प्रत्येक बर्ष बोलबम भक्तजनहरुको संख्यामा वृद्धि हुँदै

धरान/ पुर्वको सुन्दर नगरी धरान साउन महिनाको प्रत्येक सोमबार गेरु वस्त्र मय बन्ने गरेको छ । साउन महिनाको पहिलो सोमवारदेखी नै धरानमा गेरु वस्त्रलगाउने हरुको घुइचो लागेको हो । पुर्वाञ्चलकै प्रमुख धार्मीक पर्यटकीय स्थल सुनसरीको धरान स्थित विजयपुरको पिण्डेश्वर बाबाधाममा चौथो सोमबार श्रद्धालु भक्तजनको भिड एकाएक बढेको छ । विगत ३५ बर्ष अगाडिदेखि सुनसरीको चतराको कोशीको जल खाली खुट्टा बोकेर धरान १४ स्थित रहेको पिण्डेश्वर बाबाधाममाल्याई चढाउनेको संख्यामा प्रत्येक वर्ष वृद्धिहुने गरेको छ ।
२०३९ सालमा धराका ५ जना व्यापारीले शुरु गरेको वोलबममा अहिले देश तथा विदेशका भक्तजनको घुइचो लागेको छ । खासगरी प्रत्येक आइतबार धर्मालम्बीले गेरु वस्त्र धारण गरी खालीखुट्टा गेरुवत्र लगाएर सुनसरीको चतरावाट १६ किलो मिटर पैदलयात्रा गरेर सप्तकोशीवाट जल ल्याएर पिण्डेश्वर बाबाधाममा रहेको वावाधाममा जल चढाउने भक्तजनहरु को विहानै देखी नै भिड लाग्ने गरेको छ । पिण्डेश्वर बाबाधामममा रहेको शिवलिंगमा चढाए आफूले सोचेको मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेकै कारण साउनको सोमबार कोैशीकी नदी अर्थात सप्तकोशी नदिको जलल्याएर चढाउने परंम्परा छ । पहेलो वस्त्र अर्थात गेरु वस्त्र धारण गरी सप्तकोशी नदिको जलल्याएर पिण्डेश्वर वावाको मन्दिरमा चढाउदा मनोकांक्षा
पुरा हुन्छ भन्ने विश्वास छ । त्यसैले साउनमहिना भर भगवानशिवको
आराधाना गरी जल चढाएमा मनोकामना पुरा हुने विश्वासकाकारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउ लगायत भारतको विहार, पश्चिमवंगाल , दार्जिलिङ, खर्साङ, सिक्किमलगायतका स्थानवाट भत्तजनहरु आउने गरेको पिन्डेश्वर वावाधाम समितिले जनाएको छ । मनोकामना सगै यो बर्ष भने भक्तजनहरुले विगतदेखि नै प्रत्येक बर्ष बोलबममाआउने बताउदै यसपटक परिवारको सुख सुविधासंगै देशमादिगो संविधाननिर्माण होस् भन्ने चाहेका छन् ।
जस्तोसुकै कष्ट सहेर पनि बोलबममा जाने भक्तजनहरु चतरा देखी पिण्डेश्वर सम्म पुगेर जल चढाउने गर्दछन् । बर्षातको समयमा होस् या टन्टलापुर घाम लागेर गर्मीले उकुसमुकुस भएको समय होस् त्यसको प्रवाह नगरी बराहक्षेत्र गाविसमा रहको कौशिकी नदीबाट जल ल्याई खाली खुट्टा गेरु वस्त्रमा १७ किमी पैदल यात्रा तय गरेर धरान १४ स्थित रहेको पिण्डेवर बाबाधाममा रहेको शिवालयमा पानी चढाउने गरेका छन् । भगवान शिवले समुद्र मन्थन गरेर निस्किएको अमृतको भाडामा रहेका छोक्रा जम्मा गरेर भगवान विष्णुले चार रण्य मध्येको एक धरानको रुद्राक्षरण्यमा वनाएको पिण्ड नै धरानको यो विजयपुर रुद्रक्षमय पिण्डेश्वर वावाधाम हो भन्ने विश्वास हिन्दु धर्मग्रन्थमा उल्लेख छ ।
