काठमाण्डौ–बनारस भगिनी सम्बन्ध सुधार्न पहल

भारतीय राजदुत रन्जित रेले भारतको बनारस र काठमाण्डौबीचको भगिनी सम्बन्ध सुधार गर्नुपर्ने बताएका छन् । भारतीय दुतावासले नेपालमा सरोकार निकायका प्रमुखसाग शुक्रबार राजधानीमा आयोजना गरेको वैठकमा उनले भने–‘जनजीवन, साास्कृतिक र अध्यात्मिक पक्ष सबै मिल्ने भएकोले दुई देशबीच सम्बन्ध सुधार गर्दे कार्यक्रम आदानप्रदान गर्न खोजेको हो तर भने त्यसरी अघि बढ्न सकेको छैन ।’
सरोकार निकायका प्रमुखहरुलाई प्रश्न गर्दै राजदुत रेले सोधे, दुई सहरको सम्बन्ध भन्दा पनि दुई सहरका जनताबीचको सम्बन्ध कसरी सुधार गर्न सकिन्छ ?
राजनीति, शिक्षा जस्ता केही विषयमा काठमाण्डौ र बनारसबीच सुमधुर सम्बन्ध छ । म चाहन्छु यो सम्बन्ध सबै तह र क्षेत्रमा गहिरो र प्रगतिशील होस् ।’ काठमाण्डौ महानगरपालिकाका कार्यकारी अधिकिृत रुद्रसिंह तामाङले केही बर्ष अघि भएका बनारससागको सम्झौतापत्र खोज्न सात महिना लागेको बताए । उनले भने, ‘महानगरपालिकामा प्रमुख तथा कार्यकारी अधिकृत भएपछि सम्झौतापत्र खोजे भेटिना । त्यसपछि प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगो त्यहाबाट परराष्ट्र मन्त्रालय पुगेर कागज फेला पार्दा सात महिना लाग्यो ।’ पत्र पाएपछि बजेट छुट्याए पनि कुनै कार्यक्रम गर्न नसकेको उनको भनाई छ ।
पूर्व राजदुत सुरेश चालिसेले सामाजिक साास्कृतिक सम्बन्ध विस्तार गर्न सकिने बताए । उनले भने–
‘ नेपालमा ६ हजार नदीनाला छन् ती अन्तत: भारतमा पुग्छन्, तिनको
सरसफाईमा ध्यान दिन सके राम्रो हुन्छ । त्यसमा पनि गंगा सफा गरिरहेको भारतले विशेष भाग बागमतीलाई स्वच्छ राख्न पहल गरोस् ।’ पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले लुम्बिनीमा चाडै विश्व बौद्ध सम्मेलन हुन लागेको जानकारी दिादै भने–‘लुम्बिनी सर्किट बनाएर साास्कृतिक आदानप्रदान गर्नुपर्छ ।’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डनले शिव सर्किट बनाउनुपर्नेमा जोड दिए । दुतावासका उपप्रमुख विनयकुमारले काठमाण्डौ बनारस, जनकपुर, अयोध्या र लुम्बिनी बोधगयाबीच भगिनी सम्बन्ध स्थापना गरेकाले यो सहरबीच विकास, सास्कृति, शिक्षा, खेल, साहित्य, धर्म,
वातावरण लगायतका थुप्रै विषय र क्षेत्रमा सहकार्य गर्न सकिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया