धरान/ आफूले भागेको समस्याअरुले पनिभोग्नु नपरोस् र शिक्षामा गुणस्तर बढोस् भन्ने उद्देश्यले सदन उच्चमा.वि.माअध्ययरत एल.एल.सी २०५१ व्याचका विद्यार्थीहरुले विद्यालयलाई कम्प्युटर प्रदान गरेका छन् ।
विद्यालयको गुणस्तरप्रति चिन्तितबन्दै शिक्षा सदनउच्च माविबाट २०५१ सालमा एलएसी दिनेहरुले मनिष खड्गीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरी सोही व्याचका २६ जनाबाट संकलित रकमले ११ थान कम्प्युटर, २ थानप्रोजेक्टर एक कार्यक्रमको बीच विद्यालयलाई हस्तान्तरण
गरेका छन् ।
बालबालिकामा लगानी गर्दा भविष्य बन्ने, सामुदायिकविद्यालय स्रोत र साधनको अभावबाट नीजि स्तरका विद्यालयसंग तुलनात्मक रुपमा गुणस्तरीय शिक्षा दिन नसकिरहेको अवस्थामा यसले केही सहज बन्ने, गरिब तथा असहाय विद्यार्थीहरुलाई प्रविधिको पहुचबाट नजिक बनाउने, सामुदायिक विद्यालयको स्तरलाई वृद्धि गर्ने, सामुदायिक विद्यालयलाई कम्प्युटर शिक्षाको पहुच पुर्याउने उद्देश्यले वैसाख १, १८ र जेष्ठ ३ गते बसेको भूपू विद्यार्थीको छलफलले तदर्थ समिति गठन गरेका थिए ।
२०१२ सालमा स्थापना भएको सदन उच्च माविको भवनअत्यन्तै जीर्ण रहेको छ । त्यसमाथि पनि २०४५, २०७२ सालको भुकम्पले झनै विद्यालयको भवन जीर्ण बनाएको छ । सामुदायिक विद्यालयको खस्कदो गुणस्तर र जीर्ण भवनले आफूलाई झस्क्याएको हुनाले आफूहरुले सहयोग गरेको एसएलसी व्याच २०५१ तदर्थ समितिका संयोजक मनिष खड्गीले बताउनुभयो । उहाले आगामी दिनमा अझै सहयोग गर्ने संकल्प समेत गर्नुभयो ।
