हाम्रो मान्छे हैन, राम्रो मान्छेलाई इटहरी उवासंघमा जिताउनुस्

यही आउादो असार २३ गते इटहरी उद्योग वाणिज्य सघको निर्वाचन हुादैछ । आगामी कार्यकालका लागि संघमा नेतृत्व गर्ने लालासा सहित
उमेरदवारहरु आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका
छन् । अध्यक्षको दुई प्रत्यासी लिलम बस्नेत र इश्वरी पराजुली मतदाता उद्योगी व्यवसायीलाई आफ्नो पक्षमा पार्ने ध्याउन्नमा जुटेका छन् ।
अन्य आकांक्षीहरु अर्थात सदस्यका प्रत्यासीहरु अध्यक्षको दुई प्रत्यासीमध्ये एकको प्यानलमा आवद्ध भएर गतिविधि अगाडि बढाइरहेका
छन् । यसैमध्येको सदस्य पदका एक सशक्त प्रत्यासी हुन् विश्वराज धिमाल । विगत लामो समयदेखि इटहरीलाई कार्यक्षेत्र बनाई विभिन्न सामाजिक संघ संस्था मार्फत समाज सेवामा जुट्नु भएका धिमाल इटहरी–१ स्थित रहेको मनोकामना ज्वेलर्सका सञ्चालक समेत हुनुहुन्छ । वाणिज्यका तर्फबाट सदस्यको उम्दवारी दिनु भएका धिमाल अध्यक्षका सशक्त प्रत्यासी लिलम बस्नेत प्यानलमा रहनु भएको छ । व्यवसाय, समाजसेवासागै खेलकुद क्षेत्रमा समेत राष्ट्रिय स्तरमै ख्याति आर्जनगर्नुभएका धिमाल हाल नेपाल भलिबल संघ पूर्वाञ्चल अध्यक्ष समेत रहनु भएको छ ।
धिमालको उमेद्वारीले यतिबेला इटहरी उद्योग वाणिज्य संघमा राम्रै चर्चा पाएको छ । अझ बस्नेत प्यानलबाट चुनावी प्रतिष्र्धामा उत्रिनु भएपछि अर्को पक्षका केही प्रत्यासी जसरी पनि धिमाललाइ हराउन अभियानमा लागेका छन् । उनीहरुको त्यस अभियानले धिमालमात्र हैन उनको प्यानल नै अझ सशक्त बन्दै गएको छ । उहाा भन्नुहुन्छ मलाई हराउने अभियानमा लाग्नेहरु आफै निर्वल बन्दै गएका छन् । उहाा भन्नुहुन्छ, इटहरी उद्योग वाणिज्य संघमा काम गर्ने मानिस आउनुपर्छ । अहिलेको अवस्थामा लिलम बस्नेत भन्दा अर्को सशक्त उमेद्वार कोही देखिदैन । अत्यन्तै मिलनसार, एउटा आदिवासी समुदायबाट समेत धिमालको उमेद्वारीलाई इटहरीका उद्योगी, व्यवसायीहरुले सकारात्मक रुपमा लिएका छन् । यसपटक हामीले धिमालसाग आसन्न इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा केन्द्रित रही संक्षिप्त वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप :
तिपाईले आगामी असार २३ गते हुने निर्वाचनमा वाणिज्यतर्फबाट उमेद्वारी दिनुभएको छ । आफैले भन्नुपर्दा चुनावी माहोल कस्तो पाउनुभएको छ ?
–वास्तवमा भन्ने हो भने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा जुन चहलपहल देखिएको छ त्यसले स्थानीय निर्वाचनकै झल्को दिएको छ । हाल दुईवटा प्यानल देखिए पनि त्यो राजनैतिक नभएर विसुद्ध व्यवसायीहरुको प्रतिष्पर्धा हो । मैले पनि सुनचाादी व्यवसायी संघको नेतृत्व गर्दै वाणिज्यतर्फबाट उमेद्वारी दिएको छु । ेसाथीहरुले यहााका उद्योगी, व्यवसायीहरुले म प्रति अत्यन्तै राम्रो सद्भाव देखाउनु भएको छ ।
तिपाईलाई इटहरी सुनचाादी व्यवसायीहरुले संस्थागत रुपमै निर्णय
गरेर उमेद्वारी बनाएको छ । तपाईका आफ्ना एजेन्डाहरु चाहिा के के छन् त ?
–चुनावी एजेन्डा भन्दा पनि संस्थागत रुपमा भन्नुपर्ने हुन्छ । सुनचाादी व्यवसाय आफैमा पनि अत्यन्तै सम्वेदनशील व्यवसाय हो । त्यो व्यवसायलाई कसरी संस्थागत गर्न सकिन्छ, एउटा सही ट्रयाकमा ल्याउन सकिन्छ र सुनचाादी व्यवसायीहरुको समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरामा निर्वाचित भएपछि सदैव पुलको रुपमा काम गर्नेछु । यद्यपि अहिले पनि मैले एउटा अध्यक्षको नाताले काम गरिरहेको छु । इटहरी उद्योग वाणिज्य संघमा गएपछि मलाई अझ सहजता हुने छ । सुनचाादी व्यवसायमा धेरै दरार छन्, हाम्रो तर्फबाट अहिलेसम्म संघमा प्रतिनिधित्व भएको छैन । मेरो एजेन्डा भन्नु भन्दा मेरो काम भोलिका दिनमा सामुहिक नै हुन्छ । म लिलम बस्नेको प्यनलमा छु । उहााले भनिसक्नु भएको छ इटहरीलाई हराभरा बनाउने, व्यवसायीको सुरक्षाको प्रत्याभूति गनेर् आदि छन् । इटहरी क्षेत्रभित्र सौर्य वत्ति राख्ने कुरा भएको छ । वस्तुगत व्यवसायीहरुको समस्या निराकरण गर्नु आवश्यक छ । यस क्षेत्रमा पर्यटन प्रवद्र्धनलाई अभियान कै रुपमा अगाडि बढाउने, खेलकुदको विकासका लागि हरसम्भव काम गर्ने आदि रहेका छन् ।
अिहिले टड्कारो रुपमा देखिएका समस्याहरुचाहिा के के छन् त ?
–अहिले यहाा सुरक्षा लगायतका कुराहरु छन् । हामी व्यवसायीहरुको सुरक्षाका लागि सम्बन्धित निकायसाग समन्वय गरेर अगाडि बढ्छौं । जहाा सुरक्षा हुन्छ त्यहाा व्यवसाय फस्टाउाछ । जहाा व्यवसाय फस्टाउाछ त्यस ठाउाको विकास चााडै हुन्छ । सुरक्षा भएपछि सबै कुराले अगाडि फड्को मार्छ ।
तिपाईले यहााका व्यवसायीहरुबाट कस्तो रेस्पोन्स पाउनु भएको छ ?
–मैले यहााका सम्पूर्ण उद्योगी, व्यवसायीहरुले मप्रति देखाउनु भएको सद्भाव, सहानुभूति र सहयोगले मैर्ले उमेद्वारी दिने अठोट गरेको हुा ।
तिपाइ एउटा सुनचाादी व्यवसायी सघको अध्यक्ष पनि हुनुहुन्छ । वास्तविक रुपमा तपाईहरुका समस्या के के छन् त ?
–व्यापारमा विवेद छ । ठूला व्यापारी, साना व्यापारी भनेर भनिन्छ तर
करमा एउटै दायरामा राखिन्छ । त्यो गर्नु हुादैन । ठूला व्यापारीलाई र साना व्यापारीलाई त्यही अनुरुप जानुपर्छ । सुन व्यवासायीहरुलाई बीच बीचमा कर, अनुसन्धान, नापतौलले जसरी तर्सर्ाउने, दु:ख दिने काम
गरेको छ । यो हुनु हुादैन । तर्साउने, दु:ख दिने काम बन्द गर्नुपर्छ । गल्ति गरेको भए हामी पनि कारबाही नगर भन्दैनौं तर अनावश्यक दु:ख दिने काम हुने गरेको छ त्यो रोक्ने काम गर्छौं । अहिले हामी आफ्नो तर्फबाट हाम्रो मात्र नभएर राम्रो र सही उमेद्वारलाई संघमा जिताइदिनुस् भनेर अभियान सञ्चालन गरिरहेका छौं । सामाजिक व्यक्तित्व भएको मान्छे संघमा आउनुपर्छ सक्षमलाई जिताउनुस् भनेर आग्रह गर्दैछौं ।
ििनर्वाचनमा उठ्नेहरु आफूलाई सक्षम भनेर आएका हुन्छन् । अहिले देखिएका दुईजना मध्ये कस्लाई जिताउन आग्रह गर्नुहुन्छ ?
–अहिले लिलम बस्नेत नै सक्षम देखिनु भएको छ । उहाा आफूमात्र सक्षम हैन उहााका प्यानलका सदस्यहरु सबै सक्षम छन् । उहाा हरेक कुरामा सक्षम
हुुनुहुन्छ । उहााको प्यानल नै विजयी हुने मलाई विश्वास छ ।
आिफ्ना साथी, उद्योगी, व्यवसायीहरुलाई के भन्न चाहनुहुन्छ ?
–म हाम्रो मान्छे हैन, राम्रो मान्छेलाई इटहरी उवासंघमा जिताउनुस् भनेर आग्रह गर्दछु । भोलिका दिनमा यहााका व्यवसायीहरुको हक हितका लागि लड्न सकोस्, इटहरीको विकासमा अहोरात्र समर्पित होस् । यस्ता मान्छे भनेकै लिलम बस्नेत र उहााका प्यानलमा रहेक साथीहरु नै हुन् ।

तपाईको प्रतिक्रिया