प्रतिष्ठानमा मासिक २ हजार दिइने

धरान/शिक्षा प्रेमी एवम् समाजसेवी प्रो इन्द्रपसाद श्रेष्ठले धरान वडा नं. १६ बस्दै आएकी एक छात्रालाई अनमी अध्ययनका लागि मासिक दुई हजार रुपैया दिने घोषणा गर्नुभएका छ । आर्थिक अभावका कारण कोहीपनि शिक्षाबाट बञ्चित नहोउन भन्ने उद्देश्यकले प्रो. श्रेष्ठले आफ्नै मातापिताको नाममा लोकलक्ष्मी स्मृति प्रतिष्ठान गठन गरी धरान लगायत पूर्वाञ्चलका विभिन्न शिक्षण संस्थाहरुलाई केही बर्ष यता सहयोग पुर्‍याउदै आउनु भएको छ ।
धरानका अधिकांश सामुदायिक विद्यालयहरुमा उहााले लोकलक्ष्मी जेहेन्दार छात्रवृत्ति कोष नै गठन गरिदिनुभएको छ ।
सोही छात्रवृत्ति कोषबाट आर्जित व्याजबाट अध्ययनरत जेहेन्दार तथा गरिब विद्यार्थीहरुलाई बार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिदै आएको छ । लोकलक्ष्मी जेहेन्दार छात्रवृत्ति कोषलाई हाल प्रतिष्ठान बनाउनु भएका श्रेष्ठले अस्थायीरुपमा धरान १६ बस्दै आएकी उर्मिला गौतमलाई अनमी अध्ययनका लागि १८ महिनासम्म मासिक २ हजार दिने निर्णय गर्नुभएको छ । आमा बाबु नभएकी नुवाकोटक पुर्खौली घर भएकी गौतम हाल आफन्तकोमा बस्दै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया