तापेथोकको पहिरोमा फसेका सात परिवारलाई प्रहरी र स्थानियद्धारा उद्धार

ताप्लेजुङ र ताप्लेजुङको विकट गाविस तापेथोक आठमा पर्ने सोत्लिमा गााउमा झरेको पहिरो विचमा फसेका सात परिवारलाई आईतबार प्रहरी र स्थानियको सक्रियतामा सुरक्षित स्थानमा सारिएको छ । शनिबार विहान माथीबाट झरेको पहिरोका कारण विचमानै अलपत्र परेका ति परिवारलाई तापेथोक प्रहरी चौकीबाट असई प्रदिप राईको नेतृत्वमा लेलेप र तापेथोकबाट पुगेका स्थानिय सहितको टोलीले आईतबार दिउासो सोत्लिमाकै माथिल्लो भेगमा रहेका आफन्तको बसोबास भएको क्षेत्रमा सारेको विपद् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।
सोत्लिमा गााउकै लामाटार, जौबारी र हेक्कुले भन्ने ठााउमा बसोबास गरेका उनिहरुलाई आफन्तहरु रहेको ठााउमा पुर्‍याईएको हो । यस्तै ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक
रामबहादुर केसीका अनुसार पहिरोको विचमा परेका सात परिवार सहित आसपासको क्षेत्रमा बसोबास गर्ने अन्य घरपरिवार समेत गरि ११ घरपरिवार त्याहाबाट पहिरोकै
कारण विस्थापित हुनु परेको छ । सो क्षेत्रमा पहिरोको उच्च जोखिम देखिएकाले तत्काल बसोबास गर्न नमिल्ने प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।
यस्तै पहिरोमा हराएकी भनिएकी चन्ऽमाया राई भेटिएपनि वर्ष २८ की मनिता राईको अवस्था भने अज्ञात
रहेको पाण्डेले बताउनुभयो । पहिरो
झरे पछि बाच्नका लागि भाग्ने क्रममा नै उनि शनिबार बिहान बेपत्ता भएको स्थानियले बताएका छन्

तपाईको प्रतिक्रिया