धरान/सवै भन्दा सस्तो तथा सवै सामान एकै स्थानमा पाइने भन्दै प्रचार प्रसार गरिहने डिपार्टमेन्टल स्टोरहरुमा म्याद गुज्रिएका तथा खान अयोग्य सामाग्रीहरु बिक्री हुने गरेको पाइएको छ । धरानमा रहेको भाटभटेनि सुपर मार्केट मा म्याद गुज्रिएका तथा खान अयोग्य सामाग्रीहरु बिक्रि गर्ने गरेको खुलासा भएको छ भने धरानमा निकै चर्चित बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि अन्तर्गत रहेको डिपार्टमेन्टले भने आफ्नो गोदामनै नरहेको भन्दै अनुगमन टोलीलाई फर्कादिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अगुवाईमा जिल्ला अनुगमन समिति सुनसरीले गरेको आइतबार र सोमबार गरेको अनुगमनका क्रममा धरान १० को भाटभाटेनीको गोदाममा शिल गरिएको छ भने बराह ज्वेलरी इण्डिष्टिज प्रा.लि.मा गोदाम नै नभएको भन्दै अनुगमन समितिमा अनुगमन नगरी फर्किएको छ । भाटभाटेनीले म्याद गुज्रिएका सामाग्री र म्याद नसकिएको सामाग्री एकै स्थानमा राखेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशाकीय अधिकृत केशव खतिवडाले गोदाममा ताला लगाउनुभएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, पशुसेवा कार्यालय, क्षेत्रीय कृषि विकास कार्यालय, नापतोल क्षेत्रीय कार्यालय विराटनगर, खाद्यान्न प्राविधि कार्यालय विराटनगर, धरान उपमहानगरपालिका कार्यालयको टोलीले गरेको अनुगमनका क्रममा म्याद गुज्रिएको विस्कुट,पिय पदार्थ र कुहिएको फर्चुन आटाको पिठो समेत भेटिएकोले भाटभाटेनीमा तालाबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले जानकारी दिनुभयो ।
प्रशासनले कारबाहीका लागि चाडै प्रक्रिया अगाडि बढाइने र त्यतिन्जेलका लागि ताला शिलबन्दी रहने उहाले जानकारी दिनुभयो । एउटै सामानमा फरक फरक मूल्य राखेर उपभोक्तालाई ठगि गरिरहेको आरोप लाग्दै आएको बराहमा अनुगमनको लागी पुगेको टोलीलाई त्यहा रहेका कर्मचारीले आफ्नो गोदाम नै
नरहेको भन्दै फर्काइदिएको थियो । तर वराहका धरान शाखाका प्रमुख प्रशासकिय अधिकृत गंगा कालिकोटेले भने धरान ६ स्थित आफ्नो डिपाटमेन्ट स्टोर नजिकै गोदाम रहेको वताएका छन् । तर अनुगमन गर्दा म्याद गुज्रीएका सामान भेटिने तथा मुल्य सुचि नभएका र एउटै सामनामा फरक फरक मुल्य लगाएका सामान भेटिने डरले टोलीलाई गोदाम नभएको भन्दै फर्काइएको बराहका एक कर्मचारीले जानकारी दिए । अनुमन टोलीमा रहेका खाद्य निरिक्षक रमेश दाहाले वराहका सञ्चालले नै आफ्नो गोदाम छैन भनेको वताए । उनले गोदाम भेटिए कारबाही गरिने समेत वताएका छन् ।
यस्तै अनुगमनका क्रममा धरानमा
रहेका अधिकांश पसलहरुमा समेत म्याद गुज्रिएका सामाग्रीहरु फेला परेको हो । अनुगमनकै क्रममा गंगोत्री डेरीमा डिजिटल तराजु दर्ता बिना नै सञ्चालनमा ल्याइएकोले नापतौल क्षेत्रीय कार्यालयमा तीन दिन दर्ता गर्न विभागले निर्देशन समेत दिएको छ । लक्ष्मी विस्कुट फ्याक्टी धरानमा समेत अनुगमनका क्रममा फ्याक्टूी फोहोर भएको पाइएको थियो भने बदाम विस्कुट बनाउदा प्रयोग गरिने बदाम फ्लेबर दुई बर्ष अगाडि नै म्याद गुज्रिएको पाइएपछि अनुगमनकर्ताले चेतावनीसहित फ्याक्टीलाई सफा राखेर सञ्चालन गर्न निर्देशन दिएको थियो । चाडपर्व नजिकिदै जादा कालोबजारी बढ्ने भएकोले पनि अनुगमनलाई तिब्रता दिएको खाद्य अधिकृत रमेश दहालले जानकारी दिनुभयो ।
यसैबीच अनुगमनको टोलीले भाटभाटेनीमा भेटिएको म्याद गुज्रिएको सामाग्री नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाको नेतृत्वमा गएको टोलीले हिजो अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका सामाग्रहरु नष्ट गरिएको हो ।
अनुगमनका क्रममा भाटभाटेनीबाट १ लिटरको बतोलमा रहेको फेन्टा ४ वटा, अढाइ लिटरको ४ वटा र आधा लिटरको १ वटा, १८ बोटल ५ सय एमएमलका स्प्राइट, ५ सय एमएलका २० वटा, एक लिटरका १० र २ सय ५० एमएलका ३ वटा कोकाकोलामा म्याद गुज्रिएको पाइएको थियो । यस्तै५ सय एमएलका ४३ वटा सोडा पानी, ५ सय एमएलकै २६, २ सय ५० एमएलको बोतलम रहेको पेप्सी ९ वटा फेला पर्नुका सौ विभिन्न व्राण्डका २ सय २४ पिस चकलेट समेत भेटिएको थियो ।
म्याद गुज्रिएका र म्याद गुजिएका सामाग्री एकै ठाउ राख्न नपाइने भएपनि भाटभाटेनीले अनुगमनका क्रममा दुवै एकै गोदामा राखेको पाइएकोले हिजो शिलबन्दी गरी आज नष्ट गरिएको प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिनुभयो ।
सर्वसाधारणले भने अनुगमनलाई मौसमी नबनाई निरन्तता दिनुपर्नेमा सर्वसाधारणले जोड दिएक छन् । चाडपर्वको सममयमा व्यापारीहरुले कृत्रिम अभावको सिर्जना गरेर उपभोक्तालाई बढी दु:ख दिने गरेको भन्दै अनुगमनलाई नियमित र प्रभावकारी बनाउन माग गरेका छन् ।
