राजनीति गर्दै आफूलाई सुपर ठान्दै आएको झालेमाले खुम्चिदै जान थालेको छ । आगामी पर्धानमन्तरी खप्रओ भनेर भुक्ने झलेमालेका मिडियाहरु विरगञ्जमा कार्जेक्रम रोकिएकोमा चुँ सम्म बोल्या छैनन् ।
दौरा सुरुवाल गुन्यु चोली
अब राप्रपाबाट संसदमा हण्डी खान गएका राप्रपाका सासदहरुले पुरुष भए दौरासुरुवाल, महिला भए गुन्युचोली लगाएर जानुपर्ने भएको छ । राप्रापाले राम्रै निर्नय ग¥यो । अरुलाई गाली गरेर खुंखार राष्ट्रवादी भई पल्टिएका खप्रओ र टिपिक्क टाइसुट लगाएर लाइराछ भनेर भाषन ठोक्ने प्रचण्डाउले अब के गर्लान् ? संसदमा फेसन सो गर्ने स्थल बनाएका महिला सांसद र कुस्ती खेल्ने कभर्डहल बनाएका पुरुष सांसदहरुको यतिबेला राप्रपाको निर्नयले सातो उडाइ दिएका छ । अहिलेका गनतन्त्रवादी भन्दा पहिलाका राजतन्त्रवादी नै ठीक जस्तै पो देखियो । कमसेकम अब नेपालीहरुको पोसाकले ठाम पाउने त भयो । अर्थोक भाडमै गए पनि, लगेपछि राप्रपाले संसदमा राष्ट्रिय पोसाकको मानचाहिँ राखेकै मान्नुपर्छ ।
अन्तेमा
अखण्ड नेपालको माग गर्दै त्यसमा पनि पाँच नम्बर क्षेत्रलाई टुक्रा पार्न दिँदैनौं भन्दै गोडा पन्द्रेक दिनदेखि आन्दोलनमा होमिएकाहरु बीचमा रक्षामन्त्री बालकृष्ण खाड पुगेर तरक्क गोहीको आँशु झारेछन् । बूढानिलकण्ठे मुखियाका हनुमान खाँड काठमाण्डौमा छँदाचाहिँ ५ नं. प्रदेश टुक्रा बनाउनुपर्छ भनेर षडयन्त्रका तानावाना बुन्छन् अनि गृहे जिल्ला पुग्दाचाहिँ तरक्क आँशु झारेर बरु आफू मन्त्री पद छाडन तयार छु तर ५ नं. प्रदेश टुक्रा बनाउन दिन्नँ भनेर भाषन ठोक्छन् । यस्ता दुईजिबइ्रै मन्त्रीको मनसाय बुझी नसकनु भयो वा † बरुमन्त्री पद छाडेर त्यतैतिरको आन्दोलनमा होमिए भोलि फेरि चुनाउ जित्थे होलान् , नत्र उही हो गोलखाडी । कि कसो हौ ?

तपाईको प्रतिक्रिया