कांग्रेसको वडासमिति विस्तार

धरान/ नेपाली कांग्रेसको धरान १५ नं. वडा कार्यसमितिको विस्तार भएको छ ।
महाधिवेशन सम्पन्न भएको
करिव ६ महिना पछि वडा सभापति गणेश सुब्बाको अध्यक्षतामा बसेको बैठकले समिति विस्तार गरेको हो ।
बैठकले विधान बमोजिम उपसभापति, सचिव र सहसचिव चयन गर्नुका साथै सदस्य र सल्लाहकार मनोनित गरेको कांग्रेस जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताए । उनका अनुसार उपसभापतिमा विष्णुमाया राई, सचिवमा सन्दिप सुवेदी र सहसचिवमा अम्बिका वास्तोला चयन भएका छन् । त्यसैगरी मनोनित हुने सदस्यहरुमा उर्मिला थापा, रेणुका अधिकारी, दारासिंह आङदाम्वे, रानु लिम्वु र ललिता शर्मा रहेका छन् । यसैगरी सल्लाहकारहरुमा केन्द्रिय सदस्य तथा सांसद मिन वि.क., पूर्व केन्द्रिय सदस्य मिना सुब्बा, पूर्व वडा सभापतिहरु गोपाल पोखरेल, गोपाल केसी, अमर बहादुर कार्की, बसन्त सुब्बा तथा कुमार मोक्तान(जोन), प्रा. गणेश कार्की र पर्शु गुरुङ रहेका छन् ।

तपाईको प्रतिक्रिया