नेप्लीज काँग्रेसका बाख्र्रे हिँडाईका भकभके नेता भनी नाममात्रका शेरबहादुर देउवाले बल्ल बल्ल तंग्रिएको काँग्रेसलाई फेरि भड्खालोमा हाल्ने भएका छन् । पाँच करोड नपाए आर्यघाटमै पुगौला झै गरिरहेका बेकामे सभासदहरुलाई भकभके काजी यतिबेला काँधमा बोकेर हिँडेका छन् । एकथोक गर्न गएकाहरु अर्को थोकमा अल्झिएपछि मुलुममा फुइøयाँ संविधान बन्छ ? सन्त सुशिल दा’को जोर बलले यसपाला काँग्रेसले धेरै सिट ल्याएको थियो । तर भकभके काजीले सत्यानास नै गर्ने भए । सभासदले पाँच करोड पाउनुपर्छ भनेर भकभके काजीका शरणमा पुगेपछि काजीले पनि मौका यहीँ हो भनेर
पाँचकरोडमा सही थापे । हिजो पजेरो प्राडो सँस्कृति भिœयाएर काँग्रेसलाई निमिट्यान्न बनाएका भकभके काजीले फेरि पाँच करोडको समर्थन गरेर काँग्रेसलाई सिध्याउने भए ।
सुजुको हारगुहार
सुखमा नमातिनु अनि दुःखमा नआत्तिनु भन्ने हाम्रा गामघरतिरको भनाई यतिबेला तनुवा (तानेर लगिएको) सभासद सुजु मेम माने सुजाता कोइरालामा ठ्याक्कै लागू भएको छ । धनकुटा प्रहरीले उन्का गोडापाँचेक मुन्द्रेहरुलाई अँठ्याएपछि उनेरलाई छुटाउने सुजुमेम यतिखेर सबैतिर हारगुहार गर्दै हिडेका छन् । बाबु गिर्जाउ बाजुन्जेल यिन्ले त्यसरी हारगुहार गर्नै पर्दनथ्यो । यतिबेला बाबु पनि मास्तिर लागे अनि आफूपनि सत्तामा नभएपछि मेमलाई कम्ता सकस प¥या छैन । पहिला पहिला सुजुमेमका चुल्ठे मुन्द्रेहरुलाई कसले छुन सक्थ्यो ? अब यतिबेला विचरी आपैm भनसुन र हारगुहार गर्दै हिडेकी छन् । बामदेव गौतमले त झन सुजुमेमलाई माखो जति पनि मानेनन् । विचरीले आफ्ना तिनलाई छुटाउन गौतमलाई अँठ्याइन्, भनसुन गरिन अन्तेमा हात लागी उही गुएँलाको फूल । कसैले टेर पुच्छर लाग्देनछन् । यसलाई भन्छन् वक्त–वक्तकी वात ।
मोर्चैमोर्चा
‘काम पाइनस् बुहारी पोख्दै उठाउदै गर’ भनेझैँ यतिबेला एमाओवादीका अध्येक्षे त्यसै गरिरहेका छन् । आफ्नो पार्टीमा भएका मूर्ख विद्वान बाउरामलाई पोख्छन् अनि बाहिर भएका दलहरुलाई समेटेर उठाउँछन् । आफ्नै घरभित्रका रडाको मिलाउन नसकेर हैरान भएका प्रचण्डाउले अस्तिका दिन उत्तर दक्षिण पूर्व पश्चिम फर्किएका अशोक राईको ताइ न तुइको पार्टी, उपेन्द्र जादवको ओरालो लागेको मेधशी जन अधिकार, गज्जुबाबुको वेÏवाँकको फोरम प्रजातान्त्रिकहरुलाई मिलाएर एउटा मोर्चा बनाएछन् । खै के जाति गर्नेलाई भन्दा खै के जाति गर्नेलाई लाज भनेझै आफ्नै पार्टीमा भएको भाँडभैलो मिलाउन सक्या छैनन् बडो अरुलाई लिएर मोचा बनाउने । ह्याउ छ भने पहिला आफ्नै भित्रको भाँडभैलो समेटनु पर्दैन ? यसलाई भन्छन् विनासकाले विपरीत बुद्धि ।
वाह महत
आफ्नो घर जलाएर खरानी घस्ने स्वाँठहरुले नै मुलुक बर्बाद गरेको त सबैले बुझेकै छन् । यही कोटीमा प¥या छन् हाम्रा अर्थमन्त्री डा. रामशरण महत । केही दिन अगाडि महत विदेश भ्रमणमा गा’थे । त्यही क्रममा उनी फ्रान्स पुगे । फ्रान्स पुग्नुको भित्री
