धरान/राजधानीपछिको मात्र नभएर पूर्वाञ्चलमा समेत पहिलो गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो तेस्रो शाखा झापाको दमकबाट भोलिदेखि शुभारम्भ गर्ने भएको छ ।
आज भन्दा १७ बर्ष अगाडि डिपार्टमेन्ट स्टोरको अवधारणा अनुसार गोरखा डिपार्टमेन्ट स्टोरले इटहरीबाट ग्राहक तथा उपभोक्ताहरुलाई एउटै छानो मुनिबाट सम्पूर्ण सामाग्री उपलबध गराउन शुरु गर्दा राजधानीबाहेक देशका अन्य कुनै सहरमा यो सुविधा उपभोक्ता तथा ग्राहकहरुले पाएका थिएनन् ।
कुशल एवम् सफल व्यवसायी तथा समाजसेवी बलराम आचार्यले नै डिपार्टमेन्ट स्टोरको अवधारणा मोफसलमा ल्याउनु भएको हो । यसभन्दा अगाडि गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना दुईवटा शाखा सञ्चालनमा ल्याइसकेको छ भने तेस्रो शाखा भोलि जेठ ६ गतेदखि झापाको दमकबाट सञ्चालनमा आउने भएको
छ । पर्वाञ्चलकै अत्यन्तै व्यस्त, उदीयमान सहर दमक उपमहानगरपालिका वडा नं. ११ पूर्व पश्चिम महेन्द्र राजमार्गसागै
रहको डिपर्टमेन्ट स्टोरको शुभारम्भ हुने खबर सागै दमकका मात्र नभएर झापा, मोरङ्ग, इलामका बासिन्दाले समेत खुशी व्यक्त गरेका छन् ।
दमक उपमहानगरपालिका सम्भवत: विराटनगरपश्चात पूर्वाञ्चलकै सबैभन्दा ठूलो नगरपालिका हो । जनसंख्याकै हिसाब र क्षेत्रफलकै हिसाबले भन्नुपर्दा पनि दमक उपमहानगरपालिका सर्वाधिक जनसंख्या र ठूलो भु–भाग ओगटेर बसेको छ । दमक उपमहानरपालिकाको हालको जनसंख्या ७५ हजार ३ सय ६७ रहेको छ भने ७५.३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको
छ । दमक उपमहानगरपालिका तथ्यांक शाखाका अधिकृत एवम् प्रमुख छवि दुलालका अनुसार प्रत्येक बर्ष पूर्वी पहाडी जिल्लाबाट बसाई सरेर आउनेहरु अत्याधिक रहेका छन् ।
हरेक बर्ष हज्जारौको संख्यमा घरधुरी थपिने क्रम जारी छ । जे होस् गोरखा डिपार्टमेन्ट स्टोरको तेसो शाखा दमक उपमहानगरपालिकाको एउटा गहनाको रुपमा रहने निश्चित छ । जसरी स्टोरको पहिलो अर्थात मुख्यालयको भवन र त्यहााबाट उपभोक्ताले सर्वसुलभ ढगले एउटै छानोमुनि आफूलाई चाहिने सम्पूर्ण सामाग्री पाएकै कारण इटहरीको शान भएको छ सुभारम्भ हुने तेस्रो शाखा पनि दमकको सान हुने दमक ११ कै हरि तिवारीको बुझाई छ ।
दमकस्थित गोरखा डिपार्टमेन्ट
स्टोरको तेस्रो शाखाबाट दमक उपमहानगरपालिकाका स्थानीयले मात्र हैन दमक उत्तरका सीमा जोडिएका घना बस्ती तथा बजारहरु पेल्टीमारी, बााझो, साकफारा, इलामको रवि बजार, बाह्र कोठे, हात्तीदाता, गजुरमुखी, लारुम्बा, कुरुम्बा, शान्तिझोडा, जितपुर र इलाम बजारका ग्राहक तथा उपभोक्ता लाभान्वित हुने भएका छन् । यसैगरी दमक उपमहानगरपालिका नजिक रहेको कम्मल, सोमबारे (मधुमल्ला), बेलडागी गौरगञ्ज, मंगलबारे, सिंजुवा, बाह्रघरे, वटाइमारा, महारानी झोडा, पाडाजुंगी, लखनपुर, तोपगाछी, जिरोपानी, इटहरा, डाइनियाँ, रंगेली, गोविन्दपुर, अमरदह, हसनदह, उर्लाबारी, टााडी लगायतका स्थानका उपभोक्ताहरु समेत दमक स्थित डिपार्टमेन्ट स्टोरबाट लाभान्वित हुने भएका छन् । दमक ९ का विशाल श्रेष्ठ भन्छन्, दमक उत्तरी इलामदेखि दक्षिण रगेलीसममका उपभोक्ताहरुको खरिद विक्री गर्ने केन्द्र हो । यसका अलावा भारतको नक्सलबाडी, सिल्लीगुढी, पानी ट्यांकी, दार्जिलिङ्ग, सिक्किम, असाम, मणिपुर, डिम्मापुर लगायतका नियमित ग्राहकहरु जो इटहरीसम्म आएर सामान खरिद गर्दै आएका थिए उनीहरु समेत दमकबाटै आफूलई चाहिने समान लिएर जान सक्ने भएका छन् । गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ, इटहरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा जे जे सामान पाइन्छ दमकमा पनि सबै सामान उपलब्ध हुनेछन् । स्वदेशी तथा विदेशी ब्राण्डका सम्पूर्ण सामान त्यहीबाट पाइने भएपछि भारतीय ग्राहकरुलाई फाइदा पुग्ने आचार्यको बुझाई छ ।
स्थानीयलाई नै रोजगारी
गोरखा डिपार्टमेन्ट स्टोरले
प्रारम्भदेखि नै स्थानीयलाई रोजगारीका लागि प्राथमिकता दिादै आएको छ । चाहे त्यो स्टोरको मुख्यालय इटहरी होस्, चाहे पहिलो शाखा मोरङ्गको विराटचौक होस्, चाहे दोस्रो शाखा मोरकै पथरीको किन नहोस् ।
स्टोरका सञ्चालक एवम् समाजसेवी बलराम आचार्य भन्नुहुन्छ, स्थानीय त्यसमा पनि महिलालाई रोजगारीमा पहिलो प्राथमिकता दिएका छौं । हाल दमक उपमहानगरपालिकामा सञ्चालन हुन लागेको स्टोरको तेस्रो शाखामा समेत ९० प्रतिशत महिलालाई रोजगारीको प्रवन्ध मिलाइएको छ । आचार्य भन्नुहुन्छ, दमकस्थित तेस्रो शाखामा २ सय ६५ जना महिलाहरुलाई रोजगारीका लागि तालिम दिइसकिएको छ । सबै महिला स्थानीय नै रहेको आचार्यको कथन छ ।
रोजगारीमा महिलाहरुलाई नै प्राथमिकता किन त भन्ने सवालमा आचार्य भन्नुहुन्छ, पुरषको तुलनामा महिलाहरु बढी मेहनती र इमान्दार हुन्छन् । यसको मतलब पुरुषहरु इमान्दार हुादैनन् भन्ने चाहिा भन्न खोजिएको होइन । तर पुरुषको तुलनामा महिलाहरु इमान्दारचाहिा पक्कै हुन्छन् । महिलाहरुले
रोजगारी पाए भने घर व्यवहार
राम्ररी चलाउाछन्, उनीहरुको आर्थिक क्षमतामा बृद्धि हुन्छ । यही मान्यता अनुसार हामीले महिलालाई
रोजागरका लागि प्राथमिकता दिएका हौं, आचार्यले भन्नुभयो ।
गोरखाको दमक शाखामा कुन तलामा के छ ?
उपभोक्ता, ग्राहकहरुको मात्र नभएर व्यवस्थित, सुलभ बजारको खोजीमा रहेका नेपालका उद्योगी, व्यवसायीहरुले जेठ ६ गते दमक उपमहानगरपालिकामा सञ्चालनमा आउने गोरखा डिपार्टमेन्ट स्टोरलाई आशातित नजरले हेरेका छन् ।
दमक स्थित डिपार्टमेन्ट स्टोरको ग्राउन्ड Ïलोरदेखि चौथो तलामा
रहेको किचन सम्ममा स्वदेशी तथा विदेशी व्राण्डका लाखौ लाख उपभोग्य, लक्जरियस, लगायतका सामाग्री रहेका छन् । ग्राउन्ड Ïलोरमा कोल्ड ड्रिंग्स, स्वदेशी तथा विदेशी ब्राण्डका पेय पदार्थ, जुस लगायत रहेका छन् । पहिलो तलामा कस्मेटिक, दोस्रो तलामा गिÏट आइटम, इलेक्ट्रोनिक्स आइटम, किचेन वायर, तेस्रो तलामा कपडा, जुत्ता, चप्पल लगायतका सामान रहेका छन् भने चौथौ तलामा गोरखा किचन रहेको छ । सम्पूर्ण सहरको मात्र नभएर उत्तर, दक्षिण, पूर्व पश्चिमका मनोरम दृश्यहरुको अवलोकन गदै गोरखा किचेन पुगेका पारखीहरुले खानादेखि लिएर दर्जनौ परिकारको
भरपुर स्वाद लिन सक्ने छन् ।
अत्यन्तै सफा, व्यवस्थित, होटल मेनेजमेन्ट अध्ययन गरेका पोख्त कुकहरुद्वारा तयार पारिएका नेपाली, इण्डियन, चाइनिज, हरेक प्रकारका
परिकारहरुको स्वाद किचेनमा पुगेकाहरुले लिन सक्ने छन् । किचेनको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको अल्कोहल प्रयोग गर्न र नो स्मोकिङ्ग जोन नै हो । अर्थात गोरखा किचेनमा उपभोक्ताहरुले अल्कोहल सेवन गर्न पाउने छैनन् भने धुमपानका अम्मलीहरुका लागि छुट्टै स्मोकिङ्ग जोनको व्यवस्था गरिएको छ । गोरखा किचेनको अर्को विशेषता भनेको एकैपटक ७ सय उपभोक्ताले चाहे अनुरुपको परिकारको स्वाद लिन सक्ने छन् । यसैगरी गोरखा किचेनमा दुईवटा सेमिनार हलहरु समेत रहेको छ । दुवै सेमिनार हलको क्षमता ५ सय मानिस अटाउने रहेको छ । बढ्दो सहरी अस्तव्यस्ता, विभिन्न निकाय वा संघ संगठन, एनजिओ, आइएनजिओ आदिले कार्यक्रम गर्न उपयुक्त स्थानको अभाव हुदै गएको अवस्थामा यी दुवै हलले दमकमा मात्र नभएर आसपासका बासिन्दा वा संघ संस्गठनलाई सहयोग पुग्ने सञ्चालक आचार्यको कथन छ ।
