अन्ततः नेपाल टेलिकम इटहरी जाने नै भयो

धरान÷मुलुक संघीय ढाँचामा जान लाग्दा एकताका पूर्वी पहाडको द्वार भनेर चिनिएको धरान भने सरकारी कार्यालय विहीन हुने भएको छ ।
पछिल्लो पटक यहाँका
राजनैतिक दल आफै सरकारी कार्यालय विस्थापनमा अनेकौ प्रलोभनले सहायक बन्न थालेपछि धरान सरकारी कार्यालयविहीन हुने अवस्थामा पुगेको हो ।
यसभन्दा अगाडि दर्जनौ
सरकारी कार्यालय धरानबाट विराटनगर, इटहरी, इनरुवा सरिसकेका छन् भने पछिल्लो पटक नेपाल टेलिकमको
धरान शाखा इटहरीमा गाभिने पक्का भएको छ । यसका लागि सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्की (राम) को निर्देशनमा नेपाल टेलिकम केन्द्रीय कार्यालयले औपचारिक रुपमा निर्णय नै गरिसकेको छ ।
नेपाल टेलिकम स्रोतले दिएको जानकारी अनुसार टेलिकमको केन्द्रीय कार्यालयले धरान शाखा इटहरीमा गाभ्ने निर्णय असोज १४ गते नै गरिसकेको छ । स्रोतका अनुसार निर्णयको प्रति धरान शाखामा प्राप्त हुनासाथ धरानबाट लेखा लगायत सबै इटहरीमा गाभिने छन् । अब धरानबाट टेलिकम जानबाट कसैले रोक्न सक्दैन एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा
भने । उनले भने यहाँका राजनैतिक दलहरुको केन्द्रमा पहुँचै देखिएन । पहुँच पुगेको भए निर्णय हनबाट रोक्न सक्थे । ती कर्मचारीले भने हामीलाई त केही छैन आज यहाँ छौ भोलि अर्को ठाउँमा हुन्छौं तर धेर्रै ग्राहकसंख्या रहेको जिल्लामै सबैभन्दा पुरानो कार्यालय धरानमै होस् भन्ने हाम्रो भित्री चाहना मात्र हो । टेलिकमको धरान शाखा विस्थापित गर्ने योजना भएपछि कार्यरत ४२ जना कर्मचारीमध्ये १३ जनाको अन्यत्र सरुवा भइसकेको पनि ती कर्मचारीले बताए । हाल धरान शाखामा २७ जना कर्मचारी रहेका छन् । इटहरीमा गाभिनासाथ धरानमा एउटा कलेक्सन काउन्टरमात्र रहने छ ।
धरानका नेताहरु केन्द्रका नेताहरुसँग बसेर फोटो खिचि फेसबुकमा हाल्ने हैसियतका मात्र छन् । त्यसैमा आफूलाई सफल भएको ठान्छन् । पार्टी निकट रहेका अर्का एक कर्मचारीले आक्रोस व्यक्त गर्र्दै भने । उनीहरु
धरानमा उफ्रने मात्र हुन हैसियत केही देखिएन । नेपाल टेलिकममात्र हैन आन्तरिक राजस्व कार्यालय समेत चाँडै इटहरी सर्ने भएको छ । यसका निम्ति उसले इटहरी वडा नं. ८ मा १० कट्ठा क्षेत्रफल भएको जग्गामा सुविधासम्पन्न भवन समेत निर्माण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया