मृगौलापिडित खिनमाया लिम्बुलाइ सहयोग हस्तान्तरण

धरान ÷ दुबै मृगौला काम गर्न छोडेपछि जीवन मरणको दोसाधमा परेकी तेह्रथुमको फाक्चमारा गाविस–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुको उपचारको लागि उठाइएको रु.१० लाख ६७ हजार ५१ सहयोग पिडित को परिवारलाई हस्तान्तरण गरिएको छ ।
दुबै मृगौला काम गर्न छोडेपछि आर्थिक अवस्था कमजोर खिनमाया समस्यामा परेकी थिइन । उनको समस्या बुझेर धरान–१६ सुम्निमाचोक घर भइ हाल काठमाडौमा बस्दै आएका गायक तथा समाजसेवी प्रदीप थापाको पहलमा खिनमायाका लागि तेह्रथुम हङकङ सम्पर्क मञ्च बाट नौ लाख त्रियासी हजार ,छथरे समाज (धरान (१५ बाट उनन्तिस हजार एक सय छियानब्बे र युके, साउदी अरब लगायत बाट चौउन्न हजार आठसय पचपन्न आर्थिक संलकन गरेर सहयोग पठाएको हो । हङकङमा सम्पर्क मञ्चका अध्यक्ष देवेन्द्र खापुङ, खगेन्द्र हाङ तिगेला, राजु तिगेला र नेपालमा प्रदीप थापाको नेतृत्वमा संकलन गरिएको सहयोग २० मंसिरमा खिनमायालाई हस्तान्तरण गरिएको छ ।
बानेश्वरस्थित भेनस इन्टरनेसनल अस्पतालमा डायलासिस गरिरहेकी खिनमायाको केही दिनपछि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गरिने भएको छ । उनकी आमा भीमकुमारी लिम्बुले खिनमायालाई मृगौला दिन लागेको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया