सुनसरी उवासंघको पदाधिकारीहरुको पदस्थापन

धरान/सुनसरी उद्योग वाणिज्य संघ, धरानको हालै सम्पन्न नव निर्वाचित पदाधिकारीहरुको सोमबार पदस्थापन
गरिएको छ ।
सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा निर्वाचत अधिकृत प्रा.डा. राजेन्द्र पोख्रेल (शर्मा) ले नव निर्वाचित अध्यक्ष राजेन्द्र साह, सदस्यहरु नविनराज राजभण्डारी, उपेन्द्र चाम्लिङ्ग, गिरिधारी सापकोटा, किरणकुमार अग्रवाल, किशन मास्के, मनोज श्रेष्ठ, मानबहादुर विश्वकर्मा, राजेश अग्रवाल, शुभेच्छा अधिकारी, विजय श्रेष्ठ, महेन्द्र प्रधान, शिवराज श्रेष्ठ, पियुसराज आचार्य, विमला श्रेष्ठ, अनिल अग्रवाल, सञ्जयकुमार अटल, दिपक श्रेष्ठलाई विजयी प्रमाणपत्र प्रदान गर्नुका साथै नव निर्वाचित अध्यक्ष राजेन्द्र साहलगायत सम्पूर्ण सदस्यहरुलाई सपथग्रहण गराउनुभएको थियो ।
संघका निवर्तमान अध्यक्ष सरोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव विजय श्रेष्ठले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया