धरान/भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा भारतीय भूतपूर्व सैनिक संघ तेह्रथुम म्याङलुङलाई एक थान एम्बुलेन्स प्रदान गरिने भएको छ ।
नेपाल स्थित भारतीय राजदुतावासमा आयोजित ७० औं स्वतन्त्रता दिवस
समारोहमा संघलाई एम्बुलेन्स प्रदान गरिने तेह्रथुमस्थित भारतीय डिष्ट्रिक सोल्जर बोर्डले जनाएको छ ।
भारतीय भूतपूर्व सैनिक, अर्धसैनिक, असम राइफल्स, केन्द्र सरकार र राज्य
सरकारका पूर्व कर्मचारीहरुको अत्याधिक बसोबास रहेको तेह्रथुममा प्रदान गरिने एम्बुलेन्सबाट सो क्षेत्रका स्थानीयहरु लाभान्वित हुने संघका सचिव सुवेदार मेजर नरबहादुर थापाले जानकारी दिनुभयो । उहााका अनुसार तेह्रथुममा केही संघ संस्थाले एम्बुलेन्स सञ्चालन गर्दै आएतापनि त्यसले जिल्लाबासीमा आवश्यक सुविधा पुर्याउन सकेका छैनन् । नगन्य रुपमा सञ्चालित त्यस्ता एम्बुलेन्सले सुविधा पुर्याउनै सकेका छैनन् । भारतीय दुवतासले एम्बुलेन्स प्रदान गर्ने निर्णय गरेपछि एम्बुलेन्स लिनका लागि संघका पदाधिकारीहरु राजधानी पुगिसकेको सुवोर मेजर थापाले बताउनुभयो ।
भारतले प्रत्येक बर्ष आफ्नो स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा विभिन्न सामाजिक संघ सस्था, अस्पतालहरुलाई एम्बुलेन्स र शिक्षण संस्थाहरुलाई स्कुल बस प्रदान गर्दै आएको छ ।
