समय अनुकुल हुँदैन

दशबर्षे कथित जनयुद्ध (?) का मतियारहरु यतिबेला सम्पूर्ण नेपालीहरुका आस्थाको केन्द्र अदालतको विरोध गर्नमा तल्लिन भएका छन् ।
एमाओवादीले तत्कालीन शासकहरुसाग नभएर निरीह सोझा नागरिक, आदेशमा चल्ने सामान्य प्रहरी प्रशासन, निअपराध शिक्षक, हातमुख जोड्न धौ धौ भएका गरिब आदिलाई जनयुद्धको नाममा सफाया गरेको थियो । तत्कालीन शासकहरुलई माओवादीले भौतिक रुपमा सानो चोट समेत पुर्‍याएन ।
आज तिनै निम्न स्तरका पीडितहरुले हिजोका घाउहरुलाई विर्सन नसकेर सत्य निरुपण तथा मेलमिला आयोग, अदालत, मावन अधिकार र आयोगमा उजुरी दिन थालेपछि यतिबेला माओवादीका नेताहरुका निद हराम भएको छ । हिजो समय माओवादीको थियो । उनीहरुका डर, त्रास, धम्कीले बोल्न र विरोध गर्न शाहस सवसाधारणले जुटाउन सकेका थिएनन् । अहिले समय माओवादी नेताहरुको प्रतिकूल भएको छ । अर्थात समय उनीहरुको अनुकूल छैन ।
धमाधम द्वन्द्वकालीन मुद्धाहरु व्युतिन थालेपछि माओवादीका शीर्षस्थ नेताहरु अदालतलाई नै प्रभावित गर्ने गरी आÏनो अभिव्यक्ति दिन थालेका छन् । हिजोको अपराधबाट उनीहरु भयवित छन्, उनीहरुमा आत्मग्लानी पलाएको छ । त्यसैले हिजोका अपराधबाट उम्किन उनीहरु बर्बराउन थालेका छन् । युद्ध अपराध सामान्य कुरा हैन, युद्ध
अपराधीहरुलाई ५० औं बर्षपछि पनि मृत्युुदण्ड, आजीवन काराबास भएका उदाहरण विश्वसामू रहेको छ । यही विम्व नजिरबाट यतिबेला नेपालका सत्तासीन समेत रहेका माओवादीहरु आत्तिएका हुनुपर्छ, बर्बराएको हुनुपर्छ ।
भर्खरैमात्र मोवादीको मुलधारबाट अलग भएका माओवादी नेताहरु राजधानीको एक कार्यक्रममा एकै थलोमा उभिएर अदालतको कडा आलोचनामा एक साथ देखिए । मुलधारका भनिएका एमाओवादी अध्यक्ष प्रचण्डले अदालतको अहिलेको रवैया शान्ति प्रक्रिया र संविधान कार्यान्वयन विपरीत रहेको भन्दै त्यसले निरन्तता पाए आफूमात्र नभएर द्वन्द्वताका प्रधानमन्त्री कााग्रेस सभापति शेरबहादुर देउवा पनि जेल पर्ने निश्चित भएको दाबी गरे । उनले शेरबहादृुर देउवा के
कारणले जेल पर्छन् भन्ने कुराचाहिा प्रष्ट्याएनन् । राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द पनि प्रधानमन्त्री थिए भने हालका परराष्ट्रमन्त्री कमल थापा गृहमन्त्री थिए । कारबाही कमल थापालाई पनि हुनुपर्छ भनेर उनले भन्न सकेनन् ।
विस्तृत शान्ति सम्झौता र युद्धकालीन मुद्दाका विषयमा भएको अन्तरक्रियामा प्रचण्डले आफ्नो सम्पूर्ण समय अदालतको आलोचनामै विताएका थिए । एउटा स्वतन्त्र अदालतको सत्तासीन दलकै नेताबाट त्यसरी आलोचना हुनुलाई कसैले पनि राम्रो मान्न सक्दैन । उनले भने मलाई जेल हालिन्छ भने कााग्रेस सभापति देउवा, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैध, रामबहादुर थापा, पार्टीबाट निस्किएका र चोखिएका बाबुराम भट्टराई सबै जेल पर्छन, प्रचण्डले भनेका थिए । नागरिकद्वारा दायर मुद्दामा अदालतलले एस वा नो को एउटा निर्णय दिन्छ । त्यो दालतको धर्म र नियमित प्रक्रिया हो । अदालतले कसैलाई पनि फलनाको विरुद्ध मुद्दा दायर गर भन्दैन । तर आएका मुद्दालाई प्रक्रियागत ढंगले निम्ट्याउन उसलाई बाहिरबाट चुनौति दिनु संविधानको ठाडो उल्लंघन हो, कानुनको बर्खिलाप हो । अध्यक्ष दहालले कतिसम्म भने भने त्यो अदालत भनेको के हो ? अदालतका कारण मुलुक गम्भीर घटना हुने वातावरण निर्माण राम्रो हो ? सत्तासीन दलकै नेताबाट अदालतको विरुद्धमा यसरी भाषणबाजी गरिन्छ भने यहाा जंगली राज स्थापना गरिदिए भैगो नि । अदालत चाहिादैन भनेर मन्त्री परिषद् निर्णयबाट खारेज गरिदिए भैहाल्थ्यो नि ।

तपाईको प्रतिक्रिया