काठमाडौं /सम्पर्क्बिहिन रहेको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ। हेलिकप्टर दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, र एक जना नवजात शिशु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नवजात शिशु बिरामी भएका
कारण उपचारका लागि सो हेलिकप्टरमार्फत काठमाडौा ल्याइादै गरेको थियो । प्राधिकरणका निमित्त महाप्रबन्धकका अनुसार प्राधिकरणका प्राविधिकलगायत
सुरक्षाकर्मी घटनास्थल पुगिसकेको र मृतको शव सङ्कलन गरी हेलिकप्टरद्वारा काठमाडौा ल्याउने तयारी भइरहेको छ ।
प्राधिकरणका अनुसार सोमबार
अपराह्न १२:३२ बजे नुवाकोटको मदनपुर–९ बेतनी जङ्गलको चुच्चेभिरमा सो हेलिकप्टर दुर्घटना भएको थियो ।
गोरखाबाट सुत्केरी लिएर काठमाडौं आउादै गरेको अवस्थामा सम्पर्क्बिहिन भएको थियो।मदनपुर नजिकैको डााडामा ठोक्किएपछि आगो लागेको स्थानीयले बताएका छन्। बादलभित्र छिरेपछि निस्कने क्रममा डााडामा ठोक्किएको बताइएको छ ।
गोरखाको सिर्दिबास ८ बाट दिउासो १२:१० मा उडेको हेलिकोप्टर केहीबेरमै सम्पर्कविच्छेद भएको जानकारी फिस्टेल
एयरका रमेश शिवाकोटीले जानकारी दिए । हेलिकोप्टरमा २२ वर्षीया सुत्केरी प्रिति गुरुङ, उनको चार दिनको नबजात शिशु र सासुससुरा सहित परिवारका अन्य सदस्य थिए ।
नाइन एनएकेए कल साइन भएको हेलिकोप्टरमा चालक र बिरामीसहित पााचजना सवार थिए । उद्धारका लागि फिस्टेलले अर्को हेलिकोप्टर पठाएको थियो ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले हेलिकोप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको र
सुरक्षाकर्मीसहितको टोली घट्नास्थलतर्फ प्रस्थान गरिसकेको बताए ।
प्रत्यक्षदर्शी स्थानीय गोविन्द प्रसाद ढकालले हेलिकोप्टर अस्वभाविभक
तरिकाले आकाशमा हल्लिएको देखेको बताए । केहीबेरमै भीरमा ठोक्किएर आवाज र धुावा आएको देखेपछि तत्काल प्रहरीलाई खबर गरेको जानकारी दिए ।
प्रत्यक्षदर्शी स्थानीय गोविन्द प्रसाद ढकालले हेलिकोप्टर अस्वभाविभक
तरिकाले आकाशमा हल्लिएको र केहीबेरमै भीरमा ठोक्किएर ठूलो आवाज निस्केको बताएका छन् । उनले भने, आकाशमा हेलिकोप्टर तलमाथि गरेर हल्लिएको
देखियो । एकछिनमै भयानक आवाज आयो र हेर्दा धुावा आइरहेको थियो ।
