अनाथको सहयोगका लागि सांगितिक कार्यक्रमको आयोजना गर्ने

धरान/ युवाहरुको सक्रिय संस्था इनभिजिवल हेण्डसले सांगितिक कार्यक्रमको आयोजनाबाट उठेको रकम धरान ४ स्थित रहेको अपाग तथा असाहाय केन्दको भैतिक संरचना निर्माण गरिदिने भएको
छ ।
पुन:स्थापना गृहमा संरक्षित शारिरिक फरक क्षमता भएका बालबालिकाका लागि सुत्ने बस्ने कोठा जीर्ण बन्दै गएपछि त्यसको मर्मत संभारका लागि ईनभिजिवल हेण्डर्सले सांगीतिक कार्यक्रममा गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
हाल बस्दै आएको उनीहरुको कोठा जीर्ण बन्दै गएकोले २ वटा कोठा मर्मत सम्भारका लागि लाग्ने १ लाख रुपैंया सस्थाकै नामबाट व्यहोर्ने ईनभिजिवल हेण्डर्सका बिकेन ल्वागुनले बताउनुभयो । यसका लागि भदौ २९ गते धरान ८ सभागृहमा म्युजिकल मोमेन्ट फर च्यारिटी नामक सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको ल्वागुनले जानकारी दिनुभयो । सांगीतिक कार्यक्रममा एपी शेर्पा, रुपक डोटेल, नबराज बस्नेत, बिकेन ल्वागुन, साना महर्जन, आयुब के.सी, करुणा कार्की, महेन्द्र राईसंगै गरिमा डान्स सेन्टरको समेत प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । ईनभिजिवल हेण्डर्समा विकेन ल्वागुनसहित प्रेम क्षत्री, प्रेम
बराइली र आशिष श्रेष्ठ समेत आवद्ध छन । समाजका असहाय, गरीब दुखीहरुकालाई सहयोग गने मुख्य लक्ष्यसहित सस्थाको शुरुवात
गरिएको विकेन ल्वागुनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया