संस्थानको कर्मचारी संगठनको वैठक सम्पन्न

नेपाल खानेपानी संस्थान कर्मचारी संगठनको तेस्रो केन्द्रीय वैठक धरानमा सम्पन्न भएको छ ।
वैसाख २२ र २३ गते सम्पन्न वैठकमा संगठनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो । केन्द्रीय अध्यक्ष रामजी अर्यालको अध्यक्षतामा सम्पन्न सो वैठकमा सचिव वसन्त भण्डारीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रीमति सविचा घिमिरेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
वैठकले देश संघीयतामा गएकोले सोही ढाचा अनुरुप संगठन सञ्चालन हुने र संस्थानलाई निजी क्षेत्र तथा बोर्ड अन्तर्गत सञ्चालन हुन नहुने सम्बन्धित क्षेत्रमा जानकारी गराउने निर्णय भएको उपाध्यक्ष राजेन्द्र भण्डारी जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया