बेहुलो विना नै बिहे गरिने अनौठो चलन

बिहे भन्ने बित्तिकै बेहोला र बेहुलीको मिलन भन्ने बुझिन्छ । अरु भााडमा जाउन, तर बिहेमा बेहुलो र बेहुलीको उपस्थिति चाहीा अनिवार्य हुन्छ । बेहुलो बेहुली बिनाको बिहेको कल्पना पनि गर्न सकिन्न । तर भारतमा भने एउटा यस्तो ठाउा छ जहाा बेहुलो विना नै बिहे हुन्छ ।
गुजराातको उदयपुर जिल्लामा बेहुलो बिनाको अनौठो बिहे हुन्छ । बिहेमा दुलही त हुन्छिन् तर दुलाहाको उपस्थिति हुादैन । उदयपुर जिल्लाका सुरखेडा, अबा तथा सनाडा गाउामा बस्ने राठवा समुदायका मानिसहरुमा यस्तो प्रचलन सदियौा देखि चलिआएको छ ।
बिवाहमा दुलाहाले गर्नुपर्ने सबै काम उसकी कुमारी बहिनीले गर्द्छिन् । बेहुला जन्तीसाग दुलहीको घरमा जाादैनन्, दुलही र जन्ती कुरेर आफ्नै घरमा
बसिरहन्छन् ।
सामान्य रुपमा विवाहको जग्गेमा बेहुलाले गर्नुपर्ने सबै काम बेहुलाको बहिनीले गर्नुपर्छ । बेहुलाकै रुपमा बेहुलाकी बहिनी घोडा चढेर आफ्नो हुनेवाला भाउजुको माइतीमा जन्ती सहित पुग्दछिन् । बरमाला लगाउने तथा स्वयंवरको औाठी लगाउने सबै काम ती वधु र उनकी हुनेवाला नन्दबीचमै हुन्छ । बिहे पछि नन्द भाउजुले नै अग्नीको सात फेरो लगाउादछन् । बेहुलाकी बैनीले नै बिहेको सबै कर्म पूरा गरेर भाउजुलाई माइतीबाट विदा गराएर कर्मघर ल्याउादछिन, जहाा बेहुलो कुरिरहेको हुन्छ अनि भाउजुलाई ल्याएर दाइसामु सुम्पिन्छिन् ।
बेहुलोको घर बेहुली ल्याइसकेपछि पुन: दोश्रो पटक भव्य विवाह आयोजना गरिन्छ । र यो पटक भने नन्द होइन बेहुला र बेहुलीले बिहेका सबै कर्म पूरा गर्दछन् । यो परम्परा ती गाउाहरुमा ३ सय वर्षदेखि चलिरहेको छ । धार्मिक मान्यता अनुसार उक्त गाउाका देवता नै अविवाहित छन् । यसरी देवता नै अविवाहित भएको अवस्थामा गाउाका केटाहरुले कसरी बिहे गर्ने ? तर आखिर बिहे त गर्नैपर्‍यो, जसरी भएपनि । त्यसैले आफ्नै बिहेमा पनि जन्ती जाादैनन् उनीहरु ।

तपाईको प्रतिक्रिया