धरान/महेन्द्र वहुमुखी क्याम्पस धरानका सह–प्राध्यापक हरिप्रसाद दाहालले नेपाल–भारत बीचको मैत्री सम्बन्ध दुई लाइन लेखेर, बोलेर, समान्य छलफल गरेर व्याख्खा गर्न नसकिने बताउनुभएको छ ।
सह–प्राध्यापक दाहालले उक्त कुरा नेपाल भारत मैत्री संघ सुनसरी धरानद्वारा मित्रराष्ट्र भारतको ७० औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा यहाा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बताउनुभएको हो ।
उहााले भन्नुभयो, दुई देशबीचको सम्बन्ध इतिहासदेखि अहिलेसम्म प्रगाढ छ । राजनैतिक रुपमा यदाकदा साना तिना मनमुटाव देखिए पनि जनस्तरको सम्बन्धमा कहिल्यै विचलन नआएको र सम्बन्धको
प्रारम्भ र अन्त्य समेत नरहेको बताउनुभयो । उहााले नेपाल भारत सम्बन्ध विगतदेखि वर्तमानसम्म कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो, दुई देश सार्वभौम सत्ता सम्पन्न छन् । संसारकै सबैभन्दा पुरानो सम्बन्ध भएका मुलुक हुन् । दुई देशबीचको सम्बन्ध पुराणकाल, इतिहास काल र वर्तमानसम्म आइपुग्दा सदैव जीवन्त रहनु सबैभन्दा ठूलो कुरा हो । उहााले भन्नुभयो सन् १९४७ अगस्त १५ मा भारत स्वतन्त्र हुादा त्यसबेला नेपालीहरु अत्यन्तै खुशी भएका थिए । त्यसको प्रमुख कारण थियो १ सय ४ बर्षसम्मको राणा शासन समाप्त गर्न
भारतले सहयोग गर्छ । प्रष्ट रुपमा भन्नुपर्दा नेपाल र भारतबीचमा बहुआयामिक सम्बन्ध छ । सह–प्राध्यापक दाहालको कार्यपत्रमाथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले टिप्पणी गर्नुभयो । घिमिरेले भन्नुभयो, इतिहास कालखण्डमा भएका सन्धी सम्झौता परिमार्जन गर्नुपर्छ ।
अर्का प्राध्यापक डा. अर्जुन बरालले भारतको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरु नेपालको अर्थतन्त्र प्रभाव शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विराटनगरस्थित स्नात्तकोत्तर कलेजका प्राध्यापक समेत रहनु भएका बरालले भन्नुभयो, नेपालमा सबैभन्दा बढी लगानी आउने देश नै भारत हो । सन् २०१५ सम्ममा ५ सय ८८ वटा आयेजनामा भारतले लगानी गरिसकेको र त्यसबाट ६३ हजार ४ सय ४० जनाले रोगारी समेत पएको बताउनुभयो । भारत नेपाल भन्दा २२ गुणा र ४५ गुणा बढी जनसंख्या भएको र ६ सय गुणा ठूलो अर्थतन्त्र भएको देश हो । संसारमै भारत छैठौ महाशक्ति राष्ट्रको रुपमा उदाइसकेको छ भने आर्थिक बृद्धिदर डबल डिजिट छ । नेपालमा भारतको सहयोग सन् १९५१ देखि शुरु भएको र स्वास्थ्य, खानेपानी, शिक्षा, तालिम, जलविद्युत आयोजनाहरुमा हालसम्म खरबौ लगानी गरिसकेको बताउनुभयो । उहााले भन्नुभयो हालसम्म ४ सय ७४ साना आयोजना, ३६ ठूला आयोजना सम्पन्न भइसकेका छन् भने केयौ आयोजनाहरु निर्माणधीन र निर्माण सम्पन्न हुने क्रममा रहेका छन् । डा. बरालको कार्यपत्रमाथि उद्योगी एवम् अर्थविद् कृष्णकुमार अगवालले टिप्पणी गर्नुभएको थियो । उहााले भन्नुभयो, नेपालमा भारतको सहयोग सह्रानिय छ । भारत नेपालको निकटतम छिमेकी मुलुक मात्र नभएर नेपालको अर्थक्षेत्रमा समेत ठूलो महत्व राख्दछ ।
सुनसरी क्षेत्र नं. १ का सभासद कृष्णकुमार राईको प्रमुख आतिथ्य र नेपाल भारत मैत्री संघ सुनसरी धरानका अध्यक्ष मुकुल कायस्थको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा महेन्द्र वहुमुखी क्यामपस धरानका पूर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्की, कमल पोख्रेल, सह प्राध्यापक आनन्द आचार्य लगायतले समेत आÏना धारणा राख्नुभएको थियो ।
