नेपाल प्रहरीले अपहरणमा पेरेकी भारतीय बालीकालाइ उद्धार गर्‍यो

सुनसरी, नेपाल प्रहरीले एक
भारतीय बालीकालाइ सकुसल अपहरण मुक्त गरेको छ । सुनसरी जिल्लाबाट अपहरणमा परेको सुचनाको अधारमा प्रहरीले १८ घण्टा लामो खोजतलास पश्चात सकुसल उद्दार गरेका हो ।
भारत, बिहार राज्य, जिल्ला कटिहार, कुर्सीला बस्ने भानु अग्रवालको छोरी वर्ष –६ की छबी भन्ने स्पर्श अग्रवाललाई मिती २०७३।४।१९ गते सााझ अपहरणमा परेकी थिइन् । प्रहरीको विशेष टोलीले उनलाइ सोमबार बिहान ४ बजे मोरङ पथरी शनिश्चरे
नगरपालिका–१ बस्ने रिता साहको
घरमा लुकाई राखेको अवस्थामा फेला पारेको थियो ।
अपहरणमा संलग्न मध्येका एक जिल्ला सुनसरी इनरुवा नगरपालिका ५ बस्ने दिनेश गुप्तालाई पक्राउ गरेको
छ । उनको साथबाट Lenovo laptop १ थान, Samsung galaxy j7 मोवाइल १ थान, Ntc सिम  १ थान, , Ncell  सिम  १ थान,Airtail सिम १ थान बरामद गरेको छ ।
उद्दार गरिएकी बालिकालाई सामबार नै निजको अभिभावकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया