धरान/नेपालका लागि भारतीय
राजदूत रन्जित रेले नेपाल र भारतबीचको सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने बताउनुभएको छ ।
विगत केही समय यता नेपालको आन्तरिक राजनीतिकका कारण दुई देशबीचको सम्बन्धमा अनावश्यक हो–हल्ला र टिकाटिप्पणी भइरहेको अवस्थामा राजदूत रेले त्यस्तो कुरा बताउनुभएको हो ।
जानकी नवमीको अवसरमा आइतबार वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्द्वारा आयोजित एक विशेष कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै राजदूत रेले भन्नुभयो नेपाल–भारत सम्बन्ध रामायणकालदेखि नै प्रगाढ रहेकोले यो सम्बन्ध कसैले चाहेर पनि विगार्न सक्दैन । दुवै देशबीचको सम्बन्धलाई अझ प्रगाढ र मैत्रीपूर्ण बनाउन दुवै देशका तर्फबाट प्रयत्नहरु हुनुपर्छ । उहााले भन्नुभयो दुवै देशका जनताको साझा धरोहर र धार्मिक सम्बन्ध अटुट रहेको छ र सदैव रहने छ ।
राजदुत रेले अगाडि भन्नुभयो
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको दर्शन गर्ने प्रवल इच्छा व्यक्त गरिरहनु भएकोले निकट भविष्यमै उहााको भ्रमण हुनसक्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ ८ गते हुने विश्व वौद्ध सम्मेलनमा भाग लिन आउने र त्यसैबेला रामजानकी मन्दिरको समेत दर्शन गर्ने भनिएको थियो । तर विविध कारणले हाललाई प्रधानमन्त्री मोदीको भ्रमण स्थगित भएको छ । सम्बोधनका क्रममा राजदूत रेले भन्नुभयो जनकपुर लाखौ भारतीय नागरिकहरुको आस्थाको केन्द्र हो । यसको सर्वाङ्गिर्ण विकासका लागि भारत सरकारले सदैव चासो राख्ने छ । उहााले भन्नुभयो भारत सरकारको सहयोगमा सञ्चालित रेल्वे परियोजना, हुलाकी मार्ग निर्माणमा केही सुस्तता देखिएको छ । अब यसलाई तिब्र रुपमा लैजाने पनि उहााले बताउनुभयो । फागु पूर्णिमाको अवसरमा यहाा आयोजना हुने १५ दिने मिथिला माध्यामिक परिक्रमाको चारवटा वडास्थलमा विहार समेत पर्ने हुनाले परिक्रमा मार्गलाई भारत सरकारले प्राथमिकतामा राखेको छ । सो अवसरमा काठमाण्डौस्थित ओसो तपोवनका प्रमुख एवम् इन्जिनियर अरुण आनन्द, पूर्व मन्त्री रामचन्द्र झा, विरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासकी कन्सुलर अञ्जु रञ्जन लगायतले बोल्नुभएको थियो ।
