धरान/नेपल यातायात संयुक्त मजदुर संघको केन्द्रीय अध्यक्षतामा गोशप्रसाद भण्डारी चयन हुनुभएको छ ।
नेपाल यातायात मजदुर संघ ट्रेड युनियन ऐन २०४९ पहिलो संसोधन २०५५अनुसार श्रावण १७ गते सोमबार श्रम तथा यातायात व्यवस्था तथा श्रम विभागबाट नेपाल यातायात मजदुर संघ दर्ता गराई ट्रेड युनियन नियमावली २०५० को नियम ट्रेड युनियनको केन्द्रीय कार्यालय धरान
सुनसरीमा राखिएको छ ।
संघको अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा बलबहादुर गुरुङ्ग, उपाध्यक्षमा बीरबल चेम्जोङ्ग, किशन शाक्य, हिमाल राई, श्रीमति सीता थापा, महासचिवमा अमृत भुजेल, सचिवमा उदय श्रेष्ठ, बलबहादुर कालिकोटे, रामप्रसाद साह, कोषाध्यक्षमा मोहन कर्ण लिम्बु, सदस्यमा ओम नारायण श्रेष्ठ, जनक लिम्बु, मिनकुमार लिम्बु, ओजाहाङ्ग लिम्बु,सुमन भण्डारी, राजेश गुरुङ्ग कृष्णप्रसाद काफ्ले, चन्द्र बुढाथोकी, सूर्यनाथ भण्डारी र राजेश मोक्तान रहनु भएको छ ।