त्यसैले पनि यो विण्डेश्वर वावाधाम प्रति हिन्दुधर्मावलम्वीहरुमा ठुलो विश्वास छ । त्यसैले सुनसरीको चतरा नजिकैको सप्तकोशी नदीवाट खाली खुटटा पैदल हिडेर यहा साउनमहिनाको सोमवार सोमवार जल चढाउनेहरुको ओईरो लाग्ने
गर्दछ ।
धरानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित गराउन र भक्तजनहरुलाई सहज होस् भन्ने उद्देश्यले प्रत्येक बर्ष पिण्डेश्वर बाबाधाम समितिले सुरक्षा, भक्तजनहरुको लाइन व्यवस्थित, खानेपानीको सहज आपूर्ति, शौचालयको व्यवस्था लगायतका सुविधा दिएको बताउने गरेपनि भक्तजनहरु भने विगतमा भन्दा केही फरक नभएको बताउने गरेका छन् । उनीहरुले चतराबाट आउने क्रममा जंगलमा सुरक्षा नहुने र अत्यन्तै कष्ट सहेर पिण्ड्रेश्वर मन्दिरमा आइपुगे पनि जल चढाउन घण्टौ लाइनमा बस्नुपर्ने, शौचालय भएपनि पर्याप्त नभएको,
राति आउने भक्तजनहरुलाई बस्ने सुविधा नभएको लगायतका गुनासो भक्तजनहरुले गरेका छन् । त्यतिमात्र होइन त्यहा खटिएका स्वयम्सेवकले १२ घण्टाभन्दा बढी लाइनमा बसेका भक्तजनहरुलाई वेवास्ता गरी नजिकको मान्छे भने लाइनमा बस्नुपर्ने लगायतका गुनासो गरेका छन् ।
उनीहरुले विरामी, वृद्धा, बालबालिकालाई पहिलो प्राथमिकता दिएर मन्दिर प्रवेश गराउनुपर्ने भएपनि अशक्तहरु समेत लाइनमा घण्टौ बस्नुपरेको बताएका छन् ।
यता पिण्डेश्वर बाबाधाम समितिले भने विगतको भन्दा यस बर्ष भक्तजनहरुलाई सहज भएको बताएको छ । समितिले विगतमा भन्दा स्वयम्सेवको संख्यमा वृद्धि, जनपथ प्रहरी, टाफिक प्रहरीको समेत व्यवस्थापनमा उपस्थियत भएकोले भक्तजनहरुले राहत महसुस गरेको समितिकी सदस्य दुर्गा काफ्लेले बताउनुभयो ।
प्रत्येक बर्ष बोलबमको समयमा ४ लाख देखि ५ लाखसम्म भक्तजनहरुले दिएको दानबाट मात्र रकम संकलन हुने गरेको पाइएको छ । अन्य सहयोग नभएका कारण यही रकमले मन्दिरको स्तरोन्नति गर्दै जानुपर्ने भएकोले पनि एकैपटक सम्पूर्ण कुराको सुविधा दिन नसकिएको समितिको भनाई छ । राम्रो व्यवस्थापन गर्न नसकेपनि यसबर्ष चौथो हप्तासम्म नै ५ लाख भक्तजनह आइसकेको र अझै एउटा सोमबार बाकी रहेकाले ७ लाख पुग्ने अनुमान समितिले गरेको छ । गत बर्ष साउनभरि ५ लाख भक्तजन आएको समितिले बताएको छ । पर्यटकीय नगरी को रुपमा विकशित हुदै आएको धरान सवै भन्दा वढि पर्यटक साउनको सोमबार आउने गरेको भएपनि धरानले यसलाई सदुपयोग गर्न सकेको छैन । धरानमा उद्योग वाणिज्य संघ र मजदुरहरुको विवाद कारण प्रत्येक सोमवार वजार बन्द रहने गरेको तथा यसको व्यस्थापनमा समेत सम्वन्धित निकायले ध्याननदिदा
धरानले यसको फाइदा लिन नसकोको हो । वोलबममा आउने श्रद्धालुहरुको लागी समेत व्यस्थापन समिति तथा धरान उपमहानगरपालिको समेत व्यस्थापनमा ध्यानपुग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया