धरान/सुनसरी उद्योग वाणिज्य संघ, धरानको वैसाख २७ गते सोमबार भएको निर्वाचनमा धरानका सफल व्यवसायी एवम् समाजसेवी राजेन्द्र साह आगामी तीन बर्षे कार्यकालका लागि अत्याधिक वहुमतले विजयी हुनु भएको छ ।
लामो समयदेखि मुलुकमा निर्वाचन नभएको कारणले हुनसक्छ सोमबार भएको उद्योग वाणिज्य संघको निर्वाचनले मिनी स्थानीय निर्वाचनको झल्को दिएको थियो । उद्योग व्यवसायीहरु मतदाता रहे तापनि यहााका प्रमुख राजनैतिक दलहरुले अध्यक्षका प्रत्यासीलाई खुलेरै सघाएका थिए । लामो समयदेखि एकलौटी वर्चश्व कायम गर्दे आएको एमालेको हातबाट यसपटक सुनसरी उद्योग वाणिज्य संघको नेतृत्व खुस्किएको छ । सिण्डिकेट शैलीमा नेतृत्वमा रहदै आएका एमाले निकट उद्योगी व्यवसायीहरु यसपटक नराम्ररी चिप्लिएका छन् । नेपाली कााग्रेस धरान उपमहानगर समिति र क्षेत्रीय समितिले निर्वाचित अध्यक्ष राजेन्द्र साहलाई सघाएका थिए भने एमालले भने पराजित उमेद्वार कृष्णकुमार अग्रवाललाई सघाएका थिए ।
निर्वाचित अध्यक्ष राजेन्द्र साहलाई सुनसरी उद्योग वाणिज्य संघ, धरानको नेतृत्वमा ल्याउन अहम् भूमिका भने उद्योगी एवम् समाजसेवी रोशन सोनीले खेल्नुभएको थियो । उहाले यहााका उद्योगी व्यवसायी, नेपाली कााग्रेससागै आवद्ध साना तथा म मझौला व्यवसायीहरुलाई निर्वाचित अध्यक्ष राजेन्द्र साहलाई मत दिन एकै थलोमा उभ्याउनु भएको थियो । उद्योगी रोशन सोनीसागै महत्वपूर्ण भूमिका सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डाागाको समेत रहेको थियो । उहााले आफ्नो स्वास्थ्यको समेत पर्वाह नगरी दई महिहनादेखि राजेन्द्र साहको पक्षमा व्यवसायीहरुलाई मत दिन अभिप्रेरित गर्नुभएको थियो । डाागा भन्नुहुन्छ, विगतको निर्वाचनमा समेत राजेन्द्र साहले जित्नुभएको हो । उहाालाई हामीले जिताएका हौं । तर प्राविधिक कारणले षड्यन्त्रपूर्व ढंगले हराइयो । अब
धरानमा एमालेको लाल किल्ला तोडिएको छ , एमाले भन्थे हामीले जसलाई उठायौ त्यसैवले जित्छ । अब यो एमालेको वर्चश्व रहेको ठाउा नै रहेन डाागा भन्नुहुन्छ ।
संघको निर्वाचनमा हाल निर्वाचित अध्यक्ष साहले विगतमा तीनपटक पराजयको पीडा भोग्नु भएको थियो । तर यसपटक उहााले शानदार विजयी हासिल गर्नुभयो । यसपटक उहााले आफ्नो प्रतिद्वन्द्वी कृष्णकुमार अग्रवालाई ४१ मतले पराजित गर्नुभएको थियो । अध्यक्षमा निर्वाचित साहले ५ सय ६७ मत प्राप्त गर्नुभयो भने पराजित अग्रवालले ५ सय २६ मत मात्र प्राप्त गर्नुभएको थियो । अध्यक्षमा कुल १ हजार १ सय २६ मत खसेको थियो भने २१ मत बदर भएको थियो । यसैगरी वाणिज्यतर्फको ८ जनामा २२ जना प्रत्यासीहरु प्रतिष्पर्धामा रहेका थिए । विगतमा आफूलाई उद्योग वाणिज्य संघको हस्तीका रुपमा चिनाउनेहरु प्राय : सबै पराजित भएका छन् भने नयाा अनुहारहरु अगाडि आएका छन् । वाणिज्यतर्फका ८ जनामा अत्याधिक मत मनोकामना हार्डवेयरका प्रोपाइटर नविन राज राजभण्डारीले प्राप्त गर्नुभएको थियो । उहााले कुल खसेको मतमध्ये ४ सय १३ मत प्राप्त गर्नुभएको थियो । यसैगरी गिरिधारी सापकोटाले ४०७, उपेन्द्र चाम्लिङ्गले ३३०, किरणकुमार अग्रवालले २०७, किशन मास्केले ३२१, मनोज श्रेष्ठले ३६९ र मानबहादुर विश्वकर्माले ३०१ मत ल्याउनु भएको थियो । वाणिज्यतफकै राजेश अग्रवाल र ससी साह बराबर २ सय ९५ मत ल्याएपछि दुवैबीचमा गोला प्रथा गरिएको थियो । गोला प्रथाबाट राजेश अग्रवालले ्विजयी प्राप्त गर्नुभएको निर्वाचत अधिकृत डा. राजेन्द्र शर्माले जानकारी दिनुभयो । वाणिज्यतर्फको महिलामा शुभेच्छा अधिकारले २ सय ९९ मत ल्याई विजयी हुनुभएको थियो ।
यसैगरी उद्योगतर्फ सदस्यमा ४ जना निर्वाचित हुनुपर्नेमा १० जना प्रतिपष्र्धामा रहेका थिए । जसमा विजय श्रेष्ठले १९४, महेन्द्र प्रधानले १७०, शिवराज श्रेष्ठले १६३ र पियुस आचार्यले १५७ मत ल्याउनु भएको थियो । त्यसभन्दा अगावै महिलातर्फको उद्योगबाट विमला श्रेष्ठ र एसोएिएसट्तर्फबाट दुईजना अनिल अग्रवाल र सञ्जय अटल निर्विरोध निर्वाचित भइसक्नु भएको थियो । यसैगरी वस्तुगततर्फबाट दिपक श्रेष्ठ पहिल्यै निर्विरोध निर्वाचित हुनुभएको थियो । कुल एक हजार २ सय ९६ मतदाता रहेकोमा वाणिज्यतर्फ ८ सय ९१, उद्योगतर्फ ३६५, एसोसिएसट्फर्त २८ र वस्तुतर्फ १२ मत मात्र रहेको थियो । निर्वाचित अध्यक्ष राजेन्द्र साहका अनुसार निर्वाचित कार्यसमितिको पहिलो बैठकले ४ जना सदस्य मनोनित गर्नेछ । निर्वाचित सदस्यहरु मध्ेबाट प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उद्योग सचिव, वाणिज्य सचिव, प्रचारप्रसार सचिव मनोनित गरिने भएको छ ।
