धरान/ राज्यका सम्मानित मानिएको अग्रजहरु अहिले आफ्नो माग पूरा गराउन देशव्यापी दौडामा निस्केका छन् ।
राज्यले वृद्धावृद्धालाई अझै हेपाहाको दृष्टिले हेर्ने गरेको भन्दै अग्रज समाज नेपाल सचेतनात्मक कार्यक्रमसहित महाकालीदेखि आफ्नो देश दौडाहालाई शुरुवात गरेसंगै अहिले सुनसरीको धरान आइपुगेका हुन् ।
समाजका अध्यक्ष महाप्रसाद
पराजुलीसहित सह–अध्यक्ष नयन्द्रबहादुर खड्का, सदस्य हरिभक्त कटुवाल, सल्लाहकार सदस्य चन्द्रमाया चुडाल र समाजका पूर्वाञ्चल अध्यक्ष मानबहादुर चुहानको वृद्ध टोलीले गते जेष्ठ २६ गतेदेखि महाकालीको महेन्द्रनगरबाट शुरु गरेको देशव्यापी दौडाहा हिजो धनकुटा सदुरमुकाम पुगी आज सुनसरीको धरान आइपुगेको
छ ।
समाजमा वृद्धवृद्धाहरुलाई अरु सरह स्थापित गर्ने उद्देश्यले देश व्यापी दौडाहाका क्रममा धरान आइपुगेका अग्रज समाज नेपालका पदाधिकारीहरुले राज्यले आफूहरुलाई हेपाहा भावनाले हेर्ने गरेको बताएका छन् ।
उनीहरुले कानुनी रुपमा प्रवत्ता वृद्धाहरुले पाउने सेवा सुविधाका विषयमा आन्दोलनमा बस्दा चारवटा सरकारले देशको कार्यभार सम्माले पनि अन्तिममा नेकपा एमालेले दोब्बर भत्ता बढाएर वृद्धाहरुको सम्मान गरे पनि अन्य सुविधाका विषयमा केही उल्लेख नभएकोले देशभर सचेतना फैल्याउदै देश दौडाका निस्केको बताएका छन् ।
अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले यहाका शासकहरुले आफूहरुलाई पशुपतिको मन्दिर अगाडि कचौरा थापेर बसेको भिखारीजस्तो सम्झेको बताउदै आफूहरुले कानुनी मान्यता अनुरुपको अधिकार खोजेको बताउनुभयो ।
केही समय अगाडि वृद्धाहरुलाई राज्यले सम्मानका साथ सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग राखी आन्दोलनमा उत्रिएसंगै केपी ओलीको सरकारले दोब्बर भत्ता प्रदान गरी वृद्धाहरुको सम्मान गरेपनि अन्य सेवा सुविधामा अझै आखा चिम्लेको बताउदै सेवा सुविधाका लागि जस्तोसुकै आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
उहाले देशको परिस्थिति र बढ्दैगएको महंगी अनुसार वृद्धावृद्धाको सामाजिक भत्ता ५ हजार हुनुपर्ने, ६० बर्ष भन्दा माथि उमेरका वृद्धावृद्धाहरुलाई सवारी साधनमा ५० प्रतिशत छुट हुनुपर्ने, औषधि उपचारमा सरकारी अस्पतालमा पूर्ण छुट र निजी अस्पतालमा ५० प्रतिशत छुटको माग समाजले राखेकोले नेपाल सरकारले अविलम्ब पूरा गर्नुपर्ने नत्र वृद्धावृद्धाहरु समेत सडकमा उत्रने चेतावनी दिनुभयो ।
