पछिल्लो पटक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो
(सिआइवी) ले नक्कली शैक्षिक योग्यताधारी डाक्टरहरुलाई धमाधम पक्राउ गरी कारबाही गरेको छ ।
मानिसको स्वास्थ्य जस्तो सम्बेदनशील कुरामा योग्यता नै नभएका डाक्टरहरुले स्वास्थ्य परीक्षण गर्नु, औषधिको प्रेस्क्रिप्सन लेख्नु, चिरफार गर्नु त्यसपनि खेदजनक कुरा हो । केही महिना अगाडि सिआइवीले १२ जना त्यस्ता नक्कली डाक्टरहरुलाई पक्राउ गरी कारबाही गरेको थियो ।
शुक्रबार अर्थात २०७२ असार ४ गते देशका विभिन्न स्थानबाट १५ जना त्यस्ता नक्कली प्रमाणपत्रधारी डाक्टरहरुलाई पक्राउ गरेको छ । यसभन्दा अगाडि राजधानीबाट मात्र पक्राउ परेका त्यसता डाक्टरहरु शुक्रबार चितवन, बारा, पर्सा,
विराटनरबाट समेत पक्राउ परेका छन् । विराटनगरबाट तीनजना चिकित्सक पक्राउ परेपछि पूर्वाञ्चलमै यसले ठूलो चर्चा पाएको छ । विराटनगरबाट पक्राउ पर्नेमा बरिष्ठ फिजिसियन भनेर चिनिएका डा. जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दाश र डा. अब्दुल हुसैन अन्सारी रहेका छन् ।
सिआइविले नक्कली पमाणपत्र धारी डाक्टरलाई त पक्राउ गरेर एउटा महत्वपूर्ण कार्यको थालनी गरेको छ । तर देशमा डाक्टरहरुमात्र हैन हरेक क्षेत्रमा नक्कलीहरुको विगविगी रहेको छ । कुनै एउटा त्यस्तो क्षेत्र छैन जहाा सक्कली प्रमाण पत्रधारीहरुले काम नगरेका हुन् । सरकारको विभिन्न निकायमा काम गर्ने कर्मचारीहरु, शैक्षिक क्षेत्रका आवद्ध भएकाहरु, प्रहरीमा
कार्यरतहरु कुन क्षेत्रमा अछुतो छ नक्कलीहरुबाट ? सिआइवीले चिकित्सा क्षेत्रमा मात्र हैन अन्य क्षेत्रमा पनि हात हाल्नु आवश्यक छ । नेपालमा राजनैतिक क्षेत्रमा शैक्षिक योग्यता नचाहिने भएरै मुलुकको हरेक क्षेत्रमा विगविगी बढेको हो । मुलुक सञ्चालन गर्ने, नीति नियम बनाउनेहरु नै योग्यता शून्य भएपछि अन्य क्षेत्रका व्यक्तिसाग योग्यताको सर्टिफिकेट खोज्नुको कुनै औचित्य हुादैन ।
अयोग्य व्यक्तिहरुको राजनीतिदेखि अन्य क्षेत्रमा भएको र गरेको चलखेलकै कारण आज योग्य व्यक्तिहरु मुलुकबाटै पलायन भइरहेका छन् । योग्य व्यक्तिहरु देशमा बस्न र केह गर्न सक्ने वातावरण नभएकै कारण उनीहरु युरोप, अमेरिका लगायतका देशमा पलायन भइरहेका छन् । जबसम्म योग्य जनशक्तिलाई केही गर्न सक्ने वातावरण राज्यले बनाउदैन तवसम्म मुलुकले समृद्धि हाािसल गर्न सक्दैन आखिरी यो वातावरण बनाउने काम राज्य सञ्चालन गर्ने राजनैतिक दलहरुको हो । जब राजनीतिक दलहरु नै शैक्षिक योग्यताविहीन छन् । अब प्रश्न उठ्छ सिआइवीले चिकित्सा क्षेत्रलाई मात्र किन टार्गेट गरिरहेको छ ? त्यो पनि १५/२० बर्ष काम गरिसकेका चिकित्सकमाथि धावा बोलेर । २० काम गरिसकेका चिद्धकित्सकहरु पोख्त र अनुभवि भइसकेका हुन्छन् । उनीहरुका लागि योग्यताको शैक्षिक प्रमाणपत्रको कुनै औचित्य हुादैन । डा. जावेद अख्तर अन्सारीले धरानस्थित रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दश बर्षकाम गरिसकेका मात्र हैन अन्य स्थानमा समेत गरी उनले २० बर्ष चिकित्सा क्षेत्रमा समर्पित गरिसकेका छन् । उनको योग्यताको प्रमाणपत्र सााच्चै नै नक्कली थियो भने किन अहिलेसम्म राज्यले उनीमाथि कारबाही गरेन ? त्यसैले अपराधी डा. जावेद हैन
राज्य सञ्चालन गर्नेहरु हुन् ।
