घण्टाघरबाट हेर्दा

फेरि जन्मिछ
नेपालमा फेरि एउटा पार्टीको जन्म भएछ । किन नजन्मियोस् त ? नेपालमा राजनैतिक पार्टी खोल्नु भनेको बिना लगानीको उद्योग खोल्नु जस्तै हो । न राजनैतिक पार्टी खोल्न लगानी गर्नुपर्‍यो, न मजदुर पाल्ने टाउको दुखाई, न राज्यलाई कर तिर्नुपर्ने झन्झट । हाइसञ्चो ढंगले रातारात ग्याम्म–ग्याम्म कमाई हुने भनेकै राजनैतिक उद्योग हो । यही कुरा बुभेर हालै निर्वाचन आयोगबाट पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी भर्खर दर्ता हुन भ्याएछ । पार्टीका हर्ताकर्ता स्वााठहरुचाहिा प्रहरी, निजामति सेवाबाट अवकाश पाएका, कठालो समातेर गलहत्याइ दिएकाहरु नै
रहेछन् । हिजो पदमा हुादा पनि सबै हातले माल सोहोरेकाहरु फेरि अब
राजनैतिक खास्टो ओढेर सोहोर्न जुर्मराएका छन् । अस्तिका दिन त उनेरले इटहरीमा एउटा भेलाको आयोजना गरेछन् । जिल्लाको अध्यक्ष सदस्यहरु पनि यसो बनाइ टोपलेछन । ठग उपहास बस्दैन भन्थे हो रै’छ ।
सांसद बेपत्ता
अस्तिका दिन सांसद भवन भित्रैबाट सांसदहरु बेपत्ता भएछन् । ६०१ स्वााठहरुलाई जन्ताले पाल्दा पाल्दा हैरान भएको बेला सांसद बेपत्ता भए भन्ने खबर सुन्दा नेपाली जन्ता कम्ता हर्ष विभोर भएका थिएनन् । तर जन्ताको खुशी धेरैबेर टिक्न सकेन । एउटा एनजिओले भक्कु माल दिने भएपछि उनीहरु संसद भवनलाई पिाध देखाएर दौडिएका रहेछन् । सांसदमा हाजिर
गरेर एजिनओको कार्जेक्रममा उनीहरु दौडिएका रहेछन् । एनडिआइ भन्ने एनजिओ निक्कै मालवालै रहेछ । शुरु शुरु संसद भवन भित्रैबाट लगेर २ सय ४० जना सांसदलाई हरियो घाास देखाएर लिएर गएछ । यता संसदबाट पनि भत्ता डकर्ने अनि उता एजिओबाट पनि माल पड्काउने क्या गजबको जागिर । कमाउन त सांसद नै बन्नुपर्ने रै’छ । अरुबेला संसद भवन छिर्न पास, परिचयपत्र, तीनपुस्ते सोधेर हैरान बनाउने कर्मचारीहरु सांसद बेपत्ता हुादा सुंगुरले झौ जुन हेरेर बसेझै बसेका थिए कि क्या हो ? नेपालमा अरु त यस्तै हो सांसद महिमा पनि बुझिनसक्नु भयो ।
चामल फिर्ता
कर्णालीबासीले पर्धामन्तरी पुष्पकमल दाहाललाई २० केजी दरका पोकाका पोका चामल उपहार पठाइदिन थाल्या छन् रे । अब दहालाई चामलको टेन्सिनचाहिा नहुने भयो । दाहालको त सााच्चिकै सुदिन फिरे जस्तो छ गाठे । अब भएछ के भने दाहालले कर्णालीमा कोही मान्छे मर्दा, जन्मदा २०/२० केजी चामल दिने भनेर अस्तिका दिन घोषण गरे । त्यतिका चामल पाउदा कर्णालीका जन्ता दंग होलान भनेर प्रचण्डाउ गम खाएर वाल्वटारमा उत्तानोटाङ लगाएर बसिरा’थे । तर धमाधम उतैबाट चामल उपहार आउन थालेपछि विचराको पहिलो गाासमै ढुंगा लागेको छ । हुन दाहाल बाजेले अलि ज्यादै गर्‍या हुन् । मर्दा र जन्मदामात्र कर्णालीबासीले चामल पाउने ? यो त अलि हजम भएन । यो चाहिा अति नै हेपाई हो । खैर केही छैन त्यति बोल्दा आफ्नैतिर चामल आउन थालेसी’ दाहाल बाजेचाहिा दंगै होलनन । कि कसो हौ ?
प्रहरी मेरो साथी
हिजोआज प्रहरीले सडकमै प्रहरी मेरो साथी भनेर नाटक मञ्चन गर्न थाल्या छ । पहिला–पहिला मुस्कानसहितको पुलिसको नाटक सिद्धिएर अर्को नाटकको शुरुवात भएको रे । मुस्कान सहितको पुलिस नाकटपूर्ण रुपमा असफल भएपछि अर्को श्रृंखला शुरु गरेको हो कि क्या हो ? सबै कुरा अरुबाटै दान लिने बानी परेको पुलिसको दोस्रो चरणको नाटकले पनि हावा खाला खाला जस्तो छ । जाबो एउटा स्टिकर छाप्न त हिसान, प्याब्सन एन व्याब्सनसाग दान लिएपछि फुइय्याा प्रहरी मेरो साथी हुन्छ ? अक्टोपस जस्तै चौतर्फी माल ओसार्ने बानी परेको प्रहरी कस्ले आफ्नो साथी मान्ला र ? बुहारी आज घरमा पाउना आएका छन् होस गरेस है भन्दा ठ्याास्स–ठ्यास्स अपानवायु छोड्ने जस्तै हुन प्रहरी । स्टिकरमा प्रहरी मेरो साथी भनेर भन्दैमा फुइय्यााको साथी हुन्छन् ? कि कसो है ?
