तीस लाखको लागतमा विजयपुरसम्मको रेलिङ मार्गको पहिलो चरणको ढलान सम्पन्न

धरान/सिंहदेवी चौकदेखि विजयपुरचोक पैदल रेलिङ्ग मार्ग निर्माण उपभोक्ता समिति र धरान नगरपालिकाको संयुक्त लगानीमा पहिलो चरणको रेलिङ्ग बाहेकको सडक ढलानको काम सम्पन्न भएको छ ।
अन्यत्र झौ आर्थिक बर्ष सिद्धिन लाग्दा बजेट सिध्याउने हतारोमा काम भएझै पहिलो चरणमा १ सय ५० मिटर सडकमा मंगलबार ढलान गरिएको हो । सिंहदेवीचौकदेखि विजयपुरचौकसम्मको ६ सय ६५ मिटर सडक निर्माण गर्ने लक्ष्य लिएको उपभोक्ता समिति र नगरपालिकाबीचमा पहिलो चरणको निर्माण कार्यका लागि गत चैत्रमा सम्झौता भएको थियो । सम्झौता अनुसार पहिलो चरणको १ सय ५० मिटर १६ फुटे सडकका लागि धरान नगरपालिकाले ८० प्रतिशत र उपभोक्ता समितिले २० प्रतिशत व्यहोर्ने भएका छन् ।
उपभोक्ता समितिका संयोजक पितरुमल अग्रवालका अनुसार १६ फुट चौडाईको सडकमा दुवैतर्फबाट मानिसको ओहोरदोहोर हुने गरी ८ फुटमा रेलिङ्ग निर्माण गरिने छ । विजयपुर जानका लागि वैकल्पिक र छोटो मार्गका रुपमा निर्माण हुादै गरेको सडकलाई प्रयोग गर्न सकिने अवस्था भए तापनि ८ फुटमा रेलिङ्ग निर्माण गर्दा सडकको संरचना सााघुरो हुन जानेतर्फ उपभोक्ता समितिले ध्यान नदिएको देखिन्छ । यस सम्बन्धमा अग्रवालको कथन छ धरानबाट विजयपुर पुग्ने धेरैवटा वैकल्पिक मार्गहरु छन् । हामीले ठूला सवारी साधन निर्माण हुादै गरेको सडकबाट आवतजावत नगरुन् भन्ने उद्देश्यले पनि एक भाग रेलिङ्गका लागि छुट्याएका हौं । सिंहदेवीचौकदेखि विजयपुर चौकसम्ममा ५५ मिटरमा तीनवटा सिडी निर्माणको अवधारणा अगाडि सारेर नगरपालिकासाग सम्झौता गरेका हौं । सिाडी अत्यन्तै आकर्षक रुपमा निर्माण गरिने भएकोले यसले पूर्वाञ्चलकै धार्मिक स्थल विजयपुरसम्म पुग्नका लागि आन्तरिक र वाह्य पर्यटकलाई लोभ्याउाछ, अग्रवालको कथन छ ।
धरान नगरपालिकाका इन्जिनियर
सुरज श्रेष्ठका अनुसार पहिलो चरणमा उपभोक्ता र नगरपालिकाबीचको सम्झौता अनुसार नगरपालिकाले २० लाख र स्थानीय तथा निर्माण उपभोक्ता समितिले १० लाखमा ६ इन्चको ढलान हुने छ । सब इन्जिनियर इन्द्र बस्नेतका अनुसार पहिलो चरणमा मंगलबार १ सय ५० मिटरका ढलान भएको हो । आगामी दिनमा पुन : सोही प्रयोजनका लागि चरणवद्ध रुपमा
रकम विनियोजन हुादै जाने छ । एकै चरणमा निर्माणका लागि वजेट विनियोजन सम्भव नभएको उहााको कथन छ । यसैबीच सिहदेवी चौकदेखि विजयपुरचौकसम्म पैदल रेलिङ्गमार्ग निर्माण उपभोक्ता समितिले निर्माणका लागि बााकी रहेको ५ सय १५ मिटर ड्ेरेन सहितको बाटोको लागि धरान नगरपालिका प्राविधिकका अनुसार जम्मा १ करोड लाग्ने भएको हुादा नगरपालिकको प्रतिवद्धता एवम् उपभोक्ता समितिको जोश र जाागरलाई मध्यनजर गर्दै ०७१/०७२ को बाषिर्क विकास बजेटमा सम्पूर्ण रकम विनियोजन गरिदिन लिखित रुपमै आग्रह गरेको छ ।
निर्माणको जिम्मा लिनुभएका स्थानीय निर्माण व्यवसायी जुद्धबहादुर लोहनीका अनुसार ड्रेन सहितको ढलान नै उपयुक्त हुने तर्क गर्नुहुन्छ । राजनैतिक कार्यकर्ता समेत
रहनु भएका लोहनी भन्नुहुन्छ– रेलिङ्गले सडक सााघुरो हुन्छ । निर्माण हुादै गरेको सडकबाट सवै प्रकारका सवारी साधन सहज ढंगले आवातजावत गर्न सक्छन् । तर रेलिङ्ग निर्माण भएपछि ती सबै न्यून हुन जान्छ । उपभोक्ता समितिमा समेत रहेका अन्य केही सदस्य समेत रेलिङ्ग निर्माणप्रति त्यति सन्तुष्ट देखिदैनन् ।

तपाईको प्रतिक्रिया