समाजसेवी रेम रोक्काको निधन

धरान÷राजनैतिककर्मी एवम् समाजसेवी रेम रोक्काको असामयिक निधन भएको छ ।
एमाले सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय कमिटी सदस्य, गोरखा फण्ड फर चाइल्डका अध्यक्ष, सहीद स्मृति माविका व्यवस्थापन समितिका पूर्व सदस्य, नागरिक वडा मञ्च वडा नं. १५ बाझगरका उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी बाँझगरा उपशाखाका सदस्य, नेपाल वन पैदावर उद्योग व्यवसायी संघ सुनसरीका पूर्व अध्यक्ष, विशालपथ सडक निर्माण समितिका अध्यक्ष लगायत रोक्का दर्जनौ सामाजिक संघ संस्थामा
संलग्न हुनुहुन्थ्यो ।
केही समय यता सामान्य रुघा खोकी लागेर औषधी उपचार गराइरहनु भएका रोक्कालाई परिवारले थप उपचारका लागि काठमाण्डौ लैजाने क्रमम ६२ बर्षीय
रोक्का प्लेन चढने बेलामा अचानक लड्नु भएको थियो । तत्काल उहाँलाई काठमाण्डौ नलगी नोभेल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । अत्यन्तै भद्र, सबैसँग घुलमिल हुन सक्ने रोक्काका १ छोरा, २ छोरी र श्रीमति हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया