म निर्वाचित भएपछि मेरो पहिलो काम इटहरी उद्योग वाणिज्य संघलाई विसुद्ध व्यवसायिकको संगठन बनाउछु

इश्वरीप्रसाद पराजुली । यो नामसाग अपरिचित इटहरीका उद्योगी, व्यवसायी, सामाजिक अभियन्ता सायदै कोही होलान् । उद्योग वाणिज्य संघ, इटहरीका हालका बरिष्ठ उपाध्यक्ष पराजुलीको यो पााचामै कार्यकाल हो अर्थात उहााले उद्योग वाणिज्य संघ इटहरीमा १५ बर्ष विताइसक्नु भएको छ ।
पूर्वाञ्चलकै व्यवसायिक हव इटहरीमा आज भन्दा १७ बर्ष अगाडि इटहरीका व्यवसायी चन्द्रबहादुर बस्नेत, विश्व रिजाल लगायतका अग्रजहरुले झोलाबाट शुरु गरेको उद्योग वाणिज्य संघ इटहरी व्यवसायीहरुको मात्र विसुद्ध संगठन बन्न पुगेको छ । उद्योग वाणिज्य संघ व्यवसायीको मात्र विसुद्ध संगठन हुनुपर्छ, यसमा राजनैतिक प्रभाव रहनु हुादैन भन्ने मान्यता राख्नु हुने पराजुलीले यही २०७३ असार २३ गते हुने संघको निर्वाचनमा अध्यक्षमा आफ्नो उमेद्वारी घोषणा गर्नुभएको छ ।
व्यवसायीमात्र नभएर इटहरीका सामाजिक अभियन्ता समेत रहनु भएका इश्वरीप्रसाद पराजुलीको अध्यक्षमा उमेदवारीको घोषणासागै उद्योगी व्यवसायी उत्साहित भएका छन् । इटहरीमै जन्मिएर हुर्कनु भएका पराजुलीले इटहरीलाई नै कर्म क्षेत्र बनाउदै आउनु भएको छ । वि.सं. २०५२ सालमा मिशन ट्राभल्स एण्ड टुर्स व्यवसाय थालनी गर्नुभएका पराजुलीमा बाल्यकालदेखि नै आफ्नो खुट्टामा उभिएर आफै काम गर्ने अठोट थियो । उहाा भन्नुहुन्छ थाहा पाएदेखि मैले बुबासाग चारआना पैसा पनि मागिन । उहाा भन्नुहुन्छ, स्कुलमा पढ्दा घेरैमा ७/८ वटा कुखुरा पाल्थे त्यसबाट पकेट खर्च र किताव, कापी किन्ने पैसा आउाथ्यो । कक्षा ७ मा अध्ययन गर्दा उहााले चारबर्षसम्म इटहरीको बुधबारे हटिया ठेक्कामा लिनुभयो, आफनै बुबाका उमेरका मानिसहरुसागै डाक बढाबढ गरेर ठेक्का हात पार्नुहुन्थ्यो । कतिपयले उहाालाई प्युसे, फुच्चेसाग नसकिने भयो भनेर जिस्क्याउाथे पनि ।
पछि भारतीय कम्पनी इरकनले रोड बनाउादा बूढी खोलाको बालुवा गिट्टीको निकासीको काम उहााले नै पाउनुभयो । आफ्नो जीवन नै सामाजिक क्षेत्रबाट आगडि बढाउने उहााको अठोट थियो । उहााका हजुरबुबा–हजुरआमा खेतिपाति व्यवसायमा रहे पनि पिता लेखनाथ पराजुली यातायात व्यवसायी हुनुहुन्थ्यो । पूर्वाञ्चलमै पहिलो यातायात व्यवसायी लेखनाथ पराजुलीसागै बसन्त सुवेदी, श्याम सुवेदीले पनि त्यसबेला यातायात व्यवसाय सञ्चालन गर्नुभएको थियो । पिता यातायात व्यवसायी मात्र नभएर तत्कालीन इटहरी गाउा पञ्चायतको वडा अध्यक्ष, जिल्ला मजदुर संगठनको सभापति समेत हुुनुहुन्थ्यो । बुबाले त्यसबेला गरेका कामबाट उहाामा पनि समाजसेवाप्रतिको रुचि बढेको थियो । इटहरीको विकासमा सामाजिक क्षेत्रको नेतृत्व गर्दै अगाडि बढ्छु भन्ने धारणा राखेर उहााले कम गर्दै आउनु भयो । उहााको त्यही अठोट र सबैसाग आर्जित विश्वासकै कारण उहाा उद्योग वाणिज्य संघ इटहरीको बरिष्ठ उपाध्यक्षसम्म पुग्न सफल हुनुभयो । उहाा भन्नुहुन्छ,– यो सबै इटहरीबासीको यहााका व्यवसायीको, इटहरीका सामाजिक सञ्जालका मानिसहरुको माया नै हो । उहाालाई इटहरीका सबै पार्टीका मानिसहरुले समेत उत्तिकै माया गर्छन् । तर उहाालाई कुनै पार्टीको, कुनै वर्गीय संगठनको मानिस हो भनेर भन्न सक्दैनन् । कसैले त्यसो भनेर प्रमाणित गरेमा उद्योग वाणिज्य संघ इटहरीको असार २३ गते हुने निर्वाचनमा उमद्वारी नै नदिने पराजुली बताउनुहुन्छ । उहाालाई सबै प्रकारका विचार भएका उद्योगी, व्यवसायीले भोट दिएर जिताउदै आएका छन् । वास्तविकता पनि यही हो । उहााले उद्योग वाणिज्य संघ इटहरीमा सर्वाधिक मत ल्याएर जित्नै आउनुभएको छ । अध्यक्षको भन्दा पनि बढी मत उहााले हालसम्म पाउदै आउनु भएको छ ।
उहााले राष्ट्रिय जागृति क्लबमा ५ कार्यकाल अर्थात ९ बर्ष काम गरिसक्नु भएको छ । एउटा विसुद्ध व्यवसायी भएपनि इटहरीको खेलकुद क्षेत्रमा उहााको अहम् भूमिका रहादै आएको छ । क्षेत्रीय रंगशालाको मुद्धा उठाएर उहााकै नेतृत्वमा इटहरीमा क्षेत्रीय रंगशाला आउन सफल भयो । हाल जनता माविको ग्राउन्ड बनाउने, घेराबारा गर्ने काम उहााकै नेतृत्वमा भइरहेको छ । राष्ट्रिय जनजागृति क्लब मार्फत ११ बर्षदेखि माथिका बालबालिकाहरुलाई आफै ट्रेनर राखेर तालिम दिने, जर्सी, बुट दिने, खाजाको व्यवस्था सबै भइरहेको छ । कलबकै कारण अहिले इटहरीबाट १६ जना राष्ट्रिय खेलाडी थ्रिस्टार, आर्मी, पुलिस र अन्य क्लबमा आबद्ध भएका छन् । उनीहरुले अन्तर्रष्ट्रिय जगतमा समेत नेपालको उच्च नाम राखेका छन् । यी सबै कार्यमा उहााको अहम् भूमिका रहेको छ । यसपटक हामीले यिनै व्यवसायी एवम् सामाजिक अभियन्तासाग उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा तपाइको उमेद्वारी किन, आगामी योजनाहरु लगायत विविध विषयमा वार्ता गरेका छौं । प्रस्तुत छन् पराजुलीसाग धरान साप्ताहिकले गरेका वार्ताका सारसंक्षेप :
ज्ञतपाईले यही २०७३ असार २३ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचमा अध्यक्षमा उमेदवारी घोषणा गर्नुभएको छ । के छन् त तपाईका आगामी कार्यक्रकहरु ?
–मैले आगामी दिनका योजनाहरु के हुन्, भोलि म गर्छु भन्दा पनि इटहरीलाई मैले स्वतन्त्र रुपमा व्यवसायीका मुद्धामा चन्दा आतंक, मजदुरका आन्दोलनलाई म निस्तेज बनाउछु । भर्खरै चौधरी मार्केेटमा मजदुरहरुले तोडफोड गरे । त्यसलाई मेरै नेतृत्वमा समाधान गरो । विभिन्न किसिमका करका कुरा, इटहरीका विकासका कुरा सबैमा मैले सहभागिता जनाएको छु । इटहरीमा भएको चोक बनाउने कुरामा पमि आगाडि म बढेको छु । इटहरीको पार्क बनाउने काममा सहयोग गर्नुहुने भद्रमाया थापा मगर, राजु केसी, बालकुमारी दाहाल यी सबैको माया पाएर हामीले चोक बनाएका थियौं । फुटपाट व्यवसायलाई व्यवस्थित बनाउने काममा पनि म अगाडि बढेको थिएा । मैले गरेका कुराहरुलाई इटहरकिा व्यवसीहरुले प्रत्यक्ष रुपमा देख्नु भएको छ । इश्वरीले गर्छ यो सुद्ध व्यवसायी हो, व्यवसायीका मुद्धामा पछाडि हाट्दैन । राति १२ बजे पनि
इश्वरीलाई बोलाएर काम गराउन, कुरा
गराउन सक्छौं भन्ने आत्मविश्वास यहााका व्यवसायीलाई छ । हिजोका दिनमा रोहित प्रसाई अध्यक्ष हुादै गर्दा पनि उहाासाग सम्पर्क नहुादा यहााका व्यवसायीले इश्वरजी यहा यस्तो भयो भनि दिनु पर्‍यो, राजस्वमा यस्तो भयो, यहाा यस्तो भयो, थानामा फलाने मान्छे समातेको छ । यस्ता केसहरु पनि मलाई भन्न उहााहरु सहज मान्नुहुन्थ्यो र म रोहित प्रसाई, टंक दुलाल मार्फत सेयर गरेर पनि व्यवसायीका मुद्धालाई अगाडि बढाएर कम गर्दै आएको
छु । झण्डै डेढ,दुई सय उद्योग वाणिज्य संघले व्यवसायीका मुद्धा फस्यौट गरिसकेका छौं । अब भोलिको मुद्दा भनेको हाम्रा पूर्व अध्यक्षले शुरु गर्नुभएको भवन निर्माण छ । त्यसलाई म निर्वाचित भएपछि पहिलो मिटिङ्गबाट कमिटी गठन गरेर निर्माण कार्य पूरा गर्ने छु । त्यसपछि दोसो कुरा वस्तुगत संघहरु जुन दर्ता भएका छन् क्रमिक रुपमा अगाडि पछाडि आएकाहरुलाई कोठाको व्यवस्था वा कार्यालयको व्यवस्था गर्ने छु । त्यसो गर्दा उनीहरुले गरेका कुराहरु पनि पारदर्शीरुपमा देखिन्छ । इटहरीको व्यवसायी संघ अर्थात उद्योग वाणिज्य संघ इटहरीलाई पार्टीको भर्ति केन्द्र बन्न दिन्ना । व्यवसायी संस्था साथी तथा मित्रहरुले यसलाई कसरी सोच्नु हुन्छ मलाई थाहा छैन । मलाई भोट दिनुस नदिनुस म त्यहाा पुगेपछि मरेो पहिलो काम इटहरी उद्योग वाणिज्य संघलाई विसुद्ध व्यवसायी संगठन बनाउनु हो । त्यहाा कसैको जाल, झेल कही दर्ता नभएका, कही व्यवसायी नभएका, पार्टीको झण्डा बोकेर हिडेका, पार्टीका कार्यक्रम सञ्चालन गरेर हिडेकाहरु लाजै नभई पानमा समेत दर्ता नभएकाहरु जबरजस्ती उद्योग वाणिज्य संघमा राजनीति गर्न सदस्य बनेका छन् ।
ज्ञत्यसलाई के गर्नुहुन्छ ?
–त्यसलाई हामीले रोक्न यो भन्दा अगाडि प्रयास गरेका थियौं तर केही साथीहरुले त्यसलाई विरोध गर्नुभयो । म भोलिका दिनमा अध्यक्ष भएपछि त्यसमा फिल्टर गर्छु । संस्थालाई फिल्टर गरेर कम्प्युटर सिस्टममा लगेर सफ्टवेयरमा डेभलप गरेर यी चिजहरुलाई हटाउाछु । पान नम्बर नभएका व्यवसाय, व्यवसाय नभएका व्यवसायीहरु, करमा रिनो नभएका व्यवसायीहरु, जसले प्रमाणपत्र बोकेका छन् कही दर्ता छैनन, कर तिरेका छैनन् र व्यवसाय नै छैन त्यस्तालाई छाट्छु । शुद्ध इटहरीका उद्योगी व्यवसायीको संगठनको रुपमा इटहरी उद्योग वाणिज्य संघलाई डेभलोप गर्छु । त्यसपछि यहााका व्यवसायीको सरसल्लाह र सुझाव अनुसार काम गर्छु । मेरो इन्ट्रेसमा कुनै काम गर्दिन । यहाा भएका वस्तुगत संघसाग छलफल गरेर मन जितेर सहकार्य गरेर संघलाई व्यवसायी सागठन रुपमा अगाडि बढाउदै जान्छु । कामको योजना पनि मेरो मात्र योजना नभनी सबैका समेट्छु । मैले मेरो मात्र कार्यक्रम घोषणा गर्दा अरु वस्तुगत संघले यो यो् चिज पनि लैजानुपर्छ, छुटेको रहेछ भन्नुभयो भने त्यसलाई पनि समेटेर हातेमालो गर्दै अगाडि बढ्छु । इटहरीलाई विहीबार बन्द गर्ने कुरामा पनि म कडाइका साथ अगाडि बढ्छु । बन्द तोकिएको दिन चाहे त्यो विहीबारको सट्टा शनिवार भएपनि पूर्ण रुपमा बन्द गराउने प्रतिबद्धता गराउाछु । विगतमा हामीले इटहरीलाई प्लाटिक्स मुक्त सहर भनेर घोषणा गरेका छौं । हाल आएर अलिकति कसैले थोर बहुत चिटिङ्ग गरिरहेको छ भने त्यसलाई कडाई गर्छौ । वृक्षरोपणको कार्यक्रम हामीले ल्याएका थियौ । पहिला हामीले १० हजार विरुवा रोप्यौं । अब त्यसलाई निरन्तता दिनेछु । त्यसबेला केही गल्ति भएको छ । कति विरुवा हामीले हुर्काउन सफल भयौं कति मरेर गएका छन् । अब कसरी जाने भनेर स्थानीय नगरपालिकासाग, अन्य निकायसाग सहकार्य गरेर अगाडि बढाउाछु । इटहरीमा भएका व्यवसायीहरुलाई विभिन्न किसिमका समस्या छन् । हाम्रा व्यवसायी कस्ता छन् भने क्षेत्रीय, बाहुन, राई, लिम्बु भर्खर व्यवसायमा लागेका हुन् । नेपालका मारवाडी भनेको नेवार समूदायलाई लिइन्छ । उहााहरु पहिलादेखि नै व्यवसाय क्षेत्रमा लाग्नु भएको छ । उहााहरु खातापाता राख्ने कुरामा पोखत हुनुहुन्छ । ठूला ठूला कम्पनी चलाउने अन्य जातिका एकाउन्ट राम्रो छैन । सरकारले विभिन्न किसिमका कार्यक्रम ल्याएर
करका दायरा बढाउने, कर असुली गर्ने गर्छ । त्यसैले गर्दा व्यवसायीहरुलाई विभिन्न तालिमहरु, सेमिनारहरुमा सहभागी गराउन मैले शुरु गरेको छु । त्यसलाई निरन्तता दिन्छु ।
ज्ञतपाईसाग यति राम्रा कार्यक्रम छन् । तपाईले चार कार्यकाल उद्योग वाणिज्य संघ इटहरीमा पूरा भइ गरिसक्नु भएको छ । विगतमा के के भए त ?
–विगतमा धेरै कुरा मैले भनिसकेका छु । विगतमा उद्योग वाणिज्य संघले नगर्दै गर्दा पनि धेरै कुरा भएका छन् । हरेक कार्यमा उद्योग वाणिज्य संघको सहकार्य थियो । म आउट अफ भएर जाादा पनि संघका अध्यक्षको समर्थन भएरै मैले काम गरेको हुा । यी सब जति कुरा आएका छन् सबै उद्योग वाणिज्य संघले गरेका काम हुन् । हामीले अर्को के कुराको शुरुवात गरेका छौ भने इटहरीलाई बन्द निषेधित क्षेत्र घोषणा गर्ने भनेर अभियानको रुपमा राखेर विभिन्न दलmसाग विभिन्न चरणमा हामीले छलफल गर्‍यौं । त्यसैले आज नेपालका अन्यत्र ठाउामा बन्द हुादा इटहरी खुल्लै हुन्छ , यो सबै उद्योग वाणिज्य संघको पहलमा राजनैतिक दलसाग बसेर छलफल गरेर सहकार्य गरेर हामीले
इटहरीलाई बन्दमुक्त गर्‍यौं । त्यत्रो मधेश आन्दोल भयो, नाकाबन्दी भयो, तर इटहरी बन्द भएन । यदाकदा राजनैतिक दलको समेत कुरा राखिदिन एक दुई घण्टा बन्द गरौ, गरिदिउ भनेर आफ्नो अभियानको रुपमा लगेका छौं । निकट भविष्यमा सबै दल मिलेर अगाडि बढ्छों । भोलिका दिलन संविधान कार्यान्वयनको कुरा आउाछ त्यसबेला असहजता होला , त्यसबेला पनि सबै दल, सबै युनियन, सबै सगठनसाग सहकार्य गछौ)।
इटहरीलाई नजिरकै रुपमा बन्दमुक्त सहर बनाउाछौं । यसो नभएमा भएका उद्योगहरु पनि धरासायी भएर जानेछन् । यसभन्दा अगाडि नै धेरै उद्योग धरासायी भइसकेको छन् । बन्द सधैका लागि बन्द गरौ भन्ने अभियान चलाउाछौं ।
ज्ञतपाई अध्यक्ष भएपछि उद्योग वाणिज्य संघलाई कस्तो बनाउने सोच बनाउनु भएको छ ?
–जबसम्म व्यवसायी संगठन उद्योग वाणिज्य संघ बन्दैन तवसम्म हामी त्यहाा काम गर्न सक्दैनांै । पार्टीको पदीय दायित्वमा बसेको मान्छे उद्योग वाणिज्य संघको कुनै पनि कार्यसमितिमा बस्यो भने काम गर्नै सक्दैन । उसले म स्वतन्त्र बस्छु भने पनि त्यो सम्भव हुादैन । पार्टीको प्रेसरले (यो यो काम गर यी मान्छे छिरा) राजनैतिक गर्छ । पार्टीको भोट बैंक बनाउनुपर्छ भनेर पार्टीले टर्चर गरेपछि उसले व्यवसायीको हक हितमा काम गर्नै दिादैन । त्यसैले पार्टीमा बसेका, पार्टीलाई भोट मागेर हिाडेकाहरु संघमा पुगे भने त्यो व्यवसायीको संगठन बन्न सक्दैन ।
ज्ञअहिले हरेक संघ संगठनहरुमा
राजनैतिक दलहरु हावी भएका छन्, भोलिका दिन उद्योग वाणिज्य संघ इटहरीमा पनि हावी हुादैन भनेर तपाई कसरी
ग्यारेन्टी लिन सक्नुहुन्छ ?
– हो यो कुरामा मलाई इटहरीका व्यवसायीहरुले साथ दिनुभयो भने म उद्योग वाणिज्य संघ इटहरीलाई नेपालकै नमूनाको रुपमा, सन्देशको रुपमा स्थापित गर्छु । व्यवसायी बाहेक एउटा मान्छे पनि उद्योग वाणिज्य संघमा सदस्य भएको देखाइदिए पनि म राजीनामा दिएर बाहिरिन्छु । त्यसैले म ग्यारेन्टीका साथ भन्छु म उद्योग वाणिज्य संघ इटहरीलाई व्यवसायीको सुद्ध संगठन बनाएरै छाड्छु ।
ज्ञअब आगामी तपाईका थप योजनाहरु के के छन् त ?
–मैले धेरै कुरा भनिसको । पुराना योजनालाई निरन्तता दिादै व्यवसायीका मुद्दालाई ध्यान दिने हो । कतिपय व्यापारीहरु चपेटिएका छन् । अहिले टड्कारो भनेको घरवहाल कर पनि हो । घर बहाल कर घरधनीले तिर्ने
हो । राज्यले यसमा कानुन नबनाई हुादैन । कर कार्यालयले व्यवसायी चेपुवामा पारेर असुली गर्छ । व्यवसाय रिनो गर्न जाादा वा कर तिर्न जाादा हाम्रा व्यवसायीसगा घरको पनि बहाल कर तिर भनेर सरकारले जबरजस्ती लादेर जुन चिज अगाडि बढाएको छ त्यसले मैले धेरै वटा सेमिनार, अर्थमन्त्रीको कार्यक्रममा राखेको छु । यसलाई चााडै े सरकारले सम्बोधन गरेर जाने अवस्था बन्दै गएको पनि छ । घरबहाल कर घरधनीलाई नै तिराउने, व्यवसायीले तिर्नु हुादैन भनेर यहााका नपासाग पनि हामीले धेरै पटक सहकार्य गरिसकेका छौं । नगरपालिका वा स्थानीय सरकारले पनि भोलिका दिनमा सम्पत्ति एकीकृत कर तिर्दै जाादा दुई प्रतिशत घरवाहाल र नपाले पाउनुरपर्छ । आजसम्म इटहरी नपाले दुई प्रतिशत घरवहाल कर लिन सकेको छैन । कहाा चुक्यो किन लिन सकिरहेको छैन ? नपामा पनि एक किमिसको राजनैतिक दबाबले गर्दा त्यो दुई प्रतिशत
राजस्व विकासका पैसाहरु लिन सकेको छैन । यी कुरा व्यवसायीलाई अगाडि बढएर,
विरोध गरेर दुई प्रतिशत असुल गराउन पहल गर्छु । अन्य दश प्रतिशत कर जुन कर कार्यालयमा बुझाउनुपर्छ त्यो पनि घर धनीले नै तिर्नुपर्ने अवधारणा मैले तयार पारेको छु । अहिल्यै म सबै कुरा सार्वजनिक गर्दिना । भोलिका योजनाहरु मैले अगाडि बढाएको छु । घर बहाल करबाट म मेरा व्यवसायी साथीहरुलाई मुक्त बनाउनुछु । मैले अघि पनि भने तालिम लगायतका कुराहरुबाट सबै व्यवसायीले आफ्ना एकाउन्ट राख्न सक्ने बनाउाछु । यसका अलावा व्यवसायीका समस्या भोलिका दिनमा जे जे आउाछन् यसलाई टिपोट गरेर, चुनावमा भोट माग्दै जाादा पाएका कुराहरुलाई अगाडि बढाउाछु ।
ज्ञव्यवसायीहरुबाट कस्तो रेस्पोन्स पाउनु भएको छ आफ्नो उम्मेदारप्रति ?
–मैले इटहरीमा चुनाव जित्ने आधार भनेकै व्यवसायीको मायाले हो । आज पनि व्यवसायीले इश्वरीलाई भोट हाल्नुपर्छ भनेर आफ्नो पैसा गोजी खर्च गरेर रिनो गर्दै जानु भएको छ । मैले कुनै व्यवसायीलाई गएर
तेरो रिनो गरिदिन्छु, म पैसा हालिदिन्छु भनेर हिडेको छैन । सुद्ध व्यवसायीले आफै म दाजु भोट हाल्छु, तपाईलाई किन तिराउनु भन्छन् । भोलि केही काम पर्‍यो, थानामा कोही पर्‍यो, फलानोले यति पैसा खाइदियो, आगलागी भयो आदिमा इश्वर सदैव अगाडि पुग्छ । यो सबैलाई थाहा छ । इटहरीमा भर्खरै आगलागी हुादा करोडेौको सम्पत्ति क्षति भयो । त्यसदिन हामी एउटा कार्यक्रममा भेडेटारमा थियौं । त्यहााबाट आउादा आगलागी भएको थाहा भयो । यहाा आउनासाथ अध्यक्ष
रोहित प्रसाई, टंक दुलाल लगायतका साथीहरुले आर्मी, प्रहरीलाई बालायौं । सबै काममा लाग्यौ । राति एक बजेसम्म त्यहाा कस्कस्ले काम गर्‍यो भनेर व्यवसायीले देखेका छन् । हामीमध्ये भएका साथीहरु को को थिए । त्यत्रो आगोले इटहरी सिद्धिन्थ्यो । एउटा व्यवसाय त सकियो सकियो इटहरी बजार सकिादा कति व्यवसायी सकिन्थे ? त्यसबेला हाम्रा अन्य साथीहरु कहाा सुत्नु भएको थियो । कहाा जानु भएको थियो । इटहरी हलेसी इम्पोरियममा ५० हजार नदिए भौतिक कारबाही गर्छु भनेर चिठ्ठी पठाए । त्यस्तो अवस्थामा पनि मैले सिडिओलाई भनेर प्रहरी बोलाएर प्रक्राएर कागज गराएर छोडाएको थिएा । त्यसभन्दा अगाडि खम्बुवानले त्यसै गरेको थियो । त्यसबेला म आफै किशन खेरियाको घरमुनि बसेर सबैलाई बोलाएर काम गरे । त्यसबेलाको अवस्था पनि त्यस्तै थियो । कसैले घाटीमा घण्टी नझुण्ड्याउने । इनिस्पेक्टर सुरेन्द्र सिटौलालाई भनेर त्यस्तालाई थुनेर
कारबाही गर्‍यौ । केन्द्रदेखिका मान्छे छुटाउन आएका थिए । त्यसबेला यी सबै कम गर्न मलाई उद्योग वाणिज्य संघले अह्राउनु
परेन । मैले आफै विवेक पुर्‍याएर स्वस्फूर्त रुपमा अगाडि बढे । मेरो जित्ने आधार भनेको व्यवसायी मेरो पक्षमा छन् । जसको पैसा खाए पनि जसले जे भनेपनि व्यवसायी साथीहरुले मलाई साथ दिनुहुन्छ । म दुई तिहाई वहुमतले जित्छु । केही गर्दा मलाई बोलाउनु हुन्छ । मबाटै काम गराउनुहुन्छ । म सबैभन्दा सजिलो छु । म गोजीमा, पकेटमा राखेको रुमाल हुा । मैले व्यवसायीको दु:ख सुखमा मलमपट्टी लगाउने काम गरिहेको छु । यो नै मेरो मुख्य आधार हो । सन्तोष सुनुवार भाइले भर्खरै घर किन्नुभयो । उहााको घरमा घरवालाले चाबी लगाइदियो । घरवालाले दुई दिन चाबी लगाइदिादा व्यवसायीले मलाई नै बोलाउनुभयो । इश्वरी भाइलाई बोलाउादा आउाछ, तुरुन्तै आउाछ, जतिखेर पनि आउाछ । हाम्रो पक्षमा न्याय हुने गरी बोलिदिन्छ, कसैको एक पक्षको कुरा गर्दैन भन्ने उहााहरुमा विश्वास छ ।
ज्ञअन्त्यमा केही छ ?
–मेरा आदरणीय दाजु, भाइ, उद्योगी व्यवसायी साथीहरु, मित्रहरु जसले मलाई अत्यन्तै विश्वास गरेर चार कार्यकालसम्म सर्वाधिक मत दिएर बरिष्ठ उपाध्यक्ष सम्म पुर्‍याउनु भयो, यसका लागि म सबैलाई धन्यवाद दिन्छु । अब यो अन्तिम हो अब माथि जने भनेको अध्यक्ष हो । कि मले घर हिाड्नु पर्‍यो कि मलाई काम गर्ने मौका दिनुपर्‍यो । यो सामाजिक सञ्जालदेखि व्यवसायिक सञ्जालसम्म पुर्‍याएर जुन काम गर्ने अवसर दिनु भएको छ , भोलिका दिनमा कतै पनिलोभलालचमा नपरी काम गर्छु भन्ने विस्वस्त बनाउछु । अहिले म सुन्दैछु, तालाई उपाध्यक्ष दिन्छु कसैलाई हार्दा पनि सदस्य दिन्छु भनेर आश्वासन बााड्दै छन् रे । हजार जनालाई आश्वासन बााडेर क–कसलाई दिने ? उहााले जित्ने आधार के ? व्यसायीका पक्षमा के गर्नु भएको छ ? इटहरीका विकासका मुद्दामा के गर्नु भएको छ । छेउमा दुईवटा फोटो राख्नुस् फोटो आफै बोल्छ । दुई वटा फोटे हेरेर आत्मालाई सोधेर निर्णय गर्नुस् । म सही छु, ठीक छु, तपाईहरुका काम गर्न सक्छु, गर्छु भन्ने लाग्छ मलाई भोट दिनुस् । म सक्दिना, गर्दिना, गर्दै गर्दिन भन्ने लाग्छ भने भोट नदिनुस् ।

तपाईको प्रतिक्रिया