इटहरी उद्योग वाणिज्य संघका अध्यक्षका प्रत्यासी लिलम बस्नेतको प्रतिबद्धता

यतिबेला पूर्वाञ्चलमै सर्वाधिक चर्चामा रहेको इटहरी उद्योग वाणिज्य संघको निर्वाचन भोलि हुादैछ । अध्यक्षमा आगामी कार्यकालका लागि युवा उद्योगी एवम् व्यवसायी लिलम बस्नेत चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । उहााले इटहरी उद्योग वाणिज्य संघका मतदाता तथा उद्योगी व्यवसायीका बीचमा आफ्नो समूहका तर्फबाट चुनावी घोषणापत्र जारी गर्नुभएको
छ । प्रस्तुत छन् बस्नेतले जारी गर्नुभएको घोषणापत्रका अंश :
उद्योग वाणिज्य सघ इटहरीको आसन्न निर्वाचनका सन्दर्भमा मेरो अध्यक्ष पदमा दिएको उमेद्वारीलाई पुष्टि गर्न यो घोषणापत्र सार्वजनिक
गरेको छु । यहााहरुको अगाध माया, विश्वास र मार्ग निर्देशनको फलवरुप मैले उद्योग वाणिज्य संघ इटहरीको कार्यसमिति सदस्य, भवन निर्माण समितिको संयोजक, उद्योग उपाध्यक्ष पदहरुमा आफ्नो कार्यकाल व्यतित गरिसकेको छु । इटहरी नगरक्षेत्रको नगरबासी भएकोले र आफू पनि उद्योग व्यवसायमा संलग्न भएको नाताले स्वभाविक रुपमा उद्योगी, व्यवसायीको हकहितको पक्षमा लड्नु र आवाज उठाउनु मेरो दायित्व बन्न आउाछ । हाम्रा अग्रज उद्योगी व्यवसायीहरुले व्यापार प्रवन्ध समिति हुादै झोलाबाट शुरु भएको उद्योग वाणिज्य सघ इटहरीको उन्नति प्रगतिको श्रेयको हकदार निश्चय नै पनि अग्रजहरु नै हुन । उहााहरुको अतुलनीय योगदानलाई उद्योग वाणिज्य संघको इतिहासमा सुनौला अक्षरले लेखिनेछ । अहिलेको नेतृत्वलाई विगतसाग जोडेर हेर्दा यसले प्राप्त
गरेका उपलब्धीहरुको पनि तुलना
गरेर हेर्नु आवश्यक छ । उद्योगी व्यवसायीहरुको माझमा २०७० सालको निर्वाचनताका गरेका तत्कालीन प्रतिबद्धताहरु के के थिए र के क–कति पूरा भए त्यसको आम उद्योगी व्यवसायी साथीहरुले समीक्षा गर्नु
जरुरी भएको छ । उक्त अवधिमा उद्योग वाणिज्य संघ इटहरीले उद्योगी व्यवसायीहरुको हितमा उल्लेखनीय कार्य के गर्‍यो त ? भन्ने प्रश्नको जवाफ अब पनि खोजिएन भने हामी अरु उद्योग वाणिज्य संघहरु भन्दा निक्कै पछाडि पर्नेछौं । उद्योग वाणिज्य संघ इटहरीमा उक्त अवधिभर मौलाउदै गएको तानाशाही व्यवस्थाको अन्त्य गर्न र एउटा सामान्य व्यवसायी पनि उद्योग वाणिज्य संघको नेतृत्व तहमा पुग्ने अवस्था सिर्जना गर्न मेरो र मेरो समूहको उमेद्वारीको प्रमुख दायित्व हुन आउाछ । यसका
अतिरिक्त यदि म र मेरो समूह उद्योग वाणिज्य संघको नेतृत्वमा निर्वाचित भएमा तपशिल बमेजिमका कार्यहरु गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।
१. अबरुद्ध भवन निर्माण कार्य सम्पन्न गर्ने :
विगतमा पनि उद्योग वाणिज्य संघ इटहरीको सुविधासम्पन्न भवन निर्माणका लागि भवन निर्माण समिति पटक पटक गठन नभएका होइनन् तर भवन निर्माण कार्य शुरु समेत हुन नसकेको तीतो यथार्थ हामी माझ घामझै छर्लङ्ग छ । म पहिलो पटक उद्योग वाणिज्य संघ इटहरीको कार्यसमिति सदस्य निर्वाचित भएपश्चात भवन निर्माण समितिको संयोजक जस्तो गहन जिम्मेवारी मेरो कााधमा आयो । यद्यपि मैले पाएको जिम्मेवारीलाई पहिलो कार्यकालभरि दुई तलासम्म ढलाई
गरेको सत्य सबैमाझ छर्लङ्ग छ । दोसो कार्यकालमा पनि मैले सोही जिम्मेवारी लिने उत्कट चाहना हुादाहुादै वर्तमान मूल नेतृत्वले उद्योग उपाध्यक्षको जिम्मेवारी दिएकोले भवन निर्माणको कामम मेरो प्रत्यक्ष संलग्नता टुट्न पुग्यो तथापि मैले पहिलेकै अनुपातमा भवन निर्माण हुने अपेक्षा गरेको थिएा तर विविध कारण देखाउदै एक तल्लामात्र निर्माण हुनु वहानाबाजी विशाय अरु केही होइन । यदि मैले यस संघको नेतृत्व गर्ने अवसर पाएमा मैले पदबाली गरेको एक बर्षभित्रमा भवन निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्नेछु । साथै यस संघ अन्तर्गत रहेका प्रत्येक वस्तुगत संघहरुको समेत छुट्टाछुट्टै सचिवालयको व्यवस्था गर्ने व्यहोरा समेत अवगत गराउदाछु ।
२. संघको पुर्नसंरचना सम्बन्धमा :
नेपालमा ऐतिहासिक सविधानसभा मार्फत संघीयतासहितको सविधान जारी भएसागै अब प्रत्येक उद्योग वणिज्य संघलाई नेपालको संघीय संरचना अनुसार परिवर्तन गर्नुपनै आवश्यकता भएको छ । स्थापना कालदेखि नै
परम्परागत संरचनामा रहेको उद्योग वाणिज्य संघ इहरीको संरचनालाई विधान अनुरुप नै परिवर्तन गरी हाल ‘ग’ वर्गको नगरस्तरीय उद्योग वाणिज्य संघको रुपमा रहेको हाम्रो संघलाई
मेरो कार्यकालमा ‘क’ वर्गको नगरस्तरीय उद्योग वाणिज्य संघमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
३. कार्यालय व्यवस्थापन तथा मानव ससाधन व्यवस्थापन सम्बन्धमा
यसभन्दा अगाडि पनि पटक पटक उद्योग वाणिज्य संघ इटहरीको कार्यालय आधुनिक बनाउने भन्ने प्रतिबद्धताहरु भए पनि हालसम्म पनि पूर्ण रुपमा आधुनिक र समय सापेक्ष नभएकोले मेरो कार्यकालमा पूर्णरुपमा कम्प्युटराइज प्रणाली लागू गर्ने, छुट्टै सूचना शाखाको स्थापना गरी टोल फ्रि नम्बर (फोन गर्दा पैसा नलाग्ने) को व्यवस्था गरी उद्योगी व्यवसायीका समस्याका बारेमा जानकारी लिई तत्काल समाधान गर्ने तथा हालसम्म पनि उद्योग वाणिज्य संघमा कर्मचारी नियमावली नभएकोले कर्मचारी नियमावली समेत बनाई सघमा कार्यरत कर्मचारीलाई थप जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
४. बीमा कार्यक्रम सम्बन्धमा
विभिन्न प्राकृतिक प्रकोप, दुर्घटना, आगलागनी जस्ता कारणले इटहरी नगर क्षेत्रका उद्योगी व्यवसायीहरुले ठूलो क्षति व्यहोर्नु परेको इतिहास हामीमाझ छादैछ । यस किसिमको घटनाबाट उद्योगी व्यवसायीहरुलाई हुने क्षतिको सोध भर्ना गर्न संघको तर्फबाट संघमा आवद्ध सबै सदस्यहरुको उद्योग व्यवसायको त्भचm क्ष्लकगचबलअभ गर्ने व्यवस्था मेरो कार्यकालम मिलाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
५. बहुउद्देश्यीय सहकारी तथा एम्बुलेन्स सञ्चालन
सम्पूर्ण उद्योगी व्यवसायी हरुको हितलाई मध्यनजर गर्दै यस संघको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालन हुने तथा संघका सदस्यहरु आवद्ध हुने गरी एक बहु उद्देश्यीय सहकारी संस्थाको स्थापना गरी उद्योगी व्यवसायीहरुका आर्थिक कठिनाईहरुलाई सम्बोधन गर्न अत्यन्त सरल व्याजदरमा उपलब्ध हुने गरी कर्जा लगानी गर्ने व्यवस्था गरिनेछ । साथै सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै तथा यस संघका आजिवन सदस्य तथा जग्गादाता स्वर्गीय टेकनारायण
चौधरी ज्यूको स्मृतिमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त
गर्दछु ।
६. राजस्व कार्यालयमा सेवा कार्यालय स्थापना गर्ने
उद्योगी व्यवसायीहरुका लागि आज पनि कर प्रशासन उद्योग व्यवसाय मैत्री हुन सकेको छैन । विभिन्न काममा राजस्व कार्यालय तथा सेवा कार्यालयमा पुग्ने उद्योगी व्यवसायीहरु कर प्रशासनका नियम कानुनसाग अनविज्ञ हुादा अनाहकमा दु:ख पाउने गरेको सत्यलाई हृदयगम् गर्दै कर कार्यालयमा हुने झन्झटबाट मुक्ति दिलाउन करदाता सेवा कार्यालय इटहरीसाग सहकार्य गरी संघको सहायता कक्ष स्थापना गरी उक्त कक्षबाट यस क्षेत्रका समस्त उद्योगी व्यवसायीहरुका कार्यालयका कार्यहरु छिटो छरितो रुपमा सम्पादन गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
७. व्यवसायिक सुरक्षा सम्बन्धमा
पूर्वको केन्द्रविन्दुको रुपमा
रहेको इटहरी दिनप्रतिदिन नेपालकै ठूलो सहरको कोटीमा पर्न थालेको
छ । उद्योग व्यवसाय पनि बढ्दो क्रममा छन् । यस क्षेत्रका जनताको दैनिकी अत्यन्त व्यस्त भएको महसुस गरी व्यवसायिक सुरक्षाको ग्यारेन्टी गर्दै रातको १० बजे सम्म पनि उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण मिलाउनेछु । जसका लागि औद्योगिक सुरक्षा गस्ती नियमित
गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।
८. घर बहाल समन्वय समिति
उद्योगी, व्यापारी, व्यवसायी र घरधनीबीच हुने विवादका कारण अधिकांश उद्योगी व्यवसायी पीडित भएकोले संघमा छुट्टै घरबहाल समन्वय समिति गठन गरी घर बहाल कर सम्बन्धि घरधनीलाई नै तिराउन, वहाल सम्बन्धी जुनसुकै विवाद मिलाउन, वैज्ञानिक बहाल रकम निर्धारण गर्न सर्वपक्षीय सहमति कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
९. सोलार सडक बत्ती जडान सम्बन्धमा
उद्योगी व्यवसायीहरुको सुरक्षामा गम्भीर बन्दै इटहरी नगरक्षेत्रभित्र स्थानीय निकाय समेतको सहकार्यमा सौर्य ऊर्जाको सदुपयोग गर्दै सोलार सडक बत्ती जडान गरिनेछ र
इटहरीलाई नेपालकै उज्यालो शहरको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
१०. व्यवसायिक एकता तथा मेलमिलाप सम्बन्धमा
उद्योगी, व्यवसायी तथा
व्यापारीहरुको बीच भावानात्मक एकता कायम गराई नेपालकै नमूना उद्योग वाणिज्य संघ बनाउन उद्योग वाणिज्य संघको पहलमा मेलमिलाप समिति गठन गरी व्यवसायिक मुद्दा मामिलाको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
११. तालिम तथा सेमिनार सम्बन्धमा
उद्योगी व्यवसायीहरुलाई कर तथा राजस्व, औद्योगिक तथा व्यवसायिक ऐन नियम, आर्थिक निति, मौद्रिक नीतिको सम्बन्धमा सुसूचित गराउन त्रैमासिक रुपमा संघले तालिम तथा सेमिनार कार्यक्रम सञ्चालन
गरी प्रत्येक वस्तुगत संघमार्फत उद्योगी व्यवसायीहरुलाई लाभान्वित गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।
१२. वातावरण संरक्षण तथा सामाजिक दायित्व
हरित नगरीको रुपमा परिचित इटहरीलाई अझ स्वच्छ, सफा र
हराभरायुक्त बनाउन यस संघको नेतृत्वमा नियमित कार्यक्रमका रुपमा वृक्षरोपण र सरसफाई कार्यक्रम तथा विरुवा संरक्षण कार्यक्रमलाई अघि बढाइनेछ । साथै विगतमा वृक्षरोपण कार्यमा गरिएको चरम लापारबाहीलाई सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।
१३. राजनीतिमुक्त उद्योग वाणिज्य संघ
उद्योगी व्यवसायीहरुको हक हितको संरक्षण तथा प्रवद्र्धन गर्न स्थापित उद्योग वाणिज्य संघ इटहरीमा आज राजनीतिक रुपले गठबन्धन गर्ने, राजनीतिक रुपले तानाशाही व्यवस्था अनुरुप विधानविपरीत जथाभावि निर्णय गर्ने घातक परिपाटी शुरु भएको छ । जसको ज्वलन्त उदाहरण हो पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको नेतृत्व गरिरहेको र उद्योग वाणिज्य संघ इहरीको अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भइसकेका वर्तमान अध्यक्ष र निवर्तमान अध्यक्ष पूर्वाग्रही ढंगले व्यक्ति विशेषको पक्षमा भोट माग्ने कार्य हो । उद्योग वाणिज्य संघ इटहरीको नेतृत्व
गरिरहेको व्यक्ति जसरी निष्पक्ष रुपमा व्यवसायिक आचारसंहिता भित्र रहनुपर्ने हो सो भएको छैन यो उद्योग वाणिज्य संघ इहरीमा समेत राजनीतिकरण गर्ने षडयन्त्र भएको छ । यसको ज्वलन्त
उदाहरण उद्योग वाणिज्य सघ इटहरीको नेतृत्व सहमतीय ढगले चयन गर्नुपर्छ र यो कार्य गर्न लिलम बस्नेत तथा उसको समूह बाधक भएको प्रचार गरिदैछ । यस कुराको कुनै वैज्ञानिक आधार र तर्क छैन । त्यसर्थ यस षड्यन्त्रलाई विफल तुल्याउादै विसुद्ध उद्योगी व्यवसायीको संस्था बनाउने अभियानलाई स्थपित
गराउने मेरो उमेद्वारीलई समर्थन गर्दै मलाई आफ्नो अमूल्य मत दिई अत्याधिक मतका साथ विजयी गराउन अनुरोध गर्दै म जीवनभर यस क्षेत्रका उद्योगी व्यवसयीहरुको हकतिको लागि लागि पर्ने प्रतिबद्धता व्यक्त
गर्दछु ।
धन्यवाद ।
त्र

तपाईको प्रतिक्रिया