धरानमा महानन्द सापकोटाको शालिक बन्ने

धरान/भाषाशास्त्री, शिक्षाविद् तथा समाजसेवी स्व.महानन्द सापकोटाको धरानमा शालिक बन्ने भएको छ ।
स्व.सापकोटाको शालिक निर्माणका लागि प्रा.डा. गोपाल भण्डारीको अध्यक्षतामा एक निर्माण समिति गठन भएसागै वैसाख ३० गते धरान ४ स्थित महानन्द मार्गमा विद्वान कृष्णप्रसाद श्रेष्ठ (विए) ले शालिक निर्माणको एक औपचारिक समारोहबीच शिलान्यास गर्नुभयो ।
सो अवसरमा बोल्दै नेपालको विश्वविद्यालयलाई नै झोलामा बोकेर हिड्ने उपमा पाएका प्रा.डा. टंक न्यौपानेले भन्नुभयो, आजको दिन अत्यन्तै शुभ दिन र सुभ मुर्हत हो । महानन्द सापकोटाका बारेमा चर्चा गर्दा अप्ठेरो हुन्छ । नेपाली भाषाको शब्द उत्पति र व्युत्पत्तिमा उहााले पुर्‍याउनुभएको योगदान अतुलनीय छ । आज नेपाली शब्द भण्डार समृद्ध हुनुमा स्व.सापकोटाकै योगदान हो । हरेक शब्दलाई सास्कृतसाग जोडने उहााको अलौकिक खुवी थियो । उहाालाई नेपालको पहिलो भाषाशास्त्रीका रुपमा लिइन्छ भन्दै डा. न्यौपानेले पछि बालकृष्ण पोख्रेल लगायतले झर्रो वादको रुपमा त्यसलाई विकास गर्दै लैजानुभएको हो । स्व.महानन्द सापकोटाले नेपाली भाषालाई समृद्ध बनाउन जुन यागदान दिनुभयो त्यसको शब्दमा वर्णन गर्न नसकिने भन्दै स्व. सापकोटाको पहिलो कृति नेपाली शब्द परिचय हो । स्व. सापकाटाले इलाम, धनकुटा, धरान लगायतका ठाउामा नेपाली भाषाको पाठशाला खोल्न भएको थियो । क्रान्तिकारी स्वभावका सापकोटा एउटा समाजसेवी समेत हुनुहुन्थ्यो, डा. न्यौपानेले भन्नुभयो ।
शालिक निर्माण समितिका अध्यक्ष डा. गोपाल भण्डारीको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा उपाध्यक्ष वीरेन्द्रसिंह थापा, भरतमणि भट्टराई, डा. भरत भट्टराई, डा. भीम खतिवडा, साहित्यकार एवम् राजनीतिकर्मी गिरिराज आचार्य, भिष्म काफ्ले लगायतले समेत बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव विष्णु
बरालले गर्नुभएको थियो भने शालिक निर्माणका लागि सहभागीहरुबाट रु ७२ हजार रुपैयाा समेत संकलन भएको थियो ।

तपाईको प्रतिक्रिया