धरान/नेपालका केही नेताहरुले चाइना कार्ड प्रयोग गरेर मुलुकमा
अस्थिरता निम्त्याउने दुस्साहस गरिरहेको अवस्थामा एक चिनियाा ठकेदार कम्पनीले एक अर्ब १६ करोड राजस्व छली गरेको
रहस्योद्घाटन भएको छ ।
चमेलिया जलविद्यिुत आयोजनाको सिभिल ठकेदार चाइना गेजुवा वाटर एण्ड ग्रुप कम्पनी लिमिटेड (सिजिजीसी) ले आफैले नक्कली भ्याट बिल बनाएर एक अर्ब १६ करोड रुपैया राजस्व छली गरेको छ ।
काठमण्डौस्थित रहेको ठूला
करदाता कर्यालयले गत शुक्रबार सीजीजीसीलाई आ.व. २०६६/०६७ सम्मको कर निर्धारण गर्दे ७८ करोड रुपैया आयकर र १३ करोड २५ लाख रुपैया मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न बााकी रहेको भन्दै पत्रचार
गरेपछि उक्त कम्पनीको वास्तविकता बाहिर आएको हो । त्यसभन्दा अगाडि पनि आन्तरिक राजस्व विभागले सीजीजीले २५करोड भ्याट तिर्नुपर्ने गरी निर्धारण गरेको थियो । ठूला करदाता विभाग र आन्तरिक राजस्व कार्यालय दुवैको गरी उक्त कम्पनीले १ अर्ब १६ करोड रकम कर छली गरेको पाइएको छ ।
चाइना सरकारकै स्वामित्वमा
रहेको उक्त कम्पनीले पेश गरेको भ्याट बिलको अनुन्धान गर्दा आफैले नक्कली बिल बनाएर छापेको र त्यस्तो भ्याट बिल अमान्य भएपछि कार्यालयले आफै अन्तिम कर निर्धारण गर्न बाध्य भएको थियो । कर प्रशासन शोभा कान्त पौडेलका अनुसार विभागीय अनुमति लिएर अनुसन्धान गर्दा ०६७/०६८ को १३ करोड नक्कली भ्याट बिल फेला
परेको थियो । नगरेका कामको पनि नक्कली बिल प्रयोग गरेको, नक्कली बिलका आधारमा चमेलियाको सिभिल परामर्श दाता साह मिल्ट आइकर डेभिले खर्चको सिफारिस गरेको कर प्रशासकक पौड्यालले जनाएका छन् ।
