अपराध नियन्त्रणमा नागरिक प्रहरीको भूमिकाप्रति धरानेहरुको गुनासो र आक्रोस नागरिकले दिएको सूचना प्रहरीबाटै चुहिने : कमिशन र आर्थिक प्रलोभनमा प्रहरी

धरान/आइतबार यहाा आयोजित एक कार्यक्रममा नेपाल प्रहरीको काम कारबाही, गतिविधि, सर्वसाधारणलाई अनाहकमा दु:ख दिने, घुसखोरी र
राजनैतिक गुण्डाहरुको निर्देशनमा प्रहरी चलेको भन्दै उद्योगी, व्यवसायी, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा सर्वसाधारणले व्यापक गुनासो गरेका
छन् ।
अञ्चल प्रहरी कार्यालय कोशीद्वारा आयोजित अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा नागरिक र प्रहरीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो गुनासो गरेका हुन् । नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक विज्ञानराज शर्माको समुपस्थितिमा भएको अन्तरक्रियामा प्रहरीका गतिविधिप्रति सहभागीहरुले आक्रोस समेत व्यक्त
गरेका थिए ।
नेपाल सुनचाादी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहनकाजी शाक्यले भोजपुर र लहानको घटनाको उदाहरण दिादै भन्नुभयो विना आधार, विना अनुसन्धान कसैलाई पक्राउ गरी कारबाही गर्ने काम प्रहरीले बन्द गर्नुपर्छ । बिल नभएको सामान भनेर सार्वजनिक गर्ने अनि बिल देखाउादा धम्क्याउने, बिल लुकाएर दु:ख दिने प्रवृत्ति प्रहरीले बन्द गर्नुपर्छ । यस सम्बन्धमा उच्च पदस्थ प्रहरी अधिकृतलाई जानकारी दिादा उल्टै थ्रेड आउाछ । व्यापारीलाई फासाउने, त्यसवापत आएको कमिशन भागबण्डा गरिने भएकोले पनि प्रहरीको आचरण्मा सुधार नभएको शाक्यको
आरोप थियो । नेपाल प्रहरी पुरानो मानसिकताबाट चलेको भन्दै उहााले कार्यक्षेत्रमा खटिएका प्रहरीमाथि पनि निगरानी राख्न अर्का एउटा गोप्य समूह बताउनुपर्ने सुझाव दिनुभयो ।
एमाले जिल्ला कमिटी सदस्य
मुरारी सुवेदीले प्रहरीको काम कारबाही नै गलत भएको गुनासो गर्नुभयो । उहााले भन्नुभयो नागरिकको भूमिका सहयोगी र प्रहरीको कार्यकारणी भूमिका हुन्छ । हिजो एकजना प्रहरीले ५० जनालाई कारबाही गर्न सक्थ्यो भने हाल ५० जना प्रहरीले एक जनालाई कारबाही गर्न सक्दैन ।
अपराधमा नागरिकले प्रहरीलाई सूचना दिादा प्रहरीबाटै अपराधीलाई फलानाले भनेको भनेर जानकारी दिइन्छ । यसले सूचना दिने नागरिक असुरक्षित हुन्छ । असुरक्षित नागरिकले प्रहरीलाई के सूचना दिने ? पूर्व सहायक प्रहरी निरीक्षक दिलिप श्रेष्ठको समेत त्यस्तै गुनासो थियो । उहााले भन्नुभयो, आफ्नो टोल छिमेकमा लागू औषध कारोबारी, विभिन्न अपराधमा संलग्नहरुको प्रहरीलाई सूचना दिादा प्रहरी दिलिप श्रेष्ठको घर कहाा हो, उहााले यस्तो यस्तो सूचना दिनुभएको थियो भन्दै आफ्नै घरमा आउाछन् । प्रहरीले त्यस्ता अपराधी खोज्ने कि मेरो घरमा आउने उहााको प्रश्न थियो । उता नेपाली कााग्रेससका पूर्व नगर सभापति घनश्याम आचार्यको गुनासो पनि शाक्य, सुवेदी र श्रेष्ठको भन्दा पृथक थिएन । उहााले भन्नुभयो राजनैतिक दलका कार्यकर्ता प्रहरीसागको अपराधमा संलग्न रहन्छन् । दलकै सरकार भएकोले
अपराधीहरु दलका गुण्डाहरुकै दबाबमा प्रहरीले छोड्छन् । उहााको सुझाव थियो अब दलका कार्यकर्ताले प्रतिबद्धता जनाउनुपर्छ हामी प्रहरीलाई अपराधीको पक्षमा दबाब दिादैनौं,