सहयोग नगर्ने रे
राप्रपा नेपालका अध्येक्षे कमलाउले भन्या सरकारको संविधान संसोधनको प्रस्तावमा सहयोग नगर्ने रे । कमलाउको कुरा सुन्दा घण्टाघरलाई कुरी कुरी लागेर आयो । कमलाउले सहयोग नगर्दा संविधान ससोधन नै हुादैन कि क्या हो ? छोटी मुह बढी बात भनेको यही हो । समानुपातिकबाट गोडा २६ सेक सिट के ल्याएका छन् कमलाउको सनक सानो छैन । सविधान संसोधन भन्दा पनि कमलाउलाई आफनो छादाखाादाको मन्त्री पद चैत भएकोमा कन्सिरी जलेको छ । काागेस र माउवादीले छादाखादाको मन्त्रीबाट मुन्ट्याएर सडकमा पुर्‍याएसी कमलाउको दिमागले कामै
गरेको छैन । अब फेरि मन्त्री पाइएला जस्तो साह्रै छैन । अनि कस्लाई जंग चल्दैन ? अरु भए त बहुलाउथे, कमलाउले त सहयोग नगर्ने मात्र भन्या छन् । कि कसो हौ कमलाउ ?
बहुलाएकी क्या हो ?
नेपालका नेता सत्तामा बस्न पाए ठीक नत्र बहुलाउने रै’छन् । सत्ताबाट हाटेपछि के बोल्दैछु भन्ने ज्ञान र सुद्धि पनि नहुादो रै’छ । अब हेरौ न त्यो झालेमाले पार्टीलाई । सत्ताबाट हाटेको एक महिना भा’छैन पुराना सम्झौता सबै कार्यान्वयन गर भनेर उफ्रन थाल्या छन् । अस्तिका दिन झालेमालेको स्थायी समितिको बैठमा त्यसका नेताहरुले पर्धानमन्तरी पुष्पकमल दाहाललाई पुरानो सम्झौता सबै कार्यान्वयन गर भनेर चेतावनी नै दे’छन् । अब परेन फसाद पुराना सम्झैता कार्यान्वयन गर्दा राजा फर्काउनु पर्‍यो, ०४७ सालको संविधान फेरि लागू गर्नुपर्‍यो, हिन्दु राष्ट्र कायम गर्नुपर्‍यो । परेन फसाद ? सबै कुरा चाहिएको थियो भने सबै कुरा नयाा चाहियो भनेर किन हिजो सडकमा उफ्रिएको ? अब झालेमालेलाई कसरी सद्धे भन्ने ? घण्टाघरलाई त शंका लाग्न थाल्या छ राप्रपाका अध्येक्षे कमलाउको ठाउा झालेमालेले ओगट्न खोज्या पो हो
कि ?
बाँधिएर जान्न रे
खान पायो भन्दैमा क्वाप्प नखानु बस्न पायो भन्दैमा थ्याच्च नबस्नु भन्ने नेपाली उखान यतिबेला ९ महिने पर्धानमन्तरी प्रचण्डाउको हाउभाउसाग ठ्याक्कै मेल खाएको छ । भारत भ्रमणमा जान पर्धानमन्तरी भए देखि नै दुवै खुट्टा उचालेर बसेका प्रचण्डाउले अस्तिका दिन भन्या दुवै हात खुट्टा बााधिएर भारत भ्रमणमा जाादिना । हैन हौ प्रचण्डाउले कस्लाई घुर्की लगाएका हुन हा ? कस्ले यीनलाई हात खुट्टा बााधेर भारत पठाउादैछ ? गााठी कुरा के हो खुलस्त भन्नु पर्‍यो नि । मनका वह कसैलाई नकह जस्तो त गर्नु भएन नि ? जथाभावि बोलेर थुतुनो दुखाउनु भन्दा हात खुट्टा फालेर भारत पुगेर आउादा सक्किगो नि । जथाभावि बोले
जोरीपारि किन हासाउनु ?
अन्तेमा
राप्रपा नेपालका अध्यक्ष कमलाउ हिजो आज ज्यादै बक बक गर्न थाल्या छन् । वर्तमान सरकारले भूपू सरकारले भारतको राजदूतबाट फिर्ता बालाएका दिपकुमार उपाध्यायलई फेरि पठाउने निर्नय गरेपछि कमलाउको बकबक अलि ज्यादै हुन थाल्या हो । प्रचण्डाउको भ्रमण अगडि निधि, महत भारत भ्रमणमा दूतको रुपम गएको पनि कमलाउलाई मन परेकै र’ैनछ । हिजो खप्रओ पर्धानमन्तरी हुादा महिनामा चारपटक सम्म दूत बनेर आफू गएको चाहिा कमलाउले भुसुक्कै बिर्सेछन् । अर्काको आङको जुम्रा देख्ने आफ्नो आङकोचाहिा भैसी पनि नदेख्ने भन्या यही हो ।

तपाईको प्रतिक्रिया