रहस्य त मेरी बास्सै अर्कैै पो रहेछ । उन्लाई त्यहाँ भव्य स्वागत गरिएछ । फ्रान्स सरकारकै निर्देशनमा महतको स्वागत भा’रैछ । लेनिनका जस्ता दाह«ी पालेका महतले फ्रान्सका लागि के त्यस्तो गतिले काम गरे अनि सम्मान पाएका होलान् भनी घण्टाघरलाई खुल्दुली लाग्नु स्वभाविक थियो । यसो महतका भित्रियाहरुको वात सुन्दै गएको त मेरीबास्सै महत र धुन्धुकारी नै
रै’छन् । उन्ले नेपालमा क्रिश्चियनलाई बढावा दिएको भन्दै त्यत्रो सम्मान पाएका रै’छन् । बेला बेला महतलाई गतिलै डलरका पोकाहरु पनि फ्रान्सबाटै आउँछ रे । यताचाहिँ आफूलाई हिन्दु भन्ने उताचाहिँ क्रिश्यिचनको गुनगान गाएर डलरको पोका बजाउने । बुझिसक्नु भएन वा महत महात्मे ।
दोधारे झलु
एमाउवादीका अध्येक्षे प्रचण्डाउ एमालेकै पूर्व अध्येक्षे झल्लाझलुलाई फुट्या आँखाले नि देख्न सक्दैनन् । आखिरी झलुलाई प्रचण्डाउले त्यति साह«ो देख्नै नसकनुको कारण के होला भनेर घण्टाघरलाई कम्ता खुल्दुली भा’थेन । आखिरी कुरा अकै रहेछ । प्रचण्डाउ सत्तामा छँदा पर्धानसेनापति हँटाउने प्रचण्डाउको योजनालाई समर्थन गरेर चीनतर्फ हुइँकिएका थिए । फर्केर आउँदा पर्लक्कै पल्टिएछन् । मैले सहमति जनाएकै छैन भनेर भाषन ठोकेछन् । माकुनेलाई सत्ताबाट हँटाएर प्रधानमन्त्री हुँदा पनि माउवादीका प्रचण्डाउलाई अनेकौ जालझेल गरेर थाङ्नामा सुताइदेछन् । चलान खेलाडी प्रचण्डाउले झलुको चक्रव्यूहको भेदै पाएनछन् । जब उन्ले झलुको चतु¥याई बुझे तबदेखि उन्ले झलुलाई फुट्या आँखाले हेर्न छाड्या रै’छन् ।
जेल जान तयार
माउवादीका चतुर खेलाडी प्रचण्डाउ जेल जाने रे । राम्रै हो । तर जेल जाने भन्ने करा मन लाग्दा जाने रमन नलाग्दा नजाने हुन्छ र ? जेलभन्या प्रचण्डाउको ससुराली र सीता दाहालको माइती पक्कै हैन होला । त्यसपछि प्रचण्डाउ उहिल्यै जेलमा पर्नुपर्ने थियो । भएछ के भने सबैलाई वाककलाले मन्त्रमुग्ध पार्ने प्रचण्डाउले अस्तिका दिन भन्या पहिचान सहितको संघीयताका लागि आफू जेल जान तयार छु । विचरा यसो दुई चार सिट जितेर सविधानसभामा पुग्न सफल केही बिलाउने पार्टीको मोर्चा बनाएर उनीहरुलाई अच्छा बेबकुव बनाउने प्रचण्डाउले जेल जाने र आवश्यक पर्दा मर्ने सम्मको भाषन ठोकेको देख्दा घण्टाघरलाई कुरी कुरी लागेर आउन थाल्या छ ।
वैधाउलाई स.कट
ठूलो भाग खान बुढेसकालमा अलग्गै घरजम गर्न पुगेका नेक्पा माओवादीका फुकिढल अध्येक्षे वैधाउलाई हिजोआज साढे सातका दशाले कुत्कुत्याएको रै’छ । म ताक्छु मुढो बञ्चरो ताक्छ घुाडो भनेझैँ वैधाउ एक थोक गर्न खोज्छन् अर्को चपरचण्डाल नेता नेत्रविक्रम चन्द छिर्के हानीहाल्छन् । वैधाउ एउटा कार्जेक्रम बनाउँछन् चन्द अर्को बनाएर पछारी हाल्छन् । विचरा बूढाको विजोगै भयो ।
अन्तेमा
एमाउवादीका मूख विद्वान
बाउराम बाजे हिजोआज फलाक्न छाड्या छन् । बिग्रेको रेडियोजस्तो जथाभावि फुक्ने बाउराम किन थाकेका होलान् ? कहिले नयाँ शक्ति बनाउने, कहिले जिल्ला जिल्लामा समानान्तर कमिटी बनाउने बाउरामलाई पार्टीबाट घोक्रेठ्याक लगाउन प्रचण्डाउले भित्री योजना बनाएपछि उनी हच्केका
रै’छन् । हुति नै नहुनेल े वित्थाँ किन मच्चिनु ।