अपराधी छुटाउदैनौ भनेर । जबसम्म उनीहरुले प्रतिबद्धता जनाउादैनन् तवसम्म अपराध नियन्त्रण हुादैन, आचार्यको कथन थियो । अन्तरक्रियामा नेपाल परिवार नियोजन संघ सनुसरीकी अध्यक्ष श्यामा रेग्मी, नेपाल भूतपूर्व प्रहरी संगठन सुनसरीका उपाध्यक्ष जुद्धबहादुर लोहनी, पूर्व सहायक प्रहरी निरीक्षक राजु श्रेष्ठ, नेपाली कााग्रेस वडा नं. १४ की वडा अध्यक्ष सीता पौड्याल, पिण्डेश्वर विद्या पिठका प्राध्यापक डा. भरत भट्टराई, धरान उपमहानगरपालिका वडा नं. ६ का वडा नागरिक मञ्चका संयोजक
रमेश राई, कोशी अञ्चल यातायात व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद सुवेदी, प्रेमप्रसाद पौड्याल, अजय राई, राजेन्द्र साह, शिला बज्रचार्य, सन्तोष काफ्लेले समेत
अपराधमा प्रहरीको काम कारबाही ठीक नभएको गुनासो गरेका थिए ।
नागरिकका तर्फबाट आएको गुनासाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख
पोषराज पोख्रेलले नागरिक र समाजको रुचीमा हामी चल्छौं । नागरिकबाट आएका सूचना प्रहरीबाटै चुहिनु राम्रो नभएको र त्यसमा अब आफूले मातहतका प्रहरीलाई आजैबाट कडा निर्देशन दिने बताउनुभयो । प्रहरी जनशक्ति अत्यन्तै न्यून रहेकोले प्रहरीले चाहेजस्तो शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकको पोख्रेलको तर्क थियो । सो अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले भन्नुभयो अपराध नियन्त्रण गर्न नागरिकको ठूलो भूमिका रहन्छ । आजको समाज भ्रष्ट भइसकेको छ । राजनैतिक आस्थामा विभाजित छ । उहााले भन्नुभयो कुनैपनि नागरिकलाई नागरिकताको प्रमाणपत्र दिनुको उद्देश्य असल नागरिक बन्नु होस् भनेर नै हो । परिवर्तन बोलेर हुादैन, शैली र आचारण असल हुनुपर्छ । परिवर्तन पसलबाट चामल किनेजस्तो होइन । हामीमा प्रतिबद्धता, समन्वय हुनुपर्छ । अपराध एउटा निकायले मात्र समाधान गर्न सक्दैन । त्यसैले हामीले अपराधका विरुद्ध सामुहिक प्रतिबद्धता जनाउनै पर्छ ।
नागरिक तथा मातहतका प्रहरीहरुको गुनासो र भनाईपश्चात प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले भन्नुभयो प्रहरीदेखि मलाई पनि केटाकेटीमा साह्रै घृणा लाग्थ्यो । आफ्नै घर छेउको प्रहरी चौकीका असईले अनाहकमा मान्छे कुटेको, दु:ख दिएको मैले देखेको थिएा । तर समयले मलाई यही पेशामा ल्यायो, अहिले ठिकै र राम्रै लाग्न थालेको छ भन्दै शर्माले २०४६ साल यता प्रहरीले आफ्नो आचारणमा परिवर्तन ल्याएको बताउनुभयो । उहााले भन्नुभयो हिजोको आाखाले अब
प्रहरीलाई नहेरिदिनुस् । आज हामी देशभरिमा ७२ हजार प्रहरी छौं, एउटै घरमा त सबैको एउटै स्वभाव हुादैन । दुई चार जना प्रहरी खराब भए भन्दैमा सबै खराब हुन् भन्न मिल्दैन । अरुभन्दा प्रहरी फरक छन् । १०–१५ जना मान्छेका लागि यहााका मानवअधिकारवादीहरु बोल्छन् तर हजारौ व्प्यक्तिको मानव अधिकार रक्षा गर्दा प्रहरीले मानव अधिकार हनन गर्‍यो भनेर अखबारमा समाचार आउाछ । अपराधमा गरिने अनुसन्धान एउटा जटिल प्रक्रिया हो । अपराध अनुसन्धानमा जिरो प्रतिशत वा सय प्रतिशत भन्ने हुादैन । जबसम्म अनुसन्धान सफल हुादैन त्यसबेलासम्म जीरो प्रतिशत हुन्छ भने पूरा भएपछि सय प्रतिशत हुन्छ । कार्यक्रमको सञ्चालन अञ्चल प्रहरी कार्यालय कोशीका प्रहरी प्रमुख पवन खरेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया