धरान /विद्यार्थी जीवनबाट नै नेपाली कला र सगीतलाई समृद्ध बनाउने उद्देश्यले युनाइटेड मल्टी आटर्स धरानले स्कुल स्कुलमा एकल नृत्य प्रतियोगिता २०७३’ को आयोजना गर्ने भएको छ ।
विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउदै विद्यार्थीहरुलाई शैक्षिक ज्ञानसंगै कला तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सुनसरी जिल्ला अन्तर विद्यालय एकल नृत्य प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक युनाइटेड मल्टि आर्टस धरानले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
सुनसरीमा रहेका विद्यालयका विद्यार्थीहरुबीच आयोजना गरिने सो कार्यक्रम आउदो बुधबार धरान १९ स्थित आवरहोम बोडिङ्ग स्कुलबाट प्रतियोगिताको शुरुवात गरिने आयोजक संस्थाका व्यवस्थापक सन्तोष तामाङले जानकारी दिनुभयो ।
सगीत तथा कलाका क्षेत्रबाट आत्मीयता बढाउदै स्वस्थ मनोरञ्जनका साथ विद्यार्थीहरुलाई कला क्षेत्रतर्फ आकर्षित गर्न पनि यो कार्यक्रमको आयोजना गर्न लागिएको प्रतियोगिताको संयोजक मिलन भुजेलले जानकारी दिनुभयो ।
‘विद्यालयमा पुस्तक पढ्नुमात्र शिक्षा होइन, नृत्य सिक्नुपनि शिक्षा हो’ भन्ने नाराका साथआयोजना गरिएको सो प्रतियोगिताको अर्को उद्देश्य अहिले विद्यार्थी जीवनमा लागूऔषध प्रयोग गर्नेको संख्या अत्याधिक भएकोले कला र संस्कृतिको माध्यमबाट यसको न्यूनिकरण गर्नु रहेको सयोजक भुजेलको भनाई छ ।
पहिलो चरण अन्तर्गत विभिन्न विद्यालयबाट १ सय ५०जना विद्यार्थीहरुलाई प्रतिष्पर्धामार्फत छानिने भएको छ भने फाइनल राउन्डमा १५ जनाले प्रतिष्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ । फाइनल मंसिरको तेस्रो साता गरिने र फाइनलको दिन विद्यार्थीहरुद्वारा ‘कल्चरल फेशन सो को आयोजना समेत गरिने भएको छ ।
प्रतियोगितामा धरान र इटहरीका गरी ४० विद्यालयलयका विद्यार्थीहरुले भाग लिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयका विद्यार्थीलाई २० हजार नगद, चादीको ताज,दोस्रा हुनेलाई १०हजार नगद, टूफी र प्रमाणपत्र र तेस्रो हुनेलाई ५ हजारनगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